बाम गठबन्धनको बिजयी उत्सवमा बेनीमा उर्लिएको मानव सागर हेरौँ १०० तस्बिरमा (फोटो फिचर)
- २४ मंसिर २०७४, आईतवार
- कमल खत्री
- 2237 पटक पढिएको
म्याग्दी, २४ मंसिर । म्याग्दीको प्रतिनिधि र प्रदेश सभाका तिन वटै सिटमा बिजयी भएका बाम गठबन्धनले शनिवार बेनीमा विशाल विजयी उत्सव बनाएका छन् । शुक्रवार मतपरिणाम सार्वजनिक भएलगत्तै टेलरको रुपमा बिजयी ¥याली निकालेका बाम गठबन्धनले शनिवार विशाल विजयी ¥याली गरेका हुन् । नजीकका गाउँ गाउँबाट झरेका नेकपा एमाले र माओवादी केन्द्रका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुले बिजयी जनप्रतिनिधिलाई अविर माला र खादा ओढाएका थिए भने बेनी बजार बासीहरुले समेत जनप्रतिनिधिलाई अविर र माला लगाएर स्वागत तथा सम्मान गरेका थिए ।
मंगलाघाट बजार र बेनी बजार परिक्रमा गरेको विशाल ¥याली खुल्लामञ्चमा पुगेर सभामा परिणत भएको थियो । बेनीमा बाजागाजा सहित हजारौँको संख्यामा निकालिएको बिजयी उत्सव ¥यालीमा सहभागीहरुको भिड एउटै तस्बिरमा मात्रै कैद गर्न नसक्ने अवस्थामा थियो । प्रतिनिधि सभामा बिजयी भुपेन्द्रबहादुर थापा , प्रदेश सभा क मा बिजयी विनोद केसी र प्रदेशसभा निर्वाचन क्षेत्र ख मा विजयी नरदेवी पुनलाई बधाई तथा शुभाकामना दिनेहरुको भिडलाई व्यवस्थापन गर्न सुरक्षा निकाय र बाम गठबन्धनका स्वयमसेवकहरुलाई हम्मेहम्मे परेको थियो ।
युवा संघ र वाईसिएल तथा अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीका स्वयमसेवकहरुले मानव साङ्ग्लो बनाएर बिजयी साँसदहरुलाई अविर र माला लगाउन सहज बनाउने प्रयास गरेका थिए । सो अबसरमा नवनिर्वाचित साँसद त्रयले मतदाता तथा आम सर्वसाधारणलाई धन्यबाद समेत ज्ञापन गरेका थिए । गाउँगाउँबाट आएका बाम गठबन्धनका कार्यकर्ता, मतदाता तथा शुभचिन्तकहरुले एक आपसमा अविरमाला लगाएर निर्वाचनमा बिजयी भएको खुसीयाली साटासाट गरेका थिए । तस्बिरः कमल खत्री
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l