विशेष

आलुको पकेट क्षेत्रमा उत्पादन घट्यो, माग बढ्यो (फोटो फिचर)

म्याग्दी, ३० साउन । आलु उत्पादनमा पकेट क्षेत्र मानिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नांगी, राम्चे, काफलडाँडा क्षेत्रमा आलुको उत्पादन घटेको छ । जिल्लामा मात्रै नभएर पर्वत, बागलुङ र पोखराका बजारमा समेत स्वादिलो र अर्गानिक आलुको रुपमा खपत हुने यस क्षेत्रको आलु उत्पादनमा गिरावट आएपछि माग धान्न सकेको छैन् । चिसो... पुरा पढ्नुहोस

तीन करोड २१ लाख खर्चेर बागलुङ-बेनी सडक मर्मत

म्याग्दी । सडक डिभिजन कार्यालयले १४ किलोमिटर लामाबागलुङ-बेनी सडक रु तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ । मालढुङ्गा-बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । उक्त सडकको हुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो... पुरा पढ्नुहोस

पहिरोले बेनी–जोमसोम सडकको यात्रा असुरक्षित

म्याग्दी , २९ साउन । कालिगण्डकी कोरिडोर सडक आयोजनाअन्तर्गत बेनी–जोमसोम कोरला सडक खण्डमा ठूला पहिरोले सवारी यात्रा असुरक्षित बनाएको छ । कालोपत्रे सहित सडक स्तरोन्नती भैरहेको यस सडकखण्डमा म्याग्दीको रघुगंगा गाउँपालिका– २ सिरुवारी, अन्नपूर्ण गाउँपालिका– ३ दानाको खामभित्ता, गुइँठेभिर, रुप्सेछहरा, र सुकेबगर, अन्नपूर्ण– ७ को महभिर लगायतका ठाउँमा निरन्तर पहिरो... पुरा पढ्नुहोस

डाँडाखेत सब स्टेसनको पूर्वाधार निर्माण सकियो

म्याग्दी,  साउन२८ गते ।  म्याग्दीको मालिका गाउँपालिका–७, डाँडाखेतमा विद्युत् सब स्टेसनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रशारणलाइन आयोजनामार्फत सब स्टेसनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो । आयोजना प्रमुख रोशन अग्रवालले डाँडाखेत सब स्टेसनमा उपकरण राख्ने जग्गा र भवन तयार भएको जानकारी दिनुभयो । “एकाउन्न रोपनीमा... पुरा पढ्नुहोस

बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

म्याग्दी , २८ साउन । म्याग्दीको मालिका गाउँपालिका– ५ मा आज दिउँसो भएको बोलेरो जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । दरबाङ–रुन्म भित्रि सडकखण्ड अन्तर्गत ठूलो ढाटरमा भएको दुर्घटनामा जीपमा सवार मालिका गाउँपालिका– ५ की ४३ बर्षिय छनदेवी फगामीको घटनास्थलमै मृत्यु भएको जिल्ला... पुरा पढ्नुहोस

जिल्लाको सेवा लिन अर्को जिल्लामा होइन, पालिकामै कार्यक्रम र बजेट पठाउन माग

म्याग्दी , २६ साउन । म्याग्दीका राजनीतिक दलका नेता तथा अगुवाहरुले जिल्लाको सेवा सुविधा लिन अर्को जिल्लामा जानुपर्ने बाध्यता हटाएर जनतालाई घरदैलोबाटै सेवा लिन पाउने सुविधा दिनुपर्नेमा जोड दिएका छन् । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा आजदेखि सदरमुकाम बेनीमा सुरु भएको बार्षिक समिक्षा एवं असल अभ्यासहरुको आदान प्रदान कार्यक्रमको उद्घाटन... पुरा पढ्नुहोस

गण्डकीमा कुन कार्यालय खारेज भए, कुन कार्यालय कहाँ गाभिए ? (सूची)

पोखरा । गण्डकी प्रदेश सरकारले व्यापक रूपमा कार्यालय खारेज र मर्ज गरेको छ । प्रदेश सरकारले विभिन्न ७ वटा निर्देशनालय खारेज गर्ने र ३२ वटा कार्यालयहरूलाई एक आपसमा गाभेर १७ वटामा सीमित गर्ने निर्णय गरेको हो । गण्डकी प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद बैठकले ७ वटा निर्देशनालयसहित ९ वटा निकाय खारेज... पुरा पढ्नुहोस

सीपयुक्त जनशक्ति अभावले प्रयोग हुन छाड्यो भेडाको ऊन

दुई दशकअघिसम्म म्याग्दीको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो । 'न्यानोका लागि ज्याकेट नहुँदासम्म हरदुब्लो ओड्ने गरिन्थ्यो । गलैँचाको विकल्पमा घरमा काम्लो बिछ्याउने, सिरकको विकल्पमा ओढ्ने चलन थियो,' उनले भने, 'सिरक, डसना, गलैँजा सहजै पाइन थालेपछि हाम्रा मौलिक सामग्री लोप हुन थाल्यो... पुरा पढ्नुहोस

सेवाग्राही खोज्दै धवलागिरीका जनप्रतिनिधी र कर्मचारी पोखरामा

पोखरा, २२ साउन । म्याग्दीको धवलागिरी गाउँपालिकाको आयोजनामा पालिका र वडाको सेवा प्रवाहका लागि बुधबारदेखि पोखराको नदीपुरमा घुम्ती शिविर शुरु भएको छ । नदीपुरमा रहेको नेपाल छन्त्याल संघको भवनमा बिहिबारसम्म सञ्चालन हुने शिविरमा सेवा लिनका लागि पोखरामा बसोबास गर्ने धवलागिरीबासीहरुको घुइचो लागेको छ ।  पहिलो दिन करिब एक सय ५०... पुरा पढ्नुहोस

धार्मिक ऐतिहासिक स्थल जगन्नाथ मन्दिरमा रथयात्रा (फाेटाे फिचर)

म्याग्दी , २१ साउन । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्वको जगन्नाथ मन्दिरमा बुधवार रथयात्रा गरिएको छ । जगन्नाथ मन्दिरधाम गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर जगन्नाथ मन्दिरमा रहेका भगवान जगन्नाथको मुर्तिलाई रथयात्रा मार्फत सार्वजनिक गरी भक्तजनको लागि प्रत्यक्ष रुपमा... पुरा पढ्नुहोस