विशेष

केरा बेचेर वार्षिक डेढ करोडभन्दा बढी आम्दानी

  म्याग्दी, १९ चैत । पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको दृश्य हो यो । सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्गे... पुरा पढ्नुहोस

दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन

बागलुङ १९ चैत। ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् । म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । स्थानीय सरकार आउनुपूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाले धेरै गाउँमा सडक पुगेका थिएनन् । गाउँपालिकाले अधिकांश बस्तीमा सडक पुर्याएको... पुरा पढ्नुहोस

कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण

  म्याग्दी, १९ फागुन । म्याग्दीको कालीपुल बसपार्कमा टर्मिनल भवन निर्माण भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले बेनी नगरपालिका–८ स्थित रहेको कालीपुल बसपार्कलाई ब्यवस्थित रुपमा संचालनका लागि गुरुयोजना अनुसार टर्मिनल भवन निर्माण सम्पन्न गरेको हो । देशका विभिन्न ठाउँबाट आउने र जाने सवारीसाधन विसौनीको रुपमा प्रयोग हँुदै... पुरा पढ्नुहोस

राममन्दिरलाई नदि कटानबाट रोक्न तटबन्ध गरिँदै (तस्बिर)

बेनी १९ चैत : पर्वतको जलजला गाउँपालिका–२ स्थित कालीगण्डकी र राहुघाट नदीको संगमस्थलमा अवस्थित राममन्दिरलाई नदीकटानबाट जोगाउन पक्की पर्खाल निर्माण गरेर तटबन्ध गरिँदै । तस्बिरः कमल खत्री – – – पुरा पढ्नुहोस

पोखरेबगरमा सार्वजनिक सुनुवाई : ‘विकास , पर्यटन प्रवद्र्धन र ढिलासुस्तीप्रति ध्यानकर्षण’

म्याग्दी १८ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिवार प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म सम्पादन भएका विकास गतिविधि, सेवा प्रवाह र समग्र गाउँपालिकाको अवस्थाका बारेमा सेवाग्राही, स्थानीयबासी र सरोकारवालाहरुबाट गुनासा सुन्ने, सार्वजनिक सेवा प्रवाहलाई जवाफदेही बनाउने उदेश्यले आयोजित कार्यक्रममा... पुरा पढ्नुहोस

खोला सुकाएरै बिजुली

  पर्वत, १८ चैत । अन्नपूर्ण हिमशृङ्खलाको काखदेखि बगेर कास्की हुँदै पर्वत आइपुग्ने मोदी खोलाको पानीबाट आधा दर्जनको सङ्ख्यामा विद्युत् गृह सञ्चालनमा आएका छन् । मोदी खोलालाई ऊर्जा नदीको नामले पनि चिन्ने गरिन्छ । केही वर्ष अघिसम्म मोदी खोला आफ्नै लयमा निरन्तर बग्ने गथ्र्यो । यस खोलामा पाइने असला माछाको... पुरा पढ्नुहोस

मिर्गौला पीडित रिता गर्वुजाको उपचारार्थ सहयोगको अपिल

म्याग्दी १८ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलकी मिर्गौला पीडित रिता गर्वुजा पुर्जाको उपचारार्थ आर्थिक सहयोगको लागि आफन्तले अपिल गरेका छन् । आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लि.मा उपचाररत २९ बर्षिय पुर्जाको मिर्गौला पत्यारोपण गर्नुपर्ने भएकाले पुर्जाका घरपरिवार र आफन्तले सहयोगको अपिल गरेका हुन् । घरपरिवारको आर्थिक अवस्था कमजोर... पुरा पढ्नुहोस

पूर्वाधार विकास कार्यालय म्याग्दीको विकास खर्च १८ प्रतिशत

  म्याग्दी, १७ चैत । पूर्वाधार विकास कार्यालय म्याग्दीले चालू आर्थिक वर्षको आठ महिनामा १८ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको अन्तिम चार महिनामा ८२ प्रतिशत बजेट खर्च गर्नुपर्ने अवस्था देखिएको छ । संघ, प्रदेशबाट सञ्चालित बहुवर्षीय लगायतका योजनामा जिल्लामा निर्माण व्यवसायीले समयमै काम गर्न नसक्दा... पुरा पढ्नुहोस

सवारी कारबाहीबाट ४२ लाख राजश्व संकलन

  बेनी, १७ चैत । म्याग्दीमा सवारी साधन कारबाहीबाट ४२ लाख रुपैयाँ भन्दाबढी राजस्व संकलन भएको छ । चालु आर्थिक बर्षको फागुनसम्ममा ५ हजार ७५० सवारी कारबाहीबाट ४२ लाख १६ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय म्याग्दीले जानकारी दिएकोछ । पछिल्लो ८ महिनामा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन... पुरा पढ्नुहोस

बाबियाचौरमा कर्वड हल निर्माण

  म्याग्दी, १७ चैत । मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा बहुउद्देश्यीय कर्वड हल निर्माण भएको छ । ब्याडमिन्टन सहित मार्सल आर्ट लगायतका खेलहरु समेत संचालन गर्न मिल्ने गरी निर्माण गरिएको कर्वड हलको उद्घाटन गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गर्नुभएको थियो । कर्वड हल निर्माणमा गाउँपालिकाबाट ११ लाख, पूर्वाधार विकास कार्यालयबाट ५ लाख... पुरा पढ्नुहोस