विशेष

बेनीमा नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला सुरु (फोटो फिचर)

https://www.youtube.com/watch?v=wy_sNm7rrLo&t=241s   म्याग्दी २७ फागुन । नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला म्याग्दी सदरमुकाम बेनीबजारमा सुरु भएको छ । देशभरबाट आएका मगर विद्यार्थीहरुको राष्ट्रिय भेलाको अवसरमा बेनीमा झाँकी सहितको ¥याली निकालिएको छ । बृहत ¥यालीमा मगर भेषभुषा पदर्शनी संगै मौलिक पुख्र्यौली नृत्य समेत देखाईएको छ । ¥यालीमा सहभागीहरुले... पुरा पढ्नुहोस

मावि तहको शिक्षाको जिम्मा स्थानीय तहलाई दिनु गलत भयोः काँग्रेस नेता गुरुङ (भिडियो)

म्याग्दी २४ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले आधारभृुत र माध्यमिक तहको विद्यालयको जिम्मा स्थानीय तहलाई दिँदा सामुदायिक विद्यालयको अवस्था थप कमजोर जटिल बनेको बताउनुभएको छ । नेपाल शिक्षक संघ म्याग्दीको जिल्ला प्रतिनिधि सभाको सोमबार बेनीमा उद्घाटन गर्दै नेता गुरुङले संविधानमा माध्यमिक तहको विद्यालयको जिम्मा स्थानीय तहलाई दिने... पुरा पढ्नुहोस

चिमखोलामा दुई झोलुङ्गे पुल निर्माण, दुरी छोटिएपछि स्थानीयबासीमा खुसियाली

म्याग्दी २४ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा दुई झोलुङ्गे पुल निर्माण भएको छ । गण्डकी प्रदेश सरकार मार्फत चिमखोला गाउँ र सागरेक र संघिय सरकार मार्फत सिस्नेरी रजेकदेखि रघुगंगा गाउँपालिका–६ रायखोरको फड्के जोड्ने दुई झोलुङ्गे पुल निर्माण भएको हो । पुल निर्माण पश्चात स्थानीयबासीलाई आवाज जावतमा सहज भएको छ... पुरा पढ्नुहोस

हिमालकै छेउबाट सूर्योदय (फोटो कथा)

बेनी, २४ फागुन । म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित मालिका धुरीबाट देखिएको माछापुच्छे« हिमालको छेउवाट उदाउँदै गरेको सूर्योदयको मनोरम दृष्य । समुन्द्री सतहदेखि ३ हजार १७० मिटर उचाईमा अवस्थित मालिकाधुरीबाट पूर्वमा माछापुच्छे देखि अन्नपूर्ण, निलगिरि धौलागिरि हुँदै गुर्जा हिमालसम्मका एक दर्जन बढी हिमालहरुलाई अवलोकन गर्न सकिन्छ ।... पुरा पढ्नुहोस

अन्नपूर्णको गाउँसभा सम्पन्न

म्याग्दी २३ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको गाउँसभा आइतबार पोखरेबगरमा सम्पन्न भएको छ । चालु आर्थिक वर्षको योजना तथा बजेट संसोधन, शिक्षा र वातावरण सम्बन्धी बिधेयक पारित गरेको गाउँसभामा गाउँपालिका र वडा बिभाजन गर्ने प्रस्ताव पेश भएको छ । सभामा भौतिक पूर्बाधार समितिका संयोजक कृष्णप्रसाद बरुवालले प्रस्तुत भएको चालु आर्थिक... पुरा पढ्नुहोस

म्याग्दीका पौडेल न्यूजिल्याण्डको लागि पर्यटन दुतमा नियुक्त

म्याग्दी २३ फागुन । म्याग्दीका लोकनाथ पौडेल न्यूजिल्याण्डका लागि पर्यटन प्रवद्र्धन दुतमा नियुक्त हुनुभएको छ । बेनी नगरपालिका–५ पुलाचौर घर भई हाल न्यूजिल्याण्डमा व्यवसाय गर्दै आउनुभएका पौडेललाई नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन बोर्डले दुतमा नियुक्त गरेको हो । दुई बर्षे कार्यकालको लागि बोर्डले पर्यटन प्रर्वद्धन... पुरा पढ्नुहोस

जिल्ला स्तरीय दोहोरीगीत प्रतियोगिता सम्पन्न (भिडियाे सहित)

https://www.youtube.com/watch?v=yMhL-hN2Gdg   म्याग्दी २२ फागुन । म्याग्दी सदरमुकाम बेनीमा शनिवार जिल्ला स्तरीय दोहोरीगीत प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको आयोजनामा सम्पन्न प्रतियोगितामा हिरा किसान प्रथम, निसा भण्डारी द्धितीय, खिमा पुन तृतीय हुनुभएको छ । उहाँहरुलाई क्रमश : नगद रु ५ हजार, ३ हजार र... पुरा पढ्नुहोस

कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार खड्कालाई

  म्याग्दी, २२ फागुन । कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ । प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई रु. सात हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष रहनुभएका खड्का... पुरा पढ्नुहोस

विप्लव समूहको प्रतिबन्ध फुकुवाको स्वागतमा बावियाचौरमा दिप प्रज्वलन

म्याग्दी २१ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले सरकारले प्रतिवन्ध फुकुवा गरेको स्वागतमा बावियाचौरमा दिप प्रज्वलन गरेका छन् । विहिवार सरकार र विप्लव समूहसंगको वार्तामा सहमती जुटेपछि साँझ बसेको मन्त्रीपरिषद वैठकले विप्लवमाथिको प्रतिवन्ध हटाउने निर्णय गरेको थियो । सरकारको निर्णयको स्वागत गर्दै मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा विप्लव नेतृत्वको... पुरा पढ्नुहोस

धवलागिरिमा किशोरी सम्मेलन, ११ बुँदे घोषणापत्र जारी

म्याग्दी, १९ फागुन । बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय किशोरी सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा सोमबार भएको सम्मेलनमा सहभागी जनप्रतिनिधि, सरोकारवाला र किशोरीहरूले बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्नेलगायत किशोरीहरूको शिक्षा, स्वास्थ्य र सुरक्षाका... पुरा पढ्नुहोस