पात्लेखेत पहिरो पीडितलाई मोना कतारबाट आर्थिक सहयोग
- २८ श्रावण २०७४, शनिबार
- 2061 पटक पढिएको
म्याग्दी, २८ साउन । बेनीनगरपालिका–१० पात्लेखेतका पहिरो पीडितलाई कतारमा रहेका म्याग्देलीहरूले आर्थिक सहयोग गरेका छन् । गाउँ नजिक रहेको बान्द्रखाल्टी पहिरोले पूर्ण रुपमाविस्थापित भएका चार घरलाई शनिबार प्रति परिवार ८ हजारको दरले ३२ हजार आपतकालिन राहतवितरण गरिएको छ ।
रोजगारको सिलसिलामा कतारमा रहेका म्याग्देलीहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले पहिरोले विस्थापित भएर छिमेकीको घरमाबसोबास गरिरहेका खीमबहादुर सार्की, लालबहादुर हमाल, विमला नेपाली र खम्बी गर्बुजालाई वडा अध्यक्ष रिमप्रकाश पुन मार्फत सहयोग हस्तान्तरण गरिएको थियो । वडा अध्यक्ष पुनले सहयोग संकलन अभियान जारी रहेको बताउँदै पीडितको उचित ब्यवस्थापन गरिने बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा ओमकुमारी शान्तिकोषका कार्यसमिति सदस्य भिमनाथ शर्मा लगाएत स्थानीयबासीको सहभागिता रहेको थियो । मोनाकतारका अध्यक्ष रमेश पौडेलले टेलिफोनमा विपत्मा सहकार्य गरी अगाडी बढ्नुपर्ने बताउँदै विश्वभर रहेकाम्याग्देलीहरुलाई अभियानमा सहभागिहुन अनुरोध गरे । उनले आपत्कालिन सहयोग कोषमार्फत पिडीतलाई तत्कालआवश्यक पर्ने साम्रागीकालागि सहयोग गरिएको बताए । सहयोग हस्तान्तरणाको सञ्चालन पत्रकार एवम् मोनाकतारका संचार संयोजक हरिकृष्ण गौतमले गरेकाथिए । गाउँमा ४ घरधुरी विस्थापित भएका छन् भने करिव ५० घरधुरी जोखिममा छन् ।