विशेष

काँग्रेस बेनी नगरको अधिवेशनमा रविन्द्र कार्कीको नेतृत्वको प्यानल घोषणा (भिडियाे र तस्विर सहित )

म्याग्दी ८ असोज । नेपाली काँग्रेसको बेनी नगर समितिको असोज ९ गते हुने अधिवेशनमा रविन्द्र कार्कीको नेतृत्वको समूहले प्यानल उम्मेदवारी घोषणा गरेका छन् । शुक्रवार बेनीमा पत्रकार सम्मेलन गरि बेनी नगरपालिका–९ घतान निवासी कार्कीले नगर सभापतिमा सहित प्यानल उम्मेदवारी घोषणा गरिएको हो । नेपाल तरुण दलको राजनीतिबाट पार्टीमा सक्रिय रहनुभएका... पुरा पढ्नुहोस

धौलागिरि हिमालमा पर्यटक : ‘पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल’

कमल खत्री बेनी, ८ असोज  । म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्ग ओझेलमा परेको छ । धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ अग्लो (८,१६७ मिटर) धौलागिरि हिमालको आरोहण र आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकहरु हेलिकोप्टर मार्फत जान थालेपछि धौलागिरि पदमार्ग सुनसान बनेको छ । सरकारले भदौ... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा वाइसीएल गठन, अध्यक्षमा विनय पाण्डे

  म्याग्दी, ७ असोज । म्याग्दीको मंगला गाउँपालिकामा विहिबार विनय पाण्डेको अध्यक्षतामा नेकपा माओवादी (केन्द्र)को भातृ संगठन वाइसीएलको ३३ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । गाउँपालिकाको केन्द्र बाबियाँचौर भेलाबाट गाउँकमिटीसंगै वडा कमिटी पनि गठन गरिएको छ। मंगला गाउँपालिकाको वडानम्वर १ मा मनप्रसाद विकको अध्यक्षतामा ११ सदस्यीय, वडानम्वर २ मा... पुरा पढ्नुहोस

प्रसिद्ध मुक्तिनाथ मन्दिर असोज १० देखि खुला गरिने

मुस्ताङ ७ असोज । आगामी आइतबार (१० असोज) देखि हिमाल पारिको जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शनका लागि खुला हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको महामारी फैलिएसँगै मुक्तिनाथ दर्शन बन्द भएको थियो । नजिकिएको दशैंमा आउने दर्शनार्थीलाई लक्षित गरी... पुरा पढ्नुहोस

विश्वमित्र सहकारीको ११ औँ स्थापना दिवसमा छात्रवृति र राहत वितरण

बेनी, ६ असोज । बिश्वामित्र बचत तथा ऋण सहकारी संस्थाले ११ औँ स्थापना दिवसको अवसरमा सहकारीले संस्थापक संचालकलाई सम्मान, छात्रबृत्ती प्रदान, र राहत बितरण गरेको छ। २०६८ साल असोज ६ गते स्थापना भएको सहकारीले ११ औँ स्थापना दिवसको अवसरमा सम्मान, छातवृति वितरणर राहत वितरण गरेको हो । सहकारीले शिक्षा कोषबाट... पुरा पढ्नुहोस

काँग्रेस बेनी नगरको अधिवेशनमा विक्रम बोगटीको नेतृत्वको प्यानल घोषणा

म्याग्दी ६ असोज । नेपाली काँग्रेसको बेनी नगर समितिको अधिवेशनमा विक्रम बोगटी नेतृत्वको प्यानल घोषणा भएको छ । बुधवार बेनीमा आयोजित उमेद्वार घोषणा कार्यक्रममा सभापतिमा युवा नेता विक्रम बोगटी रहनुभएको समूहले उम्मेदवारहरुको प्यानल घोषणा गरेका हुन । विद्यार्थी राजनीतिबाट खारिनुभएका बोगटीको नेतृत्वको समूहबाट उपसभापतिमा हरिप्रसाद पौडेल, मानकाजी घिमिरे, सचिबमा ज्ञानेन्द्रकुमार... पुरा पढ्नुहोस

संगठन बिस्तार अभियान लिएर माओवादीका नेता टोल टोलमा

बेनी,६ असोज । नेकपा माओवादी केन्द्र म्याग्दीका नेता कार्यकर्ताहरु संगठन बिस्तार अभियान लिएर टोल टोलमा पुगेका छन् । संगठन सुदृढिकरणका लागि तल्लो तहका शुभचिन्तक, कार्यकर्ता भेटघाट, सदस्यता नबिकरण, प्रशिक्षण र राजनीतिक परिस्थतिका बिषयमा पार्टीको धारणा बुझाउन नेताहरुले टोल अभियानमा जुटेका हुन् । आफ्नै शक्ति र बिचारमा पार्टीलाई बलियो बनाउन माओवादीले... पुरा पढ्नुहोस

कहिले फर्किएला ‘रुप्सेको रुपौला रुप’ (फोटो कथा)

म्याग्दी ५ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरना । अन्धगल्छी नजिक रहेको यो झरना गत बर्ष आएको बाढी कारण रुप विहिन बनेको छ । झरनामा आएको भिषण बाढीले झरनामा बनाइएका भ्यू पोइन्ट, पदमार्ग लगायतका भौतिक पूर्वाधार र झरनाको दायाँ बायाँको हरियाली पाखो बगाएर कुरुप बनाएको थियो ।... पुरा पढ्नुहोस

नासिँदै गए बिसाउने चौतारी, संरक्षणमा चासो बढ्यो

ध्रुवसागर शर्मा म्याग्दी ५ असोज । पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरीहरु बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल खेल्ने थलोका रुपमा रहेका चौतारीहरु पछिल्लो समय नासिँदै गएका छन् । चौतारी, पोखरी ग्रामीण जीवनको मौलिकता दिने... पुरा पढ्नुहोस

आजबाट सोह्रश्राद्ध सुरु हुँदै

म्याग्दी ५ असाेज । बडादसैँको नजिकिँदै गर्दा पितृ कार्य सम्पन्न गरेर दसैँ मनाउने सनातन परम्पराअनुसार आजबाट सोह्रश्राद्ध हुँदै छ । भदौ कृष्ण प्रतिपदाबाट सोह्रश्राद्ध सनातन परम्पराअनुसार त्रिवेणी, दोभान, घाटलगायत अन्य तीर्थस्थल र घर डेरामै पितृको श्राद्ध तथा तर्पण गरिने यो पितृ कार्य अति पवित्र मानिन्छ । पशुपति क्षेत्र विकास कोषले... पुरा पढ्नुहोस