म्याग्दी समाचार

स्याउको राजधानी मुस्ताङमा स्याउ उत्पादन बढेपछि कृषक हर्षित

म्याग्दी, २२ भदौ । हिमाली जिल्ला मुस्ताङको मुख्य बाली स्याउको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन दश प्रतिशतले वृद्धी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष चार हजार ५०० सय मेट्रिक्टन स्याउ उत्पादन भएको थियो । यस वर्ष अनुकुल मौसम,... पुरा पढ्नुहोस

दसैँलाई मुस्ताङबाट २० हजार भेडाच्याङग्रा ल्याईदै

म्याग्दी, २२ भदौ । दशैतिहारलाई लक्षित गरि हिमाली जिल्ला मुस्ताङबाट यसबर्ष २० हजार भन्दा बढी भेडाच्याङग्रा ल्याईने भएको छ । भदौ १५ देखि उपल्लो मुस्ताङका सीमा क्षेत्रका स्थानीय र तिब्बतका व्यापारी बीच कोरलानाका क्षेत्रमा अन्तरदेशीय व्यापार मेला जारी छ । मेलामा दशैतिहारलाई लक्षित भेडा खरिदबिक्री भइरहेको छ । व्यापारमेला र... पुरा पढ्नुहोस

निजामती दिवसको अबसरमा बेनीमा रक्तदान

बेनी २२ भदौ । १३ औ निजामती दिवस बिहीबार बेनीमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । निजामती दिवस मूल समारोह समिति र निजामती कर्मचारीहरुको आधीकारीक टे«ड युनियनको संयुक्त आयोजनामा बेनी बजारमा ¥याली र रक्तदान कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो । जिल्ला अस्पताल परिसरमा आयोजित रक्तदान कार्यक्रममा १९ जनाले... पुरा पढ्नुहोस

कुण्डको भरमा विद्यालयः तातोपानी कुण्डबाट सरस्वती माविलाई रु १७ लाख बढी सहयोग

म्याग्दी, २१ भदौ । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डले स्थानीय सरस्वती माविमा रु १७ लाख बढी सहयोग गरेको छ । आर्थिक बर्ष २०७३/०७४ मा तातोपानी कुण्ड व्यवस्थापन समितिले विद्यालयको निजी स्रोतबाट तलब उपलब्ध गराउने गरि नियुक्त भएका १० जना शिक्षकहरुको तलब बराबरको रु १७... पुरा पढ्नुहोस

गतिशील युवा क्लवद्धारा औषधी हस्तान्तरण

म्याग्दी, २१ भदौ । म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ वरंजामा अवस्थित गतिशील युवा क्लवले बरंजा स्वास्थ्य चौकीलाई करिब २ लाख रुपैयाँ बराबरको औषधी हस्तान्तरण गरेको छ ।बुधवार वरंजामा सम्पन्न एक कार्यक्रमका बीच क्लवले आफ्नो स्रोतवाट खरिद गरेको औषधी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष सतप्रसाद... पुरा पढ्नुहोस

आफन्तको पुण्यतिथीको अवसरमा शान्तिकोषलाई सहयोग

म्याग्दी, २१ भदौँ । आफन्तको पुण्य तिथीका अवसरमा परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई सहयोग गरेका छन् । बेनी नगरपालिका ७ न्युरोड स्थित सुन्दरमान शेरचनकी स्वर्गीय माता रुपदेवी शेरचनको नवौ पुण्य तीथीको अवसरमा शान्तीकोषलाई सात हजार पाचँसय रुपियाँ सहयोग गुर्नभएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । आर्थिक अभावमा उपचारबाट बञ्चित भएका म्याग्देलीहरुको... पुरा पढ्नुहोस

एनआरएनए पोर्चुगलको सदस्यमा म्याग्दीका केसीको उम्मेदवारी

म्याग्दी, २० भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको कार्य समिति सस्यमा म्याग्दीका एक युवाले उम्मेदवारी दिएका छन् । सेप्टेम्बर १० मा हुन लागेको एनआरएनए पोर्चुगलको निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल पार्चुगलमा रहेका वकिल केसी (विन्दास)ले सदस्य पदमा उम्मेदवारी दिएका हुन् । उनले एनआरएनए पोर्चुगलको संस्थागत विकास,... पुरा पढ्नुहोस

कर्मचारी युनियनले मनायो २८ औँ स्थापना

मयग्दी, २० भदौ । नेपाल निजामति कर्मचारी युनियन संघ म्याग्दीले आफ्नो २८ आँै स्थापना दिवस नेपाल बाल संगठन म्याग्दीमा रहेका अनाथ बालबालिकाहरुलाइ खाद्यान्न वितरण लगायतका विविध कार्यक्रम गरेर मनाइएको छ । नेपाल निजामति कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष लिलानाथ पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै बेनी नगरपालिकाका... पुरा पढ्नुहोस

तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्षमा पुनः शाक्य

म्याग्दी, १९ भदौ । बेनी नगरपालीका ४ मा रहेको तातोपानी कुण्ड व्यवस्थापन समितिको अध्यक्षमा पुनः बिरेन्द्रमान शाक्य निर्वाचित हुनुभएको छ । कुण्ड व्यवस्थापन समितिको सोमबार सम्पन्न सातौ साधारणसभा तथा प्रथम अधिवेशनबाट निवर्तमान अध्यक्ष समेत रहनुभएका शाक्य पुन समितिको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । अधिबेशनबाट समितिको उपाध्यक्षमा मोमकुमारी बुढाथोकी,... पुरा पढ्नुहोस

पर्वत बेनीमा रक्तदान

पर्वत, १९ भदौ । जलजला गाउँपालीका ३ पर्वत बेनीमा ५५ औ रेडक्रस दिवसको अवसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स कल्व अफ मल्लाजको आयोजना र नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाद्धारा सञ्चालीत रक्तसञ्चार गृहको प्राबिधिक सहयोगमा आयोजित कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । जलजला गाउँपालीकाका अध्यक्ष रामकृष्ण मल्ल,... पुरा पढ्नुहोस