आवासहितको पर्यटन पुर्वाधार विकास गर्न जोड

  • २० मंसिर २०७८, सोमबार
  • 733 पटक पढिएको

म्याग्दी, २० मंसिर । म्याग्दीमा रहेका पर्यटकिस्थलमा आवाससहितको पर्यटन पुर्वाधार विकास गर्न आग्रह गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रवन्धक नविन पोखरेलले पहिचान भएका पर्यटकीसस्थलमा पर्यटकको बसाई लम्ब्याउन आवाससहितको पुर्वाधार निर्माण गर्न म्याग्दीका स्थानीय तह एवम् पर्यटन ब्यवसायीलाई आग्रह गरेका छन् ।


म्याग्दी पर्यटकियस्थल टोड्के घुम्न आएको नाटाका टोलीसंग म्याग्दी उद्योग वाणिज्य सघंले गरेको स्वागत एवम भेटघाट कार्यक्रममा प्रवन्धक पोखरेलले घुम्न आउने पर्यटकलाई आनन्द हुने गरी सडक, पदमार्ग, चौतारी, बगैचाहरु निर्माणसंगै सरसफाईमा ध्यान दिन म्याग्दीका पर्यटन ब्यवसायीलाई सुझाव दिएका थिए । पछिल्लो समय पर्यटकिस्थलमा आउने पर्यटकको बसाई छोटिदै गएको बताउदै नयाँ गन्तव्य पहिचानसंगै आवश्यक पुर्वाधार संरचना ध्यान दिनुपर्ने बताए । नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकात सिग्देलले पोखरा केन्द्रित पर्यटकको बसाई लम्ब्याउन नयाँ पर्यटकिय गन्तव्यहरुको सम्भावना उजागर गर्न भ्रमण आवश्यक रहेको बताए । घोडेपानी पुनहिलसंगै म्याग्दीका पहिचान भएका अन्य पर्यटकिय क्षेत्रको सम्भावना उजागर गर्न सहकार्य आवश्यक रहेको बताए । पर्यटक भुलाउने विभिन्न सुविधासहित आवासको सुविधाले पोखरामा पर्यटक बढेको जानकारी गराउदै भ्युटावर लगायतका अन्य सुविधासहित मुख्य आवासको सुविधा पर्यटकिस्थलमा विकास गर्न सकेमा पर्यटक आउने बताए । नाटाको भ्रमणको उद्देश्य पोखरासहित नजिकका पर्यटकिस्थलको सम्भावना उजागर गर्न आवासहितको सुविधा विकास भएको पर्यटकिस्थल टोड्के रोजेको बताए ।


म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले म्याग्दीमा मुस्ताङ जाने पर्यटकलाई रोक्ने किसिमले पहिचान भएका खोपारा, टोड्के, रुईसे, झाँक्रापानी, सिगां लगायतका क्षेत्रमा आवाससहितको पर्यटन पुर्वाधार निर्माण पर्यटन ब्यवसायीले लगानी गरेको बताए । घोडेपानी, खोपारा, टोड्के, सिंगा तातोपानी र भुरुङतातोपानीमा आवासको सुविधाले पर्यटक बढेपनि अन्य क्षेत्रमा बसाई लम्व्याउने पुर्वाधार निर्माणमा प्रयास र लगानीका लागि छलफल भएको जानकारी गराए ।पहिचान भएका पर्यटकिस्थलको प्रचारप्रसार गर्न विगतमा म्याग्दी भ्रमण बर्ष आयोजना गरिएको बताए । संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले सडक विस्तारले पदमार्ग मासिदै जादाँ पदमार्ग केन्द्रित होटल ब्यवसायी धरासायी बनेको जानकारी गराउदै यसप्रति नाटाले ध्यान दिनुपर्ने सुझाव दिए ।

धौलागिरी, नीलगिरी, अन्नपुणर्, मानापाथी, गुर्जा लगायतका हिमाल रहेको म्याग्दीमा आवाससहितको पर्यटन पुर्वाधार पर्यटकिस्थलमा योजनाबद्ध रुपमा विकास नहुदाँ पर्यटन ब्यवसायलाई आम्दानीको स्रोतको रुपमा स्थानीयले विकास गर्न सकेका छैनन् । स्वागत एवम् भेटघाट कार्यक्रमको संचालन महासचिव अमित बानियाँले गरेका थिए ।