तोकिएको समयमै म्याग्दी कांग्रेसको अधिवेशन हुने

  • २४ कार्तिक २०७८, बुधबार
  • 882 पटक पढिएको

 

 

म्याग्दी, २४ कात्तिक । नेपाली कांग्रेस म्याग्दीले कात्तिक २७ गते प्रदेश निर्वाचन र मंसिर १ गते सातौ जिल्ला अविधेशन गर्ने भएको छ । बेनीस्थित पाटी कार्यालयमा बसेको जिल्ला कार्यसमिति बैठकले तोकिएको समयमै प्रदेश र जिल्ला अधिवेशन गर्ने निणर्य गरेको हो ।

प्रदेश र जिल्ला अधिवेशनको तोकिएसगै पाटी सभापति खमबहादुर गर्वुजा र पुर्व सभापति रेशमबहादुर बाँनिया प्यानलका नेता तथा कार्यकर्ताहरु विभिन्न पदको नेतृत्वका लागि छलफलमा जुटेका छन् । निर्वाचन मिति तोकिएसंगै सभापतिका आकांक्षी र महाधिवेशन प्रतिनिधि उम्मेद्वारहरु सदरमुकाम बेनी केन्द्रित भएका छन् । कांंग्रेसको केन्द्रिय निर्वाचन समितिले म्याग्दीको अधिवेशन गराउन निरञ्जनराज राजभण्डारीलाई निर्वाचन अधिकृतको रुपमा खटाएको छ ।