रोग पहिचानका लागि सहयोग

  • १९ असार २०७४, सोमबार
  • 1815 पटक पढिएको

म्याग्दी, १९ असार । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले दाँत सम्बन्धि जटिल समस्याबाट थलीएका एक युवालाई सोमबार आर्थिक सहयोग गरेको छ ।

देब्रेतर्फको दाँतमा समस्या गराईरहेका अन्नपूर्ण गाउँपालीका ४ नारच्याङका १७ वर्षिय बिशाल बुद्धुजाको रोग पहिचानका लागि दश हजार रुपैया सहयोग गरेको हो । कोषका अध्यक्ष राजेश शाक्य, उपाध्यक्ष हरिकृष्ण गौतम, सचिव लोकेश पुन, कोषाध्यक्ष खम थापाको उपस्थितीमा वुद्धुजालाई रकम उपलब्ध गराइएको थियो ।

विपन्न समुदायका बुद्धुजाको चितवन मेडीकल कलेजमा समस्या पहिचान हुन नसकेपछि काठमाडौको टिचीङ हस्पीटलमा रिफर गरिएको छ । विगत एक वर्षदेखि उनको बङगरा दुख्ने र दाँया तर्फको गालामा खाडल परेको छ । दन्त क्यान्सरको शंका गरेपनी रोग पहिचान नहुँदा समस्या भएको आफन्तले बताएका छन् ।