विशेष
बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अबरुद्ध
- 4 महिना, 12 दिन अगाडि
- ९ भाद्र २०८१, आईतवार
म्याग्दी ८ भदौ । गयराती परेको भारी बर्षाको कारण म्याग्दीका मुख्य सडक अबरुद्ध भएको छ । ठाउँ ठाउँमा खसेको पहिरो र बाढीको कारण म्याग्दीबाट बागलुङ, कुष्मा, पोखरा, काठण्माडौ लगायतका ठाउँमा सवारी ओहोर दोहोर गर्ने बेनी–मालढुंगा र बेनी –बागलुङ सडक अबरुद्ध भएका छन् । https://www.youtube.com/watch?v=IAJeJdbzDs0&t=73s त्यसैगरि म्याग्दीबाट मुस्ताङ जोड्ने बेनी–जोमसोम... पुरा पढ्नुहोस
बाढीले गलेश्वरमा विद्यालय र ज्येष्ठ नागरिक आश्रममा क्षति
- 4 महिना, 12 दिन अगाडि
- ९ भाद्र २०८१, आईतवार
म्याग्दीमा गयराती परेको भारी बर्षाले बेनी नगरपालिका– ९ गलेश्वरधाममा रहेको संस्कृत विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवनलगायत भौतिक संरचनामा क्षति भएको छ । जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ । सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो... पुरा पढ्नुहोस
हुलाकेमा बाढीले सडक बगाएपछि बेनी–बागलुङ सडक अबरुद्ध, स्कार्पियो बगाएर खोल्सामा
- 4 महिना, 12 दिन अगाडि
- ९ भाद्र २०८१, आईतवार
बेनी–बागलुङ सडक पूर्ण रुपमा बन्द भएको छ । गयराती परेको अबिरला बर्षाको कारण म्याग्दीको बेनी नगरपालिका– १ हुलाकेको ठाडो खोल्सामा आएको बाढीले सडक बगाएपछि बेनी–बागलुङ सडक पूर्ण रुपमा अबरुद्ध बनेको हो । https://youtu.be/IAJeJdbzDs0 बाढीले करिब ६० मिटर बढी सडक कटान गरेर क्षति पु¥याएको छ । बाढीले सडक अबरुद्ध भएपछि... पुरा पढ्नुहोस
राष्ट्रिय लोक तथा दाेहोरी गीत प्रतिष्ठान म्याग्दीको २० औँ साधारणसभाः कलाकार र पत्रकारलाई सम्मान
- 4 महिना, 13 दिन अगाडि
- ८ भाद्र २०८१, शनिबार
लोक संस्कृतिको संरक्षण र संवद्र्धनमा योगदान पु¥याउने पाँच जना कलाकार र पत्रकारहरुलाई सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्लाका कलाकार र पत्रकारलाई सम्मान गरेको हो । शनिवार बेनीमा आयोजित २० औँ वार्षिक साधारणसभाको अवसरमा जिल्लाका अग्रज लोक गायक तथा संस्थाका सल्लाहकार कृष्णदत्त पौडेल, लोक... पुरा पढ्नुहोस
मीना परियार हत्या प्रकरण : ‘न्यायका लागि हारगुहार’
- 4 महिना, 13 दिन अगाडि
- ८ भाद्र २०८१, शनिबार
कमल खत्री/सन्तोष गौतम म्याग्दी, ८ भदौ : म्याग्दीको बेनी नगरपालिका– ९ तोरीपानीका फूलमाया र चन्द्रबहादुर परियारका आँखा ओभानो नभएको करिब आठ महिना भयो । २०८० पुष १६ गते राती घरवाटै वेपत्ता कान्छी छोरी मीना जिउदो नभएको निष्कर्ष निकालेका परियार दम्पत्ती न्यायको प्रतिक्षामा छन् । घर नजिकैको जंगलमा गत साउन २७... पुरा पढ्नुहोस
बेनीमा तेस्रो महिला फुटबल प्रतियोगिता सुरु
- 4 महिना, 13 दिन अगाडि
- ८ भाद्र २०८१, शनिबार
न्यु दोभान युवा क्लबको आयोजनामा आयोजित तेस्रो दोभान कप अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगिता–२०८१ सुरु भएको छ । शनिबारदेखि बेनी बजारको खुलामञ्चमा आयोजित प्रतियोगिताको पहिलो खेलमा बेनी बजारको न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय र बेनी सामुदायिक माध्यमिक विद्यालयबिच उद्घाटन खेल भएको छ । प्रतियोगितामा देशभरबाट सहभागिता जनाउन पाइने... पुरा पढ्नुहोस
म्याग्दी आलु उत्पादनमा आत्मनिर्भर
- 4 महिना, 14 दिन अगाडि
- ७ भाद्र २०८१, शुक्रबार
म्याग्दी , ७ भदौ । म्याग्दी आलु उत्पादनमा आत्मनिर्भर बनेको छ । बेशीँदेखि हिमाली क्षेत्रसम्मको भूगोलमा फैलिएको यस जिल्लामा हिउँदे र बर्खे गरी दुई सिजनमा आलुको व्यावसायिक खेती हुने गर्छ । जिल्लामा आलु खेतीको विस्तार र व्यावसायिकता बढेसंगै आलुमा जिल्ला आत्मनिर्भर बन्नुका साथै जिल्लाबाट निकासी हुने प्रमुख तरकारी खेतीको रुपमा... पुरा पढ्नुहोस
हिमपहिरो थुनिएको बोक्सी खोलाको सहायक खोलाको पानी बग्न थाल्यो
- 4 महिना, 14 दिन अगाडि
- ७ भाद्र २०८१, शुक्रबार
म्याग्दी, ७ भदौ । मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङको शिरमा पर्ने धौलागिरी र मानापाथि हिमशृङ्खलाको बिचबाट खसेको हिमपहिरोले थुनिएको खोला बग्न थालेको छ । शुक्रवार दिउँसो करिब साढे १ बजे ठूलो आवाज सहित हिमपहिरो खसेपछि मुस्ताङको बोक्सी खोलाको सहायक खोला थुनिएको थियो । हिमालबाट खसेको हिमपहिरो बुकीको चौर र हिमालको फेदीबाट... पुरा पढ्नुहोस
मुस्ताङको बोक्सी खोलामा हिम पहिरो खस्यो
- 4 महिना, 14 दिन अगाडि
- ७ भाद्र २०८१, शुक्रबार
मुस्ताङको थासाङ गाउँपालिका २ बोक्सी खोलामा हिमपहिरो खसेको छ। कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेको हो। हिमपहिरोले पुरिएर बोक्सीखोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। दुई घण्टा पहिले बोक्सेखोला थुनिएपछि निरीक्षणमा पुग्दा हिमपहिरो खसेको फेला परेको उनको भनाइ छ। ‘तल खोला बन्द भाको कारणले के कारणले बन्द... पुरा पढ्नुहोस
लोभलाग्दो रुइसेको सुन्दरता
- 4 महिना, 15 दिन अगाडि
- ६ भाद्र २०८१, बिहीबार
६ भदौ, म्याग्दी। रूखबिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमशृङ्खला । पाखाको चरनमा रमाइरहेका गाईभैँसी, भेडाबाख्राका बथान।घाम, पानी र बादलको लुकामारी । कोलाहलमुक्त र एकान्त वातावरण । चराहरुको चिरबिर, चिरबिर आवाज । सिरसिरे बताससँगैको शीतलता । समुन्द्री सतहदेखि दुई हजार दुई सय आठ मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका... पुरा पढ्नुहोस