पर्वतमा बाम गठबन्धनको क्लिन स्विप, बाम गठबन्धनका उम्मेदवार अत्याधिक बहुमतले बिजयी

  • २४ मंसिर २०७४, आईतवार
  • 1475 पटक पढिएको

पर्वत, २४ मंसिर । प्रतिनिधीसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा पर्वतबाट बाम गठवन्धनका उम्मेदवार बिजयी भएका छन् । प्रतिनिधिमा १ र प्रदेश सभामा २ निर्वाचन क्षेत्र रहेको पर्वतमा बाम गठबन्धनले क्लिन स्विप गरेको छ । आईतवार विहान सार्वजनिक भएको अन्तिम मत परिणामबाट एमालेका जिल्ला अध्यक्ष पदम गिरी प्रतिनिधि सभा सदस्यमा अत्याधिक मतले बिजयी भएका छन् । गिरीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पर्वतमा तीन पटक चुनाब जितेर ह्याट्रिक गरेका अर्जुनप्रसाद जोशीलाई १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गर्दै निर्वाचत भएका हुन् ।

प्रतिनिधीसभा सदस्य पदमा निर्वाचित गिरीले ३९ हजार २ सय ७५ मत प्राप्त गर्नुभएको छ भने पराजित जोशीले २६ हजार ८ सय १९ मत प्राप्त गरेका छन् । यसैगरी प्रदेशसभा सदस्यमा क्षेत्र नं. १ मा बाम गठबन्धनका उमेदवार माओबादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्र अधिकारी बिजयी भएका छन् । प्रदेससभा सदस्य पदमा निर्वा्चित सदस्य अधिकारीले नेपाली कांग्रेसका पुर्व जिल्ला सभापाति नवराज गुरुङ्गलाई ४ हजार ८ सय २३ मतको अन्तरले पराजित गरेका हुन् । निर्वाचित अधिकारीले २१ हजार ५ सय ८ मत प्राप्त गरेका छन् भने पराजित हुन पुगेका नेपाली काँग्रेसकमा गुरुङ्गले १६ हजार ६ सय ८५ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशसभा २ मा एमालेका प्रदेश कमिटी सदस्य बिकास लम्साल बिजयी भएका छन् । लम्सालले नेपाली कांग्रेसका महाधिबशेन प्रतिनिधी रहेका राजेन्द्र तिवारीलाई २ हजार १ सय ६६ मत अन्तरले पराजित गरेका छन् । प्रदेससभा सदस्यमा बिजयी भएका लम्सालले १५ हजार ४ सय ३४ मत प्राप्त गरेका छन् भने पराजित भएका तिवारीले १३ हजार ३ सय ५२ मत प्राप्त गरेका छन् । लम्साल २०७० मा पनि पर्वत क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । यसैबीच तीनवटै सिटमा बिजयी हासिल गरेको बाम गठवन्धनले आज दिउँसो सदरमुकाममा बिजय उत्सव मनाउने तयारी गरेका छन् ।