म्याग्दीका किसान धान भित्र्याउन ब्यस्त

  • २४ कार्तिक २०७८, बुधबार
  • 815 पटक पढिएको

सन्ताेष शर्मा

म्याग्दी, २४ कात्तिक । कात्तिक महिना सुरु भएसंगै म्याग्दीका किसानलाई खेतमा पाकेको धान बाली काटेर भित्र्याउने चटारो छ । चाडपर्व सिद्धिएसंगै अर्मपर्म गरेर किसानहरु खेतमा पाकेको घान काट्न ब्यस्त छन्।


किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली रहेको छ। कृषकले आफूलाई आवश्यक पर्ने धान भण्डारण गरी एक बर्षसम्म पुर्‍याउने चलन छ । हिमाली जिल्ला म्याग्दीमा भिरालो र काट्ने जग्गामा भएको धान खेतीमा आधुनिक कृषि औजारको प्रयोग कम भएको रघुगंगा गाउँपालिका भगवतीका कृषक दिपक खत्रीले बताए ।


‘खेतमा काटेर सुकाएको धानलाई पालमा झाटेर धान र पराल छुट्याएर ल्याउने चलनको विकासले पछिल्लो समय कृषकलाई सहज भएको छ,’ उनले भने- ̒̒पहिल्य घान काट्ने, बिटा हाल्न,े खलो काट्ने,घरमा पुर्‍याएर आगनमा बिटाको धानसितको पराललाई भाग लगाएर रातीसम्म झाट्ने, बत्ताउने काममा कृषकलाई बढी अरिम परिम गर्नुपर्ने बाध्यता थियो भने पछिल्लो समय पालको विकासले कृषकलाई खेतको धान घरसम्म पुर्‍याउन सहज भएको छ ।’


बाली काट्ने र झार्नेजस्ता काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि कृषकलाई धान खेती गर्न सहज भएको छ । पछिल्लो समय पाल, थ्रेसर विकासले विटा हाल्ने, खलो काट्ने, धान राख्ने भकारीहरु लोप हुने अवस्थामा पुगेको छ ।


पछिल्लो समय कृषी सडक संजालले खेतमा रहेको धान र पराललाई घरसम्म पुर्‍याउन ट्याक्टर, बोलेरो बढी प्रयोग कृषकले गरेका छन् । गाउँमा युवाहर विदेश पलायनले धान खेती भित्र्याउने काममा १८ बर्ष मुनीका किशोरहरु र ४० बर्ष भन्दा माथिका बुढाहरु खेतबारीमा ब्यस्त भएका छन् । म्याग्दी जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ३ हजार ८ सय ९८ हेक्टरमा धान खेती हुँदै आएको छ ।