विशेष

सदरमुकामका समस्याप्रति अनेरास्ववियूद्धारा जनप्रतिनिधिको ध्यानकर्षण

म्याग्दी, १० साउन । म्याग्दी सदरमुकाम बेनीमा देखिएका विद्यमान समस्याहरुलाई लिएर अनेरास्ववियू म्याग्दीले जनप्रतिनिधिहरुको ध्यानकर्षण गराएको छ । बेनीमा दबाबमुलक ¥याली आयोजना गरि अनेरास्ववियूले म्याग्दी प्रवेशद्धारको रुपमा रहेको कालिपुल क्षेत्रमा देखिएको हिलाम्मे सडक, यत्रतत्र फालिने फोहोर, बेनीमा छाडिएका पशु चौपायाको व्यवस्थापन गर्नका लागि जनप्रतिनिधिहरुको ध्यानकर्षण गराएको हो । विद्यार्थीहरु सम्मिलित... पुरा पढ्नुहोस

पाखापानीकी पारमायाँले अस्पतालबाटै गरिन जिवनरक्षाको अपिल

म्याग्दी, ९ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी पारमायाँ पाईजाले आफ्नो जिवनरक्षाको लागि अस्पतालकै शैयाबाट सहयोगको याचना गरेकी छिन् । आन्द्राको क्यान्सरबाट पिडित भई भक्तपुर स्थित क्यान्सर अस्पतालमा उपचाररत पाईजाले आफ्नो उपचार खर्च जुटाउन घरपरिवारलाई कठिनाई आईपरेपछि यस्तो याचना गरेकी हुन् । बिगत एक महिनादेखि अस्पतालमा भर्ना भई उपचाररत... पुरा पढ्नुहोस

सोमबार गलेश्वरधाममा भक्तजनको चहलपहल

म्याग्दी, ८ साउन । धार्मिक ऐतिहासिक रुपमा प्रसिद्ध स्थल मानिएको म्याग्दीको गलेश्वरधाममा साउने सोमबारका दिन दर्शन गर्ने भक्तजनहरु बढेका छन् । गलेश्वरधाममा हरेक बर्ष जस्तै साउनमा पर्ने ५ ओटा सोमबार भगवान शिवको दर्शन गर्नाले भक्तजनले मनले मागेको प्राप्त हुने विश्वासले साउने सोमबार भक्तजनको संख्या बढेको हो । अलौकिक विशाल चक्रमा... पुरा पढ्नुहोस

एनआरएनए हङकङको अध्यक्षमा म्याग्दीकी टीका गुरुङ निर्विरोध

म्याग्दी, ८ साउन । गैर आवासिय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा म्याग्दीकी टिका (राधिका) गुरुङ निर्विरोध निर्वाचित भएकी छिन् । शनिवार भएको छैटौँ अधिबेशनमा गुरुङ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन् । छैठौँ अधिवेशन चलिरहँदा अन्तिम समयमा अध्यक्ष पदका प्रत्याशी कोमल गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गुरुङ निर्विरोध अध्यक्षमा चुनिएकी... पुरा पढ्नुहोस

पहिरो खसेपछि बेनी दरवाङ सडकमा सिधा सवारी अवरुद्ध

म्याग्दी, ८ साउन । लाम्पाटा र फापरखेतमा पहिरो खसेपछि म्याग्दीको बेनी–दरवाङ सडकमा आईतबारदेखि सिधा यातायात सेवा अवरुद्ध बनेको छ । २४ किलोमिटर दुरीको सडकमा यात्रा गर्दा तिन ठाउँमा सवारी साधन परिवर्तन गर्नुपर्ने बाध्यता भएको छ । करोडौ खर्च गरेर पहिरो रोकथामका लागि हालै निर्माण गरिएको संरचनामा समेत पहिरोले क्षत्ती पु¥याएको... पुरा पढ्नुहोस

समृद्ध धौलागिरि गाउँपालिकाका लागि गाउँसभामा प्रस्तुत निती तथा कार्यक्रम र बजेट यस्तो छ ( पूर्ण पाठ सहित)

धवलागिरी गाँउकार्यपालिका बाट गाँउसभामा गाउँसभाका अध्यक्ष थमसरा पुनद्धारा प्रस्तुत  नीति तथा कार्यक्रम  र बजेट  आदरणीय गाँउसभाका सदस्यज्यूहरु स्थानीय तहको निर्वाचनमा निर्वाचित भएर यस धवलागिरी गाउँसभाको पहिलो गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा लोकतन्त्र र संघियता स्थापनार्थ जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान... पुरा पढ्नुहोस

‘काठमाण्डौमा भेटिईन शान्ति , दर्जी परिवारमा फर्कियो खुसी ’

म्याग्दी, ८ साउन । धाईरिङका सन्ते दर्जी मख्ख परेका छन् । दश दिनदेखि काठमाण्डौमा वेपत्ता भएकी आफ्नी श्रीमती फेला परेपछि सन्तेसंगै उनको घरपरिवारमा खुसी फर्किएको छ । सन्ते दर्जी विरामी भएर पोखरामा उपचार गराईरहेको अबस्थामा उनलाई भेट्न उनकी श्रीमती २३ बर्षिया शान्ति बेनीबाट बसमा सवार भएर पोखरातर्फ लागेकी थिईन् ।... पुरा पढ्नुहोस

काठमाण्डौमा वेपत्ता भएकी धाईरिङकी शान्ति दश दिनमा भेटिइन

म्याग्दी, ७ साउन । विरामी भएर पोखरामा उपचाररत श्रीमानलाई भेट्न जाँदा ठाउँ पहिचान गर्न नसकेर काठमाण्डौ पुगेपछि सम्पर्क विहिन बनेकी धाईरिङकी शान्ति दर्जी दशदिनपछि परिवारको सम्पर्कमा आएकी छिन् । पर्वतको जलजला गाउँपालिका–७ धाईरिङकी २३ बर्षिया दर्जीलाई काठमाण्डौमा बेबारिस अबस्थामा फेला पारेपछि प्रहरीले वालवालिका खोजतलास केन्द्रमा राखेको अवस्थामा भेटीएकी हुन ।... पुरा पढ्नुहोस

जलथलेमा पहिरो खसेपछि बेनी–जोमसोम सडकमा सिधा सवारी अबरुद्ध

म्याग्दी, ७ साउन । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी –जोमसोम सडकखण्ड अन्र्तगत विभिन्न ठाउँमा खसेको पहिरोको कारण सिधा सवारी अबरुद्ध बनेको छ । बर्षाको कारण रघुगंगा गाउँपालिका– ३ घुमाउनेताल र अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा सडक माथिबाट पहिरो खसेपछि यातायात अबरुद्ध बनेको हो । पहिरो खस्ने क्रम नरोकिएको कारण अबरुद्ध... पुरा पढ्नुहोस

बेनीमा एक महिना लामो ‘बर्खेनाच’ सुरु

म्याग्दी, ६ साउन । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आईएको बर्खेचान देखाउन सूरु गरिएको छ । नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाउने गरिन्छ । साउन ६ गते देखी सूरु भएको बर्खेनाच अन्र्तगत भदौ ८ गते सम्म विभिन्न नाचहरु... पुरा पढ्नुहोस