म्याग्दी समाचार
कुमारी बैंककाे प्रकाश माविमा वित्तिय साक्षरता
- 1 बर्ष, 7 महिना अगाडि
- ७ चैत्र २०८०, बुधबार
कुमारी बैंक बेनी शाखाले म्याग्दीको सदरमुकाम बेनीस्थित प्रकाश माविमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । विद्यार्थीलाई वित्तिय संस्थाको पहुँचमा पु¥याउने उदेश्यले बैंकको सामाजिक उत्तरदाहित्व अन्तरगत कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई वित्तिय ज्ञान प्रदान गरेको हो । ‘आफ्नो पैसाको रक्षा गरौँ, आफ्नो भविष्यको सुरक्षा गरौँ’नाराका साथ ग्लोबल मनी वीक २०२४ को... पुरा पढ्नुहोस
तिप्ल्याङको पसल र होटलमा म्याद नाघेका पेय पदार्थ
- 1 बर्ष, 7 महिना अगाडि
- ७ चैत्र २०८०, बुधबार
म्याग्दी, ७ चैत । राष्ट्रिय राजमार्ग कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ तिप्ल्याङमा रहेका पसल र होटलमा म्याद नाघेका मदिरा र पेय पदार्थ छ्याप छ्याप्ती भेटिएको छ । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले बुधबार गरेको बजार अनुगमनका क्रममा तिप्ल्याङका होटल तथा पसलमा १ वर्ष अघिनै म्याद नाघेका पेय... पुरा पढ्नुहोस
अन्नपूर्ण हिमाल आरोहणका लागी आउन थाले आरोही
- 1 बर्ष, 7 महिना अगाडि
- ७ चैत्र २०८०, बुधबार
वसन्त याममा आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमाल आरोहणका लागि आएका चार आरोहीसहितको टोली आज आधार शिविर पुगेको छ । जङ्गे अल्टिच्युडमार्फत आएका उनीहरू म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट हेलिकप्टर चढेर आधार शिविर गएका स्थानीय पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए । “यो यामको पहिलो टोली आधार शिविर पुगेको छ,” उनले... पुरा पढ्नुहोस
चिमखोलामा भूमे पूजाको रौनक (तस्बिर/भिडियो)
- 1 बर्ष, 7 महिना अगाडि
- ७ चैत्र २०८०, बुधबार
जम्मा भएका सबैको अनुहारमा कालोमोसो दलिएको छ । तर यो मोसो कुनै कारबाही र दण्ड नभएर उत्सवमा दलिएको हो । म्याग्दीको रघुगंगा गाउँपालिका– ७ चिमखोलामा मंगलवार स्थानीयले सयौँ बर्ष पुरानो संस्कृतिलाई निरन्तरता दिएर मौलिक रुपमा भूमे पूजा गरेका छन् । भूमे देवतालाई खुसी बनाउन यहाँ भूमे पुजामा मोसो, छ्याङका छोक्रा... पुरा पढ्नुहोस
वेनी–जोमसोम–कोरला सडकमा पाँच पुल निर्माण
- 1 बर्ष, 7 महिना अगाडि
- ७ चैत्र २०८०, बुधबार
म्याग्दी । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङमा पाँच वटा पुल निर्माण भएका छन् ।। बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा पुल निर्माण भएको हो । पुल निर्माणपछि खोलाबाट सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए... पुरा पढ्नुहोस
रत्नेचौरमा निःशुल्क आँखा शिविरबाट स्थानीयवासी लाभान्वित
- 1 बर्ष, 7 महिना अगाडि
- ६ चैत्र २०८०, मंगलवार
म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरमा आज (मङ्गलवार) निःशुल्क स्वास्थ्य आँखा शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी रत्नेचौर उपशाखा म्याग्दीको आयोजना र नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो । शिविरमा कुल २ सय ८० जनाले आँखा चेकजाँच गरेको रेडक्रस रत्नेचौर उपशाखाका सचिव... पुरा पढ्नुहोस
राष्ट्रिय सौन्दर्यकर्मी युनियन बेनी नगरको अध्यक्षमा सोनिया राई
- 1 बर्ष, 7 महिना अगाडि
- ६ चैत्र २०८०, मंगलवार
म्याग्दी । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बेनी नगरपालिका समितिको अध्यक्षमा सोनिया राई निर्वाचित हुनुभएको छ । मंगलबार बेनीमा सम्पन्न भएको प्रथम भेलाले बेनीको लाईट स्टार व्युटि पार्लरका संचालक समेत रहनुभएकी राईको नेतृत्वमा १९ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा हेमा छन्त्याल, सचिवमा याम कुमारी विश्वकर्मा,... पुरा पढ्नुहोस
बराहपाखो सामुदायिक वनमा डढेलो, नियन्त्रणमा सकस ( तस्बिर)
- 1 बर्ष, 7 महिना अगाडि
- ५ चैत्र २०८०, सोमबार
म्याग्दीको बेनी बजार स्थित बराहपाखो सामुदायिक वन क्षेत्रमा सोमबार भिषण डढेलो लागेको छ । बेनी बजार नजीकै रहेको हुलाकचोक माथिबाट सुरु भएको आगलागीले बराहपाखो सामुदायिक वनको अधिकाँश क्षेत्रमा नोक्सानी भएको छ । आगजनी भएपछि , नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल प्रहरी, बेनी नगरपालिकाका नगर प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी, सामुदायिक... पुरा पढ्नुहोस
म्याग्दीमा ८६५ जना भूमिहिनको निवेदन संकलन
- 1 बर्ष, 7 महिना अगाडि
- ५ चैत्र २०८०, सोमबार
म्याग्दी, ५ चैत । म्याग्दीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरेकाहरुको लगत संकलनको काम सकिएको छ । राष्ट्रिय भूमि आयोग म्याग्दीले पदाधिकारी पाएको करिब दुई बर्षमा लगत संकलन बाहेक भूमिहीन र अव्यवस्थित बसोबासीहरुको समस्या समाधानमा थप प्रगति गर्न नसकेको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति, म्याग्दीले सोमबार... पुरा पढ्नुहोस
पाउद्वारको नेपानेमा बाेलेराे जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- 1 बर्ष, 7 महिना अगाडि
- ५ चैत्र २०८०, सोमबार
अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार गाउँ जाँदै गरेको ग १ ज ७६५३ नम्बरको यात्रुवाहक बोलेरो जीप सोही गाउँको पुछारमा पर्ने नेपाने भन्ने स्थानमा दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ । सडकदेखि करिब २०० मिटर तल खस्दा मुस्ताङको घाँसा घर भएका बर्ष ३५ का चालक गणेश श्रेष्ठ र पाउद्धारका स्थानीय... पुरा पढ्नुहोस