तुलाचन परिवारले दिए करोडको चन्दा
- २४ मंसिर २०७४, आईतवार
- सुन्दर कुमार थकाली
- 2021 पटक पढिएको
मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङको थाक सातसय क्षेत्र कोवाङको एक बिद्यालयलाई १ करोड आर्थिक सहयोग भएको छ । २ वर्षअघि दिवंगत भएका स्वर्गिय अमरसिंह तुलाचनको पूण्यस्मृति स्वरुप नब्बे वर्षिया बृद्धा रत्न तुलाचन (आमा) र नीजका दाई अर्जुनसिंह तुलाचनले जनआदर्श माध्यमिक बिद्यालयको शैक्षिक बिकास र बिद्यालयको भौतिक पूर्वाधार बिकासमा सहयोग पू¥याउँने उद्देश्यले करोडको आर्थिक दान गरेका हुँन् ।शनिवार बिद्यालयद्धारा आयोजित एक कार्यक्रममा दाई अर्जुनसिंह तुलाचनले १ करोड आर्थिक सहयोग गर्ने सार्वजनिक घोषणा गरे ।उनले सो रकम आगामी बैशाख १ गते बिद्यालयको खातामा दाखिला गर्ने बताए ।
जनआदर्श माध्यमिक बिद्यालयको २ कार्यकाल व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका स्थानीय शिक्षाप्रेमी तुलाचनले कार्यव्यस्तताका कारण हालै बिद्यालयको जिम्मेवारीबाट अवकास लिएका हुँन् ।उनले सो बिद्यालयलाई बिगतदेखि बर्तमान सम्म आर्थिक,भौतिक र सामाजिक रुपमा निरन्तर सहयोग पु¥याउँदै आएका छन् ।नेपाल सरकार शिक्षा मन्त्रालयले देशका बिभिन्न जिल्लामा कृषि प्राविधिक शिक्षाको अवधारणा अनुसार थासाङ २ कोवाङमा ४ वर्षअघि मुस्ताङमा पहिलो पटक कृषि प्राविधिक बिद्यालय संञ्चालनमा आएको हो । बिद्यालयलाई चाहिने करिव १ सय रोपनी जग्गा उपलब्ध गराउन लुम्जुफाँटका जग्गाधनी सरोकारवाला संग सहकार्य गरेर कृषि प्राविधिक बिद्यालयको भौतिक संरचना निर्माण योगदान दिए ।
यो बिद्यालय २००९ सालमा स्थापना भएको मुस्ताङको दोश्रो बिद्यालय हो ।यस बिद्यालयले २०३७ सालमा माध्यमिकतह सम्मको कक्षा संञ्चालन गर्ने अनुमति प्राप्त गरेको थियो । मुस्ताङको थासाङ गाउँपालिका १ टुकुचे स्थायीघर भई थासाङ २ कोवाङ स्थित नाउरिकोटमा बिगत १३ वर्ष देखि थासाङ लज संञ्चालन गर्दे आएका समाजसेवी अर्जुनसिंह तुलाचन पेशाले प्रसिद्ध पर्यटन व्यवसायी हुँन्।उनको काठमान्डौ स्थित नयाँबानेश्वरमा होटल सन्सेट भ्यू संञ्चालनमा छ ।एस.एस.टी. फाउन्डेसन संस्था खोलेर जिल्लाको पर्यटन र कृषि प्रर्वधनमा योगदान दिदै आएका तुलाचनको जापानिज एनजिओ संग राम्रो सम्वन्ध छ ।उनकै पहलमा थासाङका करिव ६० जना कृषकले जापानको भ्रमण गरिसकेका छन् ।उनकै पहलमा पछिल्लो समय जनआदर्श माध्यमिक बिद्यालय र जापानको सिन्चु यूनिभरसिटी संग राम्रो सम्वन्ध जोडे ।यस सम्वन्धका कारण वर्षेनी यहाँका कृषकले जापानको अध्ययन भ्रमण गर्ने अवसर जुटाए ।
जनआदर्श माध्यमिक बिद्यालयबाट प्रबेशीका परिक्षामा प्रथमश्रेणीमा सर्वोउत्कृष्ट हुँने १ बिद्यार्थीलाई वर्षेनी १ लाख रुपैया प्रदान गर्दे आएको बिद्यालयका प्राचार्य टिकाराम शर्माले जानकारी दिए ।उनले बिद्यालयको समग्र बिकासमा तुलाचनको योगदान महत्वपूर्ण भएको उल्लेख गरे ।बिद्यालयद्धारा आयोजि कार्यक्रममा निमित्त व्यवस्थापन समितिका अध्यक्ष मिन प्रसाद थकालीले शैक्षिक बिकासले मात्र प्रगती र समृद्धिको ढोका खुल्ने उल्लेख गर्दे बिद्यालयका लागि १ करोड दान दिनु तुलाचनको महानकार्य भएको टिप्पणी गरे ।बिद्यालयका सल्लाहाकार एवंम् पूर्व जिविस सभापती आनन्द शेरचनले थासाङको कोवाङ कृषिका लागि प्रसस्त सम्भावना भएको उल्लेख गर्दे प्राविधिक शिक्षाको ज्ञानले यहाँको बिकासमा टेवा पू¥याउँने बिश्वास व्यक्त गरे ।
उनले कोवाङ ओखरखेतिको लागि उपयूक्त हावापानी भएको क्षेत्र भएकाले यसको प्रर्वधनमा जोड दिनुपर्ने बताए । आर्थिक सहयोगको घोषणापछि तुलाचनका ९० वर्षिय आमा रत्न तुलाचनलाई सम्मान गर्न बिद्यालय व्यवस्थापनको टोली नाउरिकोट स्थित थासाङ लज पुगेका थिए । सो अवसरमा तुलाचनका आमा रत्नले छोराको स्मृतिमा पूण्य गर्र्न बिद्यालयलाई रकम दिन खोजेको उल्लेख गरिन् ।उनले १ करोड थोरै भएपनि धेरै कार्यगर्न सकिने भएकाले यसको सही सदुपयोग गर्न आग्रह गरिन् ।सो अवसरमा अर्जुनसिंह तुलाचनले अन्य स्थान भन्दा मुस्ताङ जिल्ला प्रसस्त सम्भावना भएकाले यसको समूचित प्रयोग हुँन जरुरी भएको उल्लेख गरे । उनले आफु सदैव यहाँको बिकास र समृद्धिमा लागिपर्दे आएको उल्लेख गर्दे स्वःभाई अमरको आत्माले शान्ति मिलोस र यहाँका गरिव र बिपन्न समूदायका परिवारले समूचित शिक्षा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले दान गर्न खोजेको बताए । त्लाचनकी आमा रत्नलाई बधाई तथा अभिनन्दन गर्न पूर्व सभासद चन्द्र बहादुर गुरुङ,आनन्द शेरचन ,रमेश भट्टचन,मिन प्रसाद थकाली,वडाअध्यक्ष नर प्रसाद हिराचन,ज्वाहार भट्टचन,प्रअ टिकाराम शर्मा ,पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दर कुमार थकाली र शिक्षक खेम तमु तुलाचनको नाउरिकोट स्थित थासाङ लज गएका थिए ।