बेनीमा जेसीजद्धारा रक्तदान

  • १७ बैशाख २०८१, सोमबार
  • 241 पटक पढिएको

म्याग्दी, १७ जेठ । म्याग्दी सदरमुकाम बेनीमा रक्तदान गरिएको छ । म्याग्दी जेसीजको आयोजनामा सोमबार बेनी अस्पताल परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक दिनेशकुमार विश्वकर्माले जानकारी दिनुभयो ।
नेपाल जेसीजले सुरुवात गरेको जेसीज नेपाल राइज कार्यक्रम अन्तरगत म्याग्दी जेसीजले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी अन्तरगत सञ्चालित रक्त सञ्चार केन्द्रका प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो ।

म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षता, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष एवम् बेनी नगरपालिका– ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठको प्रमुख आतित्यथा तथा नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका सभापति अमर बानियाँ र बेनी अस्पताल विकास समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीको विशिष्ट आतित्यथामा सम्पन्न भएको कार्यक्रममा म्याग्दी जेसीजका कार्यकारीणि उपाध्यक्ष अमिर श्रेष्ठले स्वागत र कार्यक्रम सांयेजक तथा म्याग्दी जेसीजका बरिष्ठ कार्यकारीणी उपाध्यक्ष दिनेश विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।