पोखराकी प्रेन्सा रेग्मी “ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२” का लागि छनोट

  • २१ मंसिर २०७८, मंगलवार
  • 781 पटक पढिएको

मंसिर २१ पोखरा।  पोखराकी ९ बर्षिया प्रेन्सा रेग्मी “ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२” मा चयन भएकी छन् । विश्वभरका ६८ भन्दा बढी देशहरूमध्येमा “ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२” का लागि बिश्वबाट १०० बाल प्रोडिजीमा पोखराकी प्रेन्सा रेग्मी छनोट भएकी हुन् ।

आयोजकले पहिलो-अन्तर्राष्ट्रिय बाल प्रोडिजी पुरस्कारमा तपाईंको प्रतिभा र कामले हाम्रो अन्तर्राष्ट्रिय चयन समितिले छनोट गरीएको जनाएको छ । ९ बर्षिया बाल अभियन्ता प्रेन्साले पहिलो चरणको कोरोना भाइरसको महामारीमा सरकारले गरेको लकडाउनले दैनिक मजदुरी र साँझ बिहान हातमुख जोड्न धौधौ परेकालाई नि:शुल्क फुड बैंक संचालन गरेकी थिईन । कान्छी समाजसेवी रेग्मीले फुड बैंक,क्लोथ बैंक,बुक बैंक अभियान चलाएकी थिइन् । बुक बैंक अभियानलाई भने निरन्तरता दिई रहेकी छन् ।

यस्तै दोस्रो चरणको कोरोना भाइरसका कारण सरकारले गरेको निषेधाज्ञाका कारण दैनिक मजदुरी गरी खाने वर्गलाई दैनिक छाक टार्नै मुस्किल बन्दै गइरहेका बेला पोखराकी ९ बर्षिया कान्छी समाजसेवी प्रेन्सा रेग्मीले रोटि बैंक संचालन गरेकी थिईन । यस्तै बालबालिकामाथी हिंसा, बलात्कारका घटनाका विरुद्ध कडा कानुन निर्माणका लागि गृहमन्त्री र सुरक्षा निकायसङ्ग छलफल र कानुन बनाउन माग गरेकी थिइन् । समाजसेवामा निरन्तर लागि परेकी छन् ।

जिसिपिएले वार्षिक रूपमा विश्वभरका शीर्ष १०० बाल प्रतिभाहरूलाई चिन्ने, प्रशंसा गर्ने र पुरस्कृत गर्ने र असंख्य पृष्ठभूमिका युवा प्रतिभाहरूलाई मनाउने लक्ष्य राखेको छ। टोलीले २०२२ को फेब्रुअरीको अन्तिम साता दुबईमा अवार्ड समारोह आयोजना गर्ने छ । विश्वभरका ग्लोबल चाइल्ड प्रोडिजी विजेताहरूलाई विश्वका केही प्रमुख व्यक्तित्वहरूद्वारा प्रतिष्ठित पुरस्कारले सम्मानित गरिने जनाएको छ । बाल अभियन्ता रेग्मीले पहिलो अन्तराष्ट्रिय अवार्डमा नेपालबाट आफु छनोटमा पर्दा देशलाई चिनाउन पाउदा आफुलाई गर्ब र एकदमै खुसी लागेको बताएकी छन् । “यो अवार्डमा पुर्याउनु हुने सम्पुर्णलाई धन्यवाद साथै देशलाई शान्ति र सकारात्मक सोच बनाउने चाहना छ यस कार्यमा मलाई सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछु ।”