बोलेरो जिप दुर्घटनामा चालक सहित तीन इन्जिनियर घाईते

  • १७ भाद्र २०७६, मंगलवार
  • 3225 पटक पढिएको

म्याग्दी १७ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलवार दिउँसो भएको बोलेरो जिप दुर्घटनमा चार जना घाईते भएका छन् । रघुगंगा हाइड्रो लिमिटेडद्धारा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २ बाट क्याम्प तर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको बोलेरो जिप दुर्घटनामा चालक र तीन इन्जिनियर घाईते भएका हुन् ।

घाईते भएकाहरुमध्ये चालक म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका ओमबहादुर पुन र सर्वेयर बुद्धिसागर न्यौपानेलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौ रिफर गरिएको छ ।

दुर्घटनामा शक्त घाईते उनीहरुलाई बेनी अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारको लागि काठमाण्डौ रेफर गरिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । त्यसैगरि दुर्घटनामा परि घाईते सिभिल इन्जीनियर विसन घिसिङ र सैलेश शाक्यको बेनी अस्पतालमै उपचार भैरहेको छ ।

उनीहरुको पनि थप उपचारको लागि काठमाण्डौ नै लैजाने तयारी गरिएको आयोजनाले जनाएको छ । आयोजनाले भाडामा लिएको जिप दुर्घटना भएर सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घाईतेहरुको स्थानीयबासी, जनप्रतिनिधि, कर्मचारी र प्रहरीले उद्धार गरका थिए ।