बालगृहमा रहेका बालबालिकाहरुले लगाय सामुहिक भाइटिका

  • २० कार्तिक २०७८, शनिबार
  • 885 पटक पढिएको

 

बेनी २० कात्तिक । म्याग्दीको बेनी स्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरुले शनिबार सामुहिक भाइटिका लगाएर तिहार मनाएका छन् ।

नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरुले एक आपसमा टिका र माला लगाएर तिहार मनाएका हुन् । अस्टे«लीयामा रहेका म्याग्दीका छोरी बुहारीहरुले स्थापना गरेको ‘उई केयर एण्ड लभ’ संस्थाको आयोजना बालगृहमा सामुहिक भाइटिका कार्यक्रम आयोजना गरिएको हो ।

बालगृहमा रहेका बालबालिकाहरुलाई तिहार निरश नबनोस भनेर सामुहिक भाइटिका कार्यक्रमका लागि सहयोग गरिएको उई केयर एण्ड लभ संस्थाका प्रतिनिधी उपेन्द्र गिरीले बताउनुभयो । म्याग्दी बालगृहमा हाल ११ जना बालबालिका आश्रित छन् । । अभिभावक बिहिन बालबालिकालाई बालगृहलाई आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको ब्यवस्था मिलाएको छ ।

नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले वालगृहमा सामुहिक भाइटिका आयोजना गर्न पुजा सामग्री, मिठाई लगायत खानाका परिकारको ब्यवस्था गर्ने उई केयर एण्ड लभ संस्थामा आवद्ध चेलीहरुलाई धन्यवाद दिनुभयो । कार्यक्रमको सञ्चालन संगठनका सदस्य नरेश श्रेष्ठले गर्नुभएको थियो ।