धौलागिरि हिमालमा वेपत्ता पाँच आरोहीको मृत्यु

  • २२ आश्विन २०८१, मंगलवार
  • 63 पटक पढिएको

म्याग्दी, २२ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना आरोहीको मृत्यु भएको छ । असोज २० गते रातीदेखि सम्पर्क विहिन बनेका आरोहीको खोज तथा उद्धारको क्रममा सोमबार दिउँसो सब फेला परेको हो । धौलागिरि हिमालको हाईक्याप आधार शिविरबाट आइतबार देखि हराएका रसीयाका आरोहीहरुको शव मंगलबार सात हजार एक सय मिटरको उचाईमा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।  रसीयाका एलेक्सज्याडर डस्सिकोे, ओलेग क्लोम्भ, भ्लालिमिर सिस्तिकोभ, नोसेन्को मिखाइल र एसएचपिलेभोर्सको शव उद्धारकद्धाको टोलीले फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाईक्यापमा बास बसेर त्यहाँ देखि माथि जाने क्रममा सम्पर्क बिहिन भएका पर्वतारोहीहरुको हेलिकप्टर मार्फत खोजी गर्ने क्रममा मृत भेटिएका हुन । घटनास्थलबाट हेलिकप्टर मार्फत शव ल्याउने तयारी भएको खवर आएको प्रनाउ श्रेष्ठले बताए ।
हराएका पर्यटक खोज्न हेलि एभरेष्टको हेलिकप्टर परिचालन भएको थियो । उनिहरु आइ एम टे«कीङ एण्ड एक्सपीडिसन मार्फत धौलागिरि हिमाल आरोहणका लागि आएका थिए । धौलागिरि हिमाल आरोहणका क्रममा सात हजार छ सय मिटर उचाईमा उनिहरु दुर्घटनामा परेको अनुमान गरिएको छ । आरोही समूहका एकजना भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौं लगिएको छ । चौथो क्याम्पमा पुगेपछि माथि जान अप्ठेरो भएका कारण उनी तल ओर्लेका थिए ।
संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । चालु शरदयाममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीले धवलागिरी हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।