म्याग्दी समाचार
लिटल गार्डेनका विद्यार्थीले गरे म्याग्दी–कालिगण्डकी नदीको करिडोर सरसफाई( फोटोफिचर)
- 8 बर्ष, 3 महिना अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
म्याग्दी, २२ जेठ । म्याग्दी सदरमुकाम हुँदै बग्ने पवित्र कालिगण्डकी र म्याग्दी नदीको किनारमा बजारबासीले फालेको फोहोर विद्यार्थीले हटाएका छन् । ४७ औँ विश्व वातावरण दिवसको अबसरमा बेनी स्थिन लिटल गार्डेन एकेडेमिले सोमबार बेनी स्थित कालिगण्डकी नदी र म्याग्दी नदीको किनारमा फालिएको फोहोर सरसफाई गरेका हुन् । बेनी नगरपालिका अगाडीको... पुरा पढ्नुहोस
सरसफाई सप्ताह सुरु, वातावरण दिवसको अवसरमा वृक्षारोपण
- 8 बर्ष, 3 महिना अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
बेनी २२ जेठ । म्याग्दीमा सोमबारदेखि १८ औ राष्ट्रिय सरसफाई सप्ताह सुरु भएको छ । यसैगरी सोमबारनै बिभिन्न कार्यक्रम गरेर ४७ औ विश्व वातावरण दिवस मनाइएको छ । जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति र वास पत्रकार मञ्चको आयोजनामा सरसफाई सप्ताहको अवसरमा बेनीको कालीपुल बसपार्क क्षेत्रमा सरसफाई गरीएको छ... पुरा पढ्नुहोस
विषाक्त खानाको कारण ज्यान गुमाएका गुरुङ परिवारलाई सहयोग जुट्न थाल्यो
- 8 बर्ष, 3 महिना अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
म्याग्दी, २२ जेठ । विषाक्त खानाका कारण परिवारका दुई सदस्य गुमाएकी म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्ककी देवीकला गुरुङको परिवारलाई काजक्रिया र उपचारखर्च जुट्न थालेको छ । बुहारी र नातिको मृत्युबरण सहनुभएकी देवीकलालाई काजक्रिया खर्च तथा विषाक्त खानाको कारण सक्त विरामी भई उपचाररत उहाँका छोरा प्रेमको उपचारको लागि अहिलेसम्म ६५ हजार रुपैयाँ... पुरा पढ्नुहोस
बेनीका व्यवसायीलाई अभिमुखीकरण
- 8 बर्ष, 3 महिना अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
बेनी २२ जेठ । बेनीका व्यवसायीहरुलाई आईतबार लेखा व्यवस्थापन र कर निती सम्बन्धि अभिमुखीकरण गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र ग्लोबल टच कन्सल्ट प्रालीको आयोजनामा सम्पन्न कार्यक्रममा ५० जना ब्यवसायीहरुको सभागीता रहेको थियो । स्थानीय उद्योगी, ब्यापारीहरुलाई लेखा व्यवस्थापन सम्बन्धि आधारभुत ज्ञान प्रदान गरी ब्यवसायीलाई सहज रुपमा अघि... पुरा पढ्नुहोस
धौलागिरी गाउँपालिकामा सलामी दस्तुरलाई गाउँपालीका मातहत ल्याउने निर्णय
- 8 बर्ष, 3 महिना अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
म्याग्दी २२ जेठ । म्याग्दीको धौलागिरी गाउँ कार्यपालीकाको पहिलो बैठकले प्राकृतिक स्रोत साधनबाट प्राप्त हुने रोयल्टी (सलामी दस्तुर)लाई गाउँपालीका मातहत ल्याउने निर्णय गरेको छ । जेठ १८ गते कार्यपालीका गठन भएपछि बसेको बैठकले धौलागिरी हिमाल, ढोरपाटन शिकार आरक्ष, जलस्रोत, जडिवुटी लगायत प्राकृतिक स्रोत साधन वापतको रोयल्टी रकम गाउँपालीका मातहत ल्याउन... पुरा पढ्नुहोस
विषाक्त खानाले बुहारी–नातिको मृत्यु भएपछि बिचल्ली ! क्रिया खर्च समेत छैन देवीकलासँग
- 8 बर्ष, 3 महिना अगाडि
- २१ जेष्ठ २०७४, आईतवार
बेनी, २१ जेठ । रघुगंगा–८ पात्लेखर्कका ४६ बर्षीया देवीकला गुरुङ तीनदिन यता मरेतुल्य छिन् । राम्रोसँग बोल्नै सक्दिनन् । कहिले मेरा छोरा, कहिले बुहारी त कहिले सानो नातिबाबु भन्दै बर्बराइरन्छिन् । १७ बर्षदेखि जीवनसाथीको अनुपस्थितिमा उनले दुई छोरा प्रेम –पबहादुर) र नन्दलाई हुर्काए, बढाए र पढाए । १७ बर्षअघि बालबच्चा... पुरा पढ्नुहोस
१४ औँ अन्तरमावि लोकनृत्य प्रतियोगितामा माउण्ट एभरेष्ट विजयी
- 8 बर्ष, 3 महिना अगाडि
- २१ जेष्ठ २०७४, आईतवार
म्याग्दी, २१ जेठ । म्याग्दी जेसिजद्धारा आयोजित १४ औँ अन्तर मावि लोकनृत्य प्रतियोगितामा बेनी स्थित माउण्ट एभरेष्ट बिजयी भएको छ । बेनी स्थित रुचि चलचित्र हलमा सम्पन्न प्रतियोगितामा विभिन्न १० विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि प्रथम, बेनी आवासीय मावि द्धितीय, न्यु वेष्ट प्वाइन्ट आवासीय मावि... पुरा पढ्नुहोस
भण्डारीले पुरा गरे बेगखोला, चिमखोल र कुईनेमंगलेका मतदातासंग गरेको चुनाबी प्रतिबद्धता
- 8 बर्ष, 3 महिना अगाडि
- २१ जेष्ठ २०७४, आईतवार
म्याग्दी, २१ जेठ । रघुगंगा गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले चुनाब अघि मतदातासँग गरेका प्रतिबद्धता पुरा गरेका छन् । आफुलाई निर्वाचित गराए सडक स्तरोन्नति गर्न वेगखोला, चिमखोला र कुईनेमँगलेका मतदातासँग गरेका प्रतिबद्धता उनले पुरा गरेका हुन् । रघुगंगा १ वेगखोलामा सिमफाँट देखि बाहुनडाँडासम्मको सडक, चिमखोला देखि कुईनेमँगलेस्थित रितुङ मावि सम्मको सडकको... पुरा पढ्नुहोस
अपर म्याग्दी एक जलविद्यूत आयोजनाको वातावरणीय मुल्याङ्कन सार्वजनीक
- 8 बर्ष, 3 महिना अगाडि
- २१ जेष्ठ २०७४, आईतवार
म्याग्दी २१ जेठ । धौलागिरी गाउँपालीका ६ कल्लेनीमा शनिबार अपर म्याग्दी १ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।हिमालयन ईन्फ्रास्टक्चर फण्ड लिमिटेडले निर्माण गर्न लागेको ५३.५ मेगावाट क्षमत्ताको आयोजनाको वातावरणीय तथा सामाजिक अध्ययन प्रतिवेदन सार्वजनीक, प्रभावीत क्षेत्रका बासिन्दा, जनप्रतिनिधि र सरोकारवालाबाट सुझाव संकलन गर्ने उद्देश्यले... पुरा पढ्नुहोस
मा वि स्तरीय शैक्षिक समाग्री प्रदशनिमा जामुनखर्क प्रथम
- 8 बर्ष, 3 महिना अगाडि
- २१ जेष्ठ २०७४, आईतवार
म्याग्दी २१ जेठ । जिल्ला बाल कल्याण समिति म्याग्दीको आयोजना तथा जिल्ला शिक्षा कार्यालयको सहयोगमा मावि स्तरिय शैक्षिक सामाग्री प्रदशनी गरीएको छ । उक्त कार्यक्रममा भुकम्प प्रतिरोधि घरको सामाग्री प्रदशनी गरी जामुनखर्क माविका सुनिल बिक, दिवाकर पौडेल प्रथम, विधुतिय भ्याकुम क्लिनिर प्रदशनी गरी राष्ट्रिय माविका सलिन कार्की, निरज खत्री द्धृतिय,... पुरा पढ्नुहोस