विशेष

मंसिर १९ देखि बेनीमा अन्तर मा.वि. जेसीजकप हुने

  म्याग्दी १८ कात्तिक । म्याग्दी जेसीजको मूल आयोजनामा जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर १९ गतेदेखि २३ गतेसम्म बेनीमा हुने भएको छ । शनिबार जेसीजको कार्यालयमा भएको तेस्रो साधारण सभाले २१ औँ संस्करणको विद्यालयस्तरको छात्र फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगितालाई सफल बनाउन प्रतियोगिताको... पुरा पढ्नुहोस

भूकम्पमा परी रुकुम पश्चिममा २८ जनाको मृत्यु

शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी रुकुम पश्चिमका विभिन्न पालिकामा मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी नवराज अधिकारीका अनुसार जिल्लाको आठविसकोट, सानीभेरी र चौरजहारी नगरपालिकाका विभिन्न वडाका स्थानीयको भूकम्पमा परी मृत्युभएको छ । भने कम्तीमा ५० जना घाइते भएका छन ।  ... पुरा पढ्नुहोस

म्याग्दीमा एनआरएनएलाई नागरिकता वितरण शुरु

  म्याग्दी, १७ कात्तिक । जिल्ला प्रशासन कार्यालय म्याग्दीले शुुक्रबारदेखि गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको छ । प्रमुख जिल्ला अधिकारी तुुलसीराम पौडेलले हाल अँस्टे«लिया बस्ने धवलागिरी गाउँपालिका–६ मराङका दिपक भण्डारी र हाल सयुक्त राज्य अमेरिका बस्ने धवलागिरी–७ ताकमका ऋषिनाथ सुवेदीलाई लाई निवेदनको आधारमा पहिलो पटक गैरआवासीय नागरिकता हस्तान्तरण गर्नुुभयो... पुरा पढ्नुहोस

पोखरेबगर र पाउद्वार जोड्ने घारखोलामा मोटरेवल पुल निर्माण

कात्तिक, १७  म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना घारखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । पोखरेबगरबाट नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माण भएको हो । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजाले घारखोलामा निर्माण भएको मोटरेबल पुलमा यातायातका साधन सञ्चालन हुन... पुरा पढ्नुहोस

बोयर बाख्रा पालनबाट राम्रो आम्दानी

  म्याग्दी, १६ कात्तिक। म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली डाँडाखानीमा विगत १२ बर्षदेखि बाख्रा पालन गर्दै आएका धन श्रीसले बोयर जातको बाख्रा पालनबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि पार्म प्रा.लि.बाट बाख्रा पालन सुरु गरेका श्रीसले बोयर जातका सत प्रतिशत शुद्ध पाठापाठी उत्पादन गरेर नेपालभरी... पुरा पढ्नुहोस

स्वर्गाश्रम र बेलढुङ्गामा पर्यटन प्रर्वद्धन कार्यक्रम

  म्याग्दी, १६ कात्तिक । प्रचारप्रसार र पूर्वाधारको अभावका कारण मारमा परेको म्याग्दीका पर्यटकीयस्थलको प्रवर्धन गर्न स्थानीय सरोकारवाला निकायले जोड दिएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा आयोजित कार्यक्रमका सहभागी बक्ताले भकिम्ली पर्यटन र कृषिमा सम्भावना भएको क्षेत्र भएपनि प्रचारप्रसार र बजारीकरणको अभावले समस्या झल्नुपरेको बताएका थिए... पुरा पढ्नुहोस

बेलढुङ्गाबाट देखिएको सुर्योदयका झलकहरु (फोटोफिचर)

  म्याग्दी, १६ कात्तिक। सूर्योदयका बेला विस्तारै घामका राता किरण हिमालका चुचुरा र पहराहरुमा विच्छिँदै गरेका दृष्यहरु बेलढुङ्गामा पुगेका पर्यटकले देख्दा आनन्दानुभूति गर्छन। सुर्योदयको दृष्य म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीय स्थल बेलढुङ्गाबाट देखिन्छ । पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकसित भएको बेलढुङ्गाबाट देखिने सुर्योदयको दृश्य र दृश्यावलोकन गर्न म्याग्दी... पुरा पढ्नुहोस

‘पदमार्गलाई धुुवा र धुुलोमुुक्त बनाउनपर्छ’

  म्याग्दी, १६ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गहरुलाई धुुवाँ र धुुलोमुुक्त बनाउनुुपर्ने बताउनुुभएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल पुुनहिलमा घुम्न आएका प्रतिनिधिसभा सदस्य समेत रहनुुभएका थापाले सडक विस्तारसँगै पर्यटन व्यवसायको आधार पैदलमार्गहरु मासिन थालेकोमा चिन्ता व्यक्त गर्नुुभयो । “कास्कीको नयाँपुल देखि म्याग्दीको... पुरा पढ्नुहोस

काँग्रेसका महामन्त्री थापा घोडेपानीमा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीका नेताहरुलाई कार्यकर्तामुुखी बनाउन विधान संसोधन गरिने बताउनुुभएको छ ।  म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ घोडेपानीमा मंगलबार साँझ स्थानीय कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा महामन्त्री थापाले काँग्रेसको संगठन बलियो बनाउन बिधानमा संसोधनको प्रस्ताव लैजाने बताउनुु भएको हो । “उमेद्वार बन्न वडा, पालिका र जिल्ला तहकै कार्यकर्ताबाट अनुुमोदित हुुनुपर्ने बिधानमै... पुरा पढ्नुहोस

म्याग्दी कांग्रेसको जिल्ला सम्मेलन कात्तिक १९ गते हुने

म्याग्दी, १४ कात्तिक । नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही कात्तिक १९ गते जिल्ला सम्मेलन आयोजना गर्ने भएको छ । मंगलबार कांग्रेसको पार्टी कार्यालय संगमचोकमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक १९ गते जिल्ला सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराईएको हो । सम्मेलनको उद्घाटन कार्यक्रमको प्रमुख वक्तामा नेपाली कांग्रेसका महामन्त्री... पुरा पढ्नुहोस