गुर्जामा स्वास्थ्य शिविरबाट एक सय बढी लाभान्वित

  • १९ कार्तिक २०७८, शुक्रबार
  • 583 पटक पढिएको

म्याग्दी १९ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा आयोजित निशुल्क स्वास्थ्य शिविरबाट एक सय बढी लाभान्वित भएका छन् । कोरियन नागरिक जङयोङ चोल र लिङ जङभी को आर्थिक सहयोगमा शुक्रवार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । गुर्जामा जन्मिएर पोखराको चरक अस्पतालमा कार्यरत रहनभएका डाक्टर लोकेन्द्र छन्त्यालको समन्वयमा शिविर सम्पन्न भएको हो ।
शिविरबाट गुर्जाका एक सय बढीले स्वास्थ्य परिक्षण सेवा लिएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, शिविरमा स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको थियो । शिविरमा डाक्टर छन्त्यालको टोलीलाई गुर्जा स्वास्थ्य चौकीका अनमी चोलमायाँ छन्त्यालले समेत सहयोग गर्नुभएको थियो ।
बिगतमा समेत भ्रमणमा आउँदा गुर्जामा शिक्षा क्षेत्रमा सहयोग गर्दै आएका कोरियन नागरिकले यस बर्ष स्वास्थ्य शिविर आयोजना गरेका हुन् । रोजगारको शिलसिलामा कोरियामा बसेर फर्कनुभएका स्थानीय हिराबहादुर छन्त्याल र रेशम छन्त्यालको सक्रियतामा शिविर सम्पन्न भएको थियो ।