प्रकाश दुतराजको भेडीगोठालाको प्रेमकथामा आधारित ‘रेशम’ सार्वजनिक

  • २१ आश्विन २०८१, सोमबार
  • 1376 पटक पढिएको

म्याग्देली गायक प्रकाश दुतराजले दशैं छेकोमा नयाँ गीत ‘रेशम’ ल्याएका छन् । सोमबार सार्वजनिक यो सुमधुर गीतमा मेलिना राईसँग र उनको युगल स्वर समावेश छ । भेडीगोठालाको प्रेमकथामा आधारित म्युजिक भिडियोलाई भेडीगोठमै छायांकन गरिएको छ ।

शब्द र संगीत पनि दुतराजकै हो । भेडा गोठालाको प्रेमकथालाई चित्रण गरिएको म्युजिक भिडियो सुखान्तमा टुंगीएको छ । भिडियोमा दुतराजसँगै विमला लिम्बुको अभिनय छ । नृत्य निर्देशन मौसम हिमालीको हो । कलाकार दुतराजले ल्याएका थुप्रै गीतहरु यसअघि युटुब टेण्डिङमा रहेका थिए भने करोड क्लबमा समेत पुगिसकेका छन् ।