व्यक्तिगत घटना दर्ता तालीम सुरु

  • २७ श्रावण २०७४, शुक्रबार
  • 2150 पटक पढिएको

म्याग्दी, २७ साउन । म्याग्दीको बेनीमा शुक्रबारदेखि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना अनलाईन दर्ता सम्बन्धि तालीम सुरु भएको छ । जिल्ला समन्वय समितिको समन्वय र बेनी नगरपालीकाको आयोजनामा सुरु भएको तालीम तिन दिनसम्म सञ्चालन हुने जनाइएको छ । तालीममा सामाजिक सुरक्षा भत्ता पाउनेको विवरण र व्यक्तिगत घटना अनलाईनमा दर्ता गर्ने प्रक्रियाको विषयमा जिल्ला समन्वय समिति बागलुङका मिनबहादुर थापाले सहजिकरण गर्नुहुने जनाइएको छ ।

बेनी नगरपालीकाका सबै वडा सचिव, रघुगंगाका ६ जना वडा सचिव, मंगला, धौलागिरी, मालीका र अन्नपूर्ण गाउँपालीकाका सामाजिक सुरक्षा फोकल पर्सनको तालीममा सहभागिता रहेको छ ।

बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षता, कार्यकारी अधिकृत विश्वामित्र कुईकेलको स्वागत र जिल्ला समन्वय समितिका सामाजिक सुरक्षा फोकल पर्सन राजेन्द्र आचार्यले सञ्चालन गर्नुभएको तालीम उद्घाटन कार्यक्रममा बेनपाका उपमेयर सञ्जु बरुवालले पनी मन्तब्य व्यक्त गर्नुभएको थियो ।