म्याग्दी समाचार
यी हुन रघुगंगा गाउँपालिकाको उप–प्रमुखका उम्मेदवार हरिबहादुर भण्डारी
- 8 बर्ष, 6 महिना अगाडि
- २० बैशाख २०७४, बुधबार
म्याग्दी, २० वैशाख । वैशाख ३१ गते हुने स्थानीय तह चुनाबमा रघुगंगा गाउँपालिकाको उप–प्रमुखमा उम्मेदवार बनेका हरिबहादुर भण्डारीको चर्चा बढेको छ । रघुगंगा गाउँपालिका–२ भगवतीको सिजलगाउँका ३३ बर्षका युवा भण्डारीको गाउँपालिकाको उप–प्रमुखमा उम्मेदवारी दर्ता भएपछि गाउँपालिकाको अधिकाँश बस्तीहरुमा उनको चर्चा सुरु भएको हो । पछिल्लो समय युवा जमातले राजनितीमा समेत... पुरा पढ्नुहोस
माउण्टमा ई.सि.ए.कल्ब गठन
- 8 बर्ष, 6 महिना अगाडि
- २० बैशाख २०७४, बुधबार
म्याग्दी बेनी नगरपालिका–८ बेनी बजार स्थित माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयमा मंगलबार विद्यार्थिहरुको भेलाले अतिरिक्त क्रियाकलाप कल्व गठन गरेको छ । भेलाले सृष्टि पुन अध्यक्ष रहेको ३५ सदस्सिय कल्व गठन गरेको छ । कल्बको उपाध्यक्षमा भुवन घर्ति मगर , सचिवमा कमला घर्ति मगर, सह–सचिवमा तुर्जन पाईजा र चित्रबहादुर थापा तथा... पुरा पढ्नुहोस
रघुगंगा–४ को वडा अध्यक्षमा काँग्रेसका गर्बुजा निर्विरोध
- 8 बर्ष, 6 महिना अगाडि
- २० बैशाख २०७४, बुधबार
म्याग्दी, २० वैशाख । म्याग्दीको रघुगंगा गाउपालिका–४ दग्नामको वडाअध्यक्षमा नेपाली काँग्रेसका एकबहादुर गर्बुजा निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलबार भएको मनोनयन दर्तामा वडा ४ को वडाअध्यक्षमा गर्बुजाको मात्रै उम्मेद्वारी परेपछि उहाँ निर्विरोध अध्यक्षमा चुनिनुभएको हो । गुर्बजा जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुनुहुन्छ । वडा नम्बर ४ मा... पुरा पढ्नुहोस
म्याग्दीको ६ ओटै केन्द्रमा उम्मेद्वारी दर्ता
- 8 बर्ष, 6 महिना अगाडि
- १९ बैशाख २०७४, मंगलवार
म्याग्दी,१९ म्याग्दी । म्याग्दीको ६ वटा स्थानीय तहमा मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको पहिलो चरणको निर्वाचन कार्यतालिका अनुसार म्याग्दीका एकनगरपालिका सहित ६ स्थानीय तहमा मनोनयन दर्ता भएको हो । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार, जिल्लाको एकमात्र नगरपालिका बेनी नगरपालिकामा काँग्रेस–माओबादी गठबन्धनबाट मेयरमा नेपाली काँग्रेसका जिल्ला सचिब हरिकुमार... पुरा पढ्नुहोस
रघुगंगा गाउपालिकामा एमाले माओवादी तालमेलमा काग्रेस एक्लै उम्मेद्वारी दर्ता
- 8 बर्ष, 6 महिना अगाडि
- १९ बैशाख २०७४, मंगलवार
म्याग्दी, १९ म्याग्दी। म्याग्दीको रघुंगंगा गाउँपालिकामा मेयर र उप–मेयर पदको लागि राजनीतिक दलको तर्फबाट निर्वाचन कार्यालमा उम्मेद्वारी दर्ता गराएको छ। रघुगंगा गाउपालिकाको मेयर र उप– मेयरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तालमेल र नेपाली काग्रेसबाट उम्मेद्वारी दर्ता गराएका हुन् । नेकपा एमाले र माओवादी केन्द्रको तर्फबाबाट मेयरमा एमालेका जिल्ला... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा काग्रेस–माओवादी र एमाले– राप्रपाको तालमेलमा उम्मेद्वारी दर्ता
- 8 बर्ष, 6 महिना अगाडि
- १९ बैशाख २०७४, मंगलवार
म्याग्दी,१९ बैशाख । म्याग्दीको बेनी नगरपालिकाको मेयर र उप–मेयर पदको लागि राजनीतिक दलबाट निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता भएको छ । बेनी नगरपालिकाको मेयर र उप–मेयरमा काग्रेस र माओवादी केन्द्र र नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पाटी तालमेलमा उम्मेद्वारी दर्ता गराएका हुन् । नेपाली काग्रेस र माओवादी केन्द्रको तर्फबाट मेयरमा ... पुरा पढ्नुहोस
नेकपा एमालेबाट मेयरको उम्मेदवार प्रमोद श्रेष्ठ चयन
- 8 बर्ष, 6 महिना अगाडि
- १९ बैशाख २०७४, मंगलवार
म्याग्दी, १९ वैशाख । आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट प्रमोद श्रेष्ठ चयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका श्रेष्ठको नाम सोमबार मात्रै पार्टीले टुंगो लगाएको हो । नेकपा एमालेमा मेयर पदका आकांक्षी १० जनाबाट आन्तरिक छनौट गरी... पुरा पढ्नुहोस
अपहरणमा परेका काँग्रेसका उमेद्वार सकुशल रिहाइ
- 8 बर्ष, 6 महिना अगाडि
- १९ बैशाख २०७४, मंगलवार
म्याग्दी १९ बैशाख । म्याग्दीको बेनी नगरपालीका ३ भकिम्लीबाट सोमबार दिउँसो अपहरणमा परेका नेपाली काँग्रेसका उमेद्वार राती सकुशल रिहाई भएका छन् । भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका नेपाली काँग्रेसको वडा कार्यसमिति सभापति समेत रहनुभएका जसबहादुर पुनलाई अज्ञात व्यक्तीहरुले हलेगौडा पानीस्वाँरा खण्डबाट दिउँसो अपहरण गरेका थिए । चार... पुरा पढ्नुहोस
सरकारबाट बाहिरिने राप्रपाको निर्णय, संविधान संशोधनलाई भने समर्थन
- 8 बर्ष, 6 महिना अगाडि
- १८ बैशाख २०७४, सोमबार
१८ बैशाख, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाले सरकार छाड्ने निर्णय गरेको छ । सरकारबाट फिर्ता भएपनि संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा भने सहयोग गर्ने उसले बताएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार बसेको कार्यसम्पादन समिति बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको हो । प्रधानन्यायाधीश सुशीला... पुरा पढ्नुहोस
म्याग्दीको भकिम्लीबाट नेपाली काँग्रेसका उमेद्वार अपहरण
- 8 बर्ष, 6 महिना अगाडि
- १८ बैशाख २०७४, सोमबार
म्याग्दी, १८ बैशाख । म्याग्दीको बेनी नगरपालीका ३ भकिम्लीबाट नेपाली काँग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनका लागि वडा अध्यक्षका उमेद्वार सोमबार अपहरणमा परेका छन् । भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका नेपाली काँग्रेसबाट उमेद्बार चयन भएका जसबहादुर पुनलाई अज्ञात व्यक्तीहरुले अपहरण गरेको नेपाली काँग्रेस म्याग्दीका सदस्य केबी भण्डारीले जानकारी... पुरा पढ्नुहोस