विशेष

माओवादी केन्द्र अन्नपूर्णको अध्यक्षमा पूर्ण पाइजा

पोखरेबगर, १३ पुुष । नेकपा (माओवादी केन्द्र) अन्नपूूर्ण गाउँपालिका कमिटि, म्याग्दीको तेस्रो सम्मेलन शनिबार पोखरेबगरमा सम्पन्न भएको छ । सम्मेलनबाट पूर्णबहादुर पाईजाको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा श्याम खड्का, समिक्षा बिक, फुलबहादुर गर्बुजा, सचिवमा प्रेमबहादुर पाईजा, सहसचिवमा अरुण बिक र कोषाध्यक्षमा कबिता क्षेत्री चयन... पुरा पढ्नुहोस

माओवादी केन्द्रको बेनी नगर अध्यक्षमा नगेन्द्र केसी चयन

बेनी, १३ पुष । नेकपा (माओवादी केन्द्र) बेनी नगर कमिटिको तेस्रो सम्मेलन शनिबार बेनीमा सम्पन्न भएको छ । सम्मेलनबाट नगेन्द्र केसीको अध्यक्षतामा ५५ सदस्यीय नगरपालिका कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिम पुन, गणेश शर्मा, सचिवमा ओम रोका, सहसचिवमा कृष्णप्रसाद पौडेल र कोषाध्यक्षमा बिष्णु बोहोरा चयन... पुरा पढ्नुहोस

प्रकृति र संस्कृतिको सङ्गम फलामेडाँडा

करबाकेली पदमार्गअन्तर्गत पर्वतको जलजला गाउँपालिका–५ मा रहेको फलामेडाँडा प्रकृति र संस्कृतिप्रेमी पर्यटकहरूका लागि आकर्षक गन्तव्य बन्न थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ को सिमानामा अवस्थित फलामेडाँडा सदरमुकाम बेनीको सहायक गन्तव्यका रूपमा विकास हुन थालेको हो । स्थानीय अगुवा युवा पुर्ख पुर्जा पुनले फलामेडाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको बताए ।... पुरा पढ्नुहोस

ट्रिपर दुर्घटना हुँदा राहुघाट जलविद्युतका दुई मजदुरको मृत्यु

म्याग्दी, ११ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका– ४ बुक्लमा भएको ट्रिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निर्माणधिन राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २ को सुरुङ जाने बाटोबाट ट्रिपर खस्दा आयोजनामा काम गर्ने दुई भारतिय मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बिपि२–ए७५६८ नम्बरको ट्रिपर सडकबाट... पुरा पढ्नुहोस

संरक्षकहरुको आयआर्जनमा सघाउन बाटेको धुप बनाउने तालिम प्रदान

म्याग्दी १० पुस । मानसिक रोगका विरामीका संरक्षकहरुको आयआर्जनमा सघाउन बाटेको धुप बनाउने तालिम प्रदान गरिएको छ । लिड्स नेपालले भिसेन्टी फेरर फाउण्डेशन, स्पेनको सहयोगमा म्याग्दीमा रहेका मानसिक रोगका विरामीका संरक्षकहरुलाई आयआर्जनमा सघाउन निःशुल्क रुपमा बाटेको धुप बनाउने तालिम प्रदान गरेको हो । २५ जनाको सहभागिता रहेको तालिममा प्रशिक्षक विष्णु... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकाको २३ औँ गाउँसभाः थप रु ४ करोड २१ लाख बजेट विनियोजन

म्याग्दी, १० पुस । म्याग्दीको धवलागिरी गाउँपालिकामा थप र ४ करोड २१ लाख १० हजार बजेट विनियोजन भएको छ । बुधवार सम्पन्न २३ औँ गाउँसभाले गत आर्थिक बर्षमा खर्च हुन बाँकी रहेको मौज्दात रकमलाई विभिन्न योजनामा विनियोजन गरेको हो । गाउँसभाले निर्माणधिन अवस्थामा रहेको गाउँपालिकाको प्रशासकीय भवन र गुर्जा जोड्ने... पुरा पढ्नुहोस

म्याग्दीका फोटो पत्रकार गुरुङलाई ‘लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार’ प्रदान

म्याग्दी १० पुस । म्याग्दीका फोटो पत्रकार गणेश गुरुङ (सुरेन) पुरस्कृत हुनुभएको छ । तमू (गुरुङ) सञ्चारकर्मी संघले पत्रकारितामा योगदान पु¥याएबापत गुरुङ सहित ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ । बुधबार काठमाण्डौमा आयोजित तमू पत्रकारिता पुरस्कार वितवरण तथा गुरुङ ‘न्युज डटकम’ वर्ष पुस्तक लोकार्पण कार्यक्रममा म्याग्दीका फोटो पत्रकार गुरुङलाई नगद... पुरा पढ्नुहोस

माओवादी केन्द्र मंगला गाउँपालिकाको अध्यक्षमा कुल प्रसाद पुन चयन

म्याग्दी, ९ पुष । नेकपा (माओवादी केन्द्र) मंगला गाउँपालिका कमिटिको अध्यक्षमा कुल प्रसाद पुन चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र बावियाचौरमा मंगलवार सम्पन्न तेस्रो सम्मेलनबाट पुनको नेतृत्वमा सर्वसम्मत रुपमा ४५ सदस्यीय पालिका कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा प्रेम गिरी, अर्जुन शाही, मुक्त हरमेल, सचिबमा मिलन रोका चयन हुनुभएको... पुरा पढ्नुहोस

साझापानीमा निशुल्क पशु स्वास्थ्य शिविरबाट औषधी वितरण र गोवर परिक्षण सेवा प्रदान

म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीको साझापानीमा आयोजित निशुल्क पशु स्वास्थ्य शिविरबाट तीन हजार दुई सय बढी पशुपंक्षिका लागि औषधी वितरण गरिएको छ । रघुगंगा गाउँपालिका र नेपाल रेडक्रस सोसाईटीको जीविकोपार्जन प्रबद्र्धन कार्यक्रमबाट सोमबार आयोजित शिविरमा लक्षणको आधारमा पशुपंक्षिका लागि आबश्यक पर्ने औषधी वितरण गरिएको हो । शिविरमा भेडाबाख्रा, कखुरा ,... पुरा पढ्नुहोस

म्याग्दीका सन्दिप खत्री नेपाल जेसीजको उपाध्यक्षमा निर्वाचित

म्याग्दी ९ पुस । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा म्याग्दीका सन्दिप खत्री बिजयी हुनुभएको छ । पुस इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनमा म्याग्दी जेसीजका पूर्व अध्यक्ष समेत रहनुभएका खत्री राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । निर्वाचनमा खत्रीले सर्वाधिक लोकप्रिय मत १ हजार ६८ प्राप्त गर्नुभएको थियो... पुरा पढ्नुहोस