एमाले चिमखोला वडा कमिटीका उपाध्यक्ष काँग्रेसमा प्रवेश

  • १८ कार्तिक २०७८, बिहीबार
  • 731 पटक पढिएको

म्याग्दी १८ कात्तिक ।  म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा एमाले वडा कमिटीका उपाध्यक्ष नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । हालै पुर्नगठन भएको एमालेको वडा कमिटी उपाध्यक्ष इन्द्रबहादुर बुढा सहितका नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काङ्ग्रेस रघुगगा गाउपालिका वडा नं. ७ चिमखोला वडा कार्यसमितिले शुभ दिपावलीको अबसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बुढा सहित एमाले वडा कमिटीका सदस्यद्धय जितेन्द्र पुन र इने बुढा लगायत काँग्रेसमा प्रवेश गरेको जनाइएको छ । पूर्वमन्त्री थममायाँ थापाको गृहगाउँका स्थानीय नेता कार्यकर्ताहरु नै पार्टी छाडेर काँग्रेसमा प्रवेश गर्नुले एमालेलाई ठुलो धक्का लागेको छ ।


कार्यक्रममा काँग्रेस रघुगगा गाउँपालिका समितिका सभापति मनकुमार शेरपुञ्जा, जिल्ला सदस्य ओम छन्त्याल, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, नेपाली काँग्रेस चिमखोलाका वडा सभापति प्रदिप पाईजा, वडा अध्यक्ष दुर्गा पुन लगायतले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको थियो ।