पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशकै उत्कृष्ट घोषित

  • १९ बैशाख २०८१, बुधबार
  • 145 पटक पढिएको

नेपाल पत्रकार महासंघ म्याग्दी शाखा गण्डकी प्रदेशमा उत्कृष्ट भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा संस्थागत मर्यादा र ब्यवसायिक निष्ठापूर्वक कार्य गरेको भन्दै उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको हो ।

बुधबार विहान आयोजित साधारणसभा तथा अधिवेशनको अवसरमा गण्डकी प्रदेश प्रमु्ख डिल्लिराज भट्ट, महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेललाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो ।

 

पत्रकार महासंघ म्याग्दीले संस्थागत विकास, शुद्धिकरण अभियान र पेशागत हकहितका लागि गरेका कार्यको प्रशंसा गरिएको थियो । गण्डकी प्रदेशका ११ जिल्लामा उत्कृष्ट शाखा भएको पत्रकार महासंघ म्याग्दी शाखा पहिलोपटक प्रदेशमा उत्कृष्ट भएको छ । ‘प्रदेशकै उत्कृष्ट शाखा हुन सबैको योगदान छ,‘ संस्थाको यो गरिमालाई उचाईमा पु¥याउनु छ’ अध्यक्ष पौडेलले भन्नुभयो ।

 

२०६३ सालमा स्थापाना भएको शाखा निवर्तमान अध्यक्ष तारानाथ शर्माको कार्यकालमा बेनी नगरपालिकासँग समन्वय गरी भाडामा जग्गा ब्यवस्थापन गरेको थियो भने अध्यक्ष पौडेलको नेतृत्वमा भवन मर्मत गरेर आफ्नै भवनबाट कार्यालय संचालन गरिरहेको छ ।