पात्लेखर्कका राज आर्चरीमा चम्कदै (फोटो फिचर)

  • १९ असार २०७४, सोमबार
  • कमल खत्री
  • 7859 पटक पढिएको

म्याग्दी, १९ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कका राज पुर्जा मगर आर्चरी (ताराखेल) खेलमा राष्ट्रिय च्याम्पिएनसिप बन्न सफल हुनुभएको छ । पात्लेखर्क घर भई हाल पोखरा लामाचौर बस्दै आएका पुर्जा पोखरामा रहेको अन्नपूर्ण आर्चरी क्लबमा आबद्ध छन् । सो क्लबबाट प्रतिनिधित्व गर्दै राजधानी पत्रिकाले आयोजना गरेको राष्ट्रिय आर्चरी प्रतियोगितामा सहभागि भएका पुर्जाले शनिवार ३५ जना प्रतिस्पर्धिहरुलाई पछाडी पार्दै च्याम्पिएन बन्न सफल हुनुभएको हो । पुर्जाले पुरुष टे«डिसनलमा खुलामा देवेन्द्र छन्त्याललाई ६–० ले हराउँदै भ्याम्पिएन बन्न सफल हुनुभएको थियो ।


पुरुष ट्रेडिसनल खुलामा सहभागी भएर बिजयी भएका पुर्जाले स्वर्ण जित्दै ५० हजार नगद सहित मेडल, प्रमाणपत्रबाट पुरस्कृत हुनुभएको छ । क्षेत्रीय तथा राष्ट्रिय स्तरका थुप्रै प्रतियोगितामा सहभागिता जनाएका पुर्जाले प्राप्त गरेको यो पुरस्कार अहिलेसम्मकै ठुलो हो ।
प्रतियोगितामा च्याम्पिएन बन्न पाउँदा निकै खुसी लागेको बताउँदै उहाँले आगामी दिनमा समेत आर्चरी खेल मार्फत अगाडी बढ्ने प्रतिक्रिया दिनुभयो ।

पुर्जाको राष्ट्रिय च्याम्एिनसिपले म्याग्दीको शिर उचो बनाएको पुर्जा सल्लाहकार समेत रहेको पात्लेखर्क रिखार युवा क्लबका सचिब अंकित पुनले बताउनुभयो । आर्चरी खेल मार्फत पुर्जाले जिल्लालाई राष्ट्रिय स्तरसम्म पहिचान गराउन सफल भएको पुनले बताउनुभयो ।


निसाना लगाउन निकै शिपालु रहेका पुर्जाले यस अघि पनि विभिन्न ठाउँ र विभिन्न समाजहरुद्धारा आयोजित आर्चरी प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै च्याम्पिएन बन्न सफल हुनुभएको थियो । पुर्जाका दाई गेट बहादुर पुर्जा र भाई कमल पुर्जा समेत जिल्लामा आर्चरी खेलमा चर्चित मानिन्छन् । पुर्जा म्याग्दीमा रहँदा समेत धेरै आर्चरी प्रतियोगितामा सफलता हात पारिसकेका खेलाडी हुनुहुन्छ ।


पुर्जा आर्चरीको ट्रेडिसनल र रिकर्भ विधामा प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएका छन् । ३० बर्षिय पुर्जाले यस अघि छैटौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर टिम इभेन्टमा सिल्भर र सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मिक्स ईभेन्टमा कास्य पदक हात पार्नुभएको थियो । पुर्जा २०१२ मा भएको फष्ट इन्डोर आर्चरी नेश्नल प्रतियोगितामा कास्की जिल्लाबाट सहभागि भई मा टिम ईभेन्टतर्फ गोल्ड मेडल प्राप्त गर्न सफल हुनुभएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l