जनगणना आजदेखि सुरु

  • २५ कार्तिक २०७८, बिहीबार
  • 966 पटक पढिएको

म्याग्दी, २५ कात्तिक । १२ औँ राष्ट्रिय जनगणना विहिबारदेखि देशभर सुरु भएको छ । जनगणना गर्न गणकहरु कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणनामा सहभागि हुने छन् ।

जनगणनाबाट जनसंख्याको वास्तविक आकार, प्रकार र संरचना थाहा हुने भएकाले सबै पक्षबाट जनगणनालाई सफल बनाउन सकारात्मक सहयोग गर्न जिल्ला जनगणना कार्यालय म्याग्दीले आग्रह गरेको छ ।

जनगणनबाट हाम्रो आर्थिक क्रियाकलाप, सामाजिक अवस्था, विभिन्न जाती, भाषा, धर्म, क्षेत्र, बर्ग, लिंग, उमेर समूह र समग्रतामा कुन अवस्थामा समाज रहेको भन्ने गणकहरुले संकलन गरेको तथ्याकंबाट थाहा हुने कार्यालयले जनाएको छ । गणनहरुले घर कति पुरानो, प्रकोपको जोखिम, सडक, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, बैंक लगायत सुविधाको अवस्थाबारेपनि जानकारी लिने छन् ।

गणकले १५ दिनभित्र तोकेको क्षेत्रको जनगण्ना गरिसक्नुपर्ने छ । जिल्ला जनगणना कार्यालयले जनगणनाका लागि तालिमप्राप्त १८६ जना गणक जनगणनाका लागि खटाएको जनगणना अधिकारी घनश्याम सापकोटाले जानकारी दिए । गणकले गणना गरी लिएको तथ्याङ्कको आधारमा कार्यालयले मंसिर मसान्तसम्म काम सम्पन्न गर्ने छ ।

जनगणनालाई सफल बनाउन जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ल्ला अधिकारी, पालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र वडा अध्यक्षको नेतृत्वमा अनुगमन तथा निगरानी संयन्त्र रहेको छ । बेनी नगरपालिकासहित अन्नपुणर् र रघुगंगा गाउँपालिकाको कार्यालय बेनीमा र मंगला, मालिका धवलागिरीको दरवाङमा कार्यालय रहेको छ ।

नेपालको २०६८को जनगणनाले नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ भने म्याग्दीको जनसंख्या १ लाख १३ हजार रहेको थियो ।