विशेष
मंगलाको बान्द्रेमा खेलमैदान निर्माण सुरु (फाेटाे फिचर)
- 6 बर्ष, 3 महिना अगाडि
- १० माघ २०७५, बिहीबार
म्याग्दी, १० माघ । म्याग्दीको मंगला गाउँपालिका–३ बान्द्रेमा युवाहरुको सक्रियतामा खेलमैदान निर्माण सुरु भएको छ । म्याग्दी नदीको किनारमा खेर गएको चौरलाई सम्माएर खेलमैदान निर्माण कार्य सुरु भएको स्थानीय युवा सन्तोष गिरीले जानकारी दिनुभयो । खाल्टाखुल्टी र अव्यवस्थित मैदानलाई डोजर लगाएर सम्माउन थालिएकाे उहाँले बताउनुभयो । खेलमैदान निर्माणको लागि मंगला... पुरा पढ्नुहोस
बेनपाको चौथो नगरसभा : विपद् जोखिम न्यूनीकरण सम्बन्धी बिधेयक प्रस्तुत
- 6 बर्ष, 3 महिना अगाडि
- १० माघ २०७५, बिहीबार
बेनी १०माघ । बेनी नगरपालिकाको चौथो नगरसभा बुधबारदेखि बेनीमा सुरु भएको छ । नगरसभामा विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि नीतिगत व्यवस्था गर्न विपद जेखिम न्युनीकरण तथा व्यवस्थापन ऐन २०७५ को बिधेयक पेश भएको छ । नगर कार्यपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक टेकबहादुर रावलले ऐनको मस्यौदा नगरसभामा पेश भएको... पुरा पढ्नुहोस
चलचित्र ‘शुभलभ’को ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीत सार्वजनिक
- 6 बर्ष, 3 महिना अगाडि
- ९ माघ २०७५, बुधबार
म्याग्दी, ९ माघ । म्याग्देली निर्माता धर्मराज सुवेदीद्धारा निर्माण हुन लागेको फिल्म शुभ–लभको पहिलो गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको टाइटल गीत ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ युटुब मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायक ज्योतिष हरिहर अधिकारी र नायिका कृष्टिन पौडेल मुख्य... पुरा पढ्नुहोस
यसरी थुनिएको थियो छौरोमा कालिगण्डकी !
- 6 बर्ष, 3 महिना अगाडि
- ९ माघ २०७५, बुधबार
बेनी, ९ माघ । मुस्ताङको घरापजोङ गाउपालिका १ छौरोमा सुख्खा पहिरो खस्दा गयरातीदेखि कालिगण्डकी नदीको बहाब केही रोकिएको थियो । हिमपातको कारण भुकम्पले चर्किएको जमिन रुख सहित कालिगण्डकी नदीमा खस्दा नदीको नियमित बहाब प्रभावित भएको थियो । तर अहिले थुनिएको पानी बग्न थालेसंगै कालिगण्डकी नदीको बहाब पुरानै स्वरुपमा बग्न थालेको... पुरा पढ्नुहोस
एकिकृत शैक्षिक व्यवस्थापकीय सूचना प्रणाली सम्बन्धी कार्यशाला सुरु
- 6 बर्ष, 3 महिना अगाडि
- ९ माघ २०७५, बुधबार
बेनी ९ माघ । पर्वतको जलजला गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा बुधबार देखि बेनीमा एकिकृत शैक्षिक व्यवस्थापकीय सूचना प्रणाली सम्बन्धि कार्यशाला सुरु भएको छ ।जलजला गाउँपालिकामा सञ्चालीत विद्यालयका प्रअ, शिक्षक तथा कर्मचारीहरुका लागि तीन दिन सम्म सञ्चालन हुने कार्यशालाको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द जिसीले उद्घाटन गर्नुभयो । विद्यालयको सूचना अभिलेखिकरण... पुरा पढ्नुहोस
मुस्ताङमा थुनिएको कालीगण्डकी पुरानै स्वरुपमा बग्न थाल्यो
- 6 बर्ष, 3 महिना अगाडि
- ९ माघ २०७५, बुधबार
बेनी, ९ माघ । मुस्ताङको घरापजोङ गाउँपालिका १ मा कृषि सामाग्री संस्थान नजीकै सुख्खा पहिरोले थुनिएको कालिगण्डकी नदी पुरानै स्वरुपमा बग्न थालेको छ । गयराती हिमपातको कारण भुकम्पले चर्किएको जमिन रुख सहित कालिगण्डकी नदीमा खस्दा नदीको नियमित बहाब प्रभावित भएको थियो । दुई वटा रुख कालिगण्डकी नदीमा तेस्रिएको र सुख्खा... पुरा पढ्नुहोस
बेनी बोडीङ कप २०७५ सुरु
- 6 बर्ष, 3 महिना अगाडि
- ९ माघ २०७५, बुधबार
साधन राम्जाली म्याग्दी, ९ माघ ।बेनीमा रहेको बेनी आवासिय माविको युवा रेडक्रस सर्कलको आयोजनामा मंगलबार देखी आधारभुत तहको अन्तर विद्यालय स्तरिय बेनी बोर्डीङ कप सुरु भएको छ । प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले उद्घाटन गर्दै किताबी ज्ञानले मात्र नभई अतिरिक्त कार्यक्रमले विद्यार्थीलाई शिक्षा क्षेत्रमा अगाडी बढ््न थप हौसला प्रदान... पुरा पढ्नुहोस
मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजिवन प्रभावित
- 6 बर्ष, 3 महिना अगाडि
- ९ माघ २०७५, बुधबार
निरज थकाली मुस्ताङ ९ माघ (ठिनी) मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजिवन प्रभावित भएको छ । बर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाइ तथा सडक यातायात सेवा प्रभावित भएको हो । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते लगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा हिउँ जमेपछि... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकाद्धारा उपकरणको भाडादर निर्धारण,अनुगमन समितिको सिफारिसमा मात्रै भुक्तानी
- 6 बर्ष, 3 महिना अगाडि
- ८ माघ २०७५, मंगलवार
म्याग्दी, ८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाले विकास निर्माण कार्यमा प्रयोग हुने निर्माण उपकरणको भाडादर निर्धारण गरेको छ । मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा सोमबार गाउँपालिका अध्यक्ष भबहादुर भण्डारीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सडक लगायतका पूर्वाधार निर्माणमा प्रयोग हुने मेसिनको अधिकतम भाडादर कायम गरेको हो । चालु आर्थिक बर्षमा गाउँपालिका मार्फत... पुरा पढ्नुहोस
गुर्जामा हिमपात, चिसोको कारण विद्यालयमा पठनपाठन बन्द (फोटो फिचर)
- 6 बर्ष, 3 महिना अगाडि
- ८ माघ २०७५, मंगलवार
बेनी ८ माघ । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपात भएको छ । अत्यधिक चिसो बढेसंगै आज विहानैदेखि गुर्जामा हिमपात हुन थालेको हो । अहिलेसम्म करिब १ फिट बढी हिउँ जमेकोे जनकल्याण मावि गुर्जाका शिक्षक रुपेश सुवेदीले जानकारी दिनुभयो । हिमपातको कारण विद्यालयमा पठनपाठन बन्द गरिएको छ । बालबालिकाहरु घरबाट निस्कन... पुरा पढ्नुहोस