म्याग्दी समाचार

बिमका जेष्ठ नागरीकलाई सम्मान

म्याग्दी, १९ चैत । मालीका गाउँपालिका ७ बिमका जेष्ठ नागरीकहरुलाई सोमबार नगद सहित सम्मान गरिएको छ ।  रुपप्रसाद पुन, दल शेरपुञ्जा लगायतको पहलमा प्रवासमा बसोबास गर्ने बिमबासीहरुको पहलमा स्थापना भएको कोषबाट १०३ जना जेष्ठ नागरीकलाई पाँच सय रुपैयाका दरले नगद सहित सम्मान गरिएको हो । कोषका अध्यक्ष समेत रहनुभएका वडा... पुरा पढ्नुहोस

लालिगुराँसमा रमाउन घोडेपानीमा पर्यटकको चहलपहल बढ्यो (फोटो फिचर)

म्याग्दी १९ चैत । पर्यटकीय यामको सुरुवातसंगै म्याग्दीका पर्यटकीय स्थलहरुमा आन्तरीक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेको छ । घोडेपानी, पुनहिल, खोप्रा, मोहरेडाँडा, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग लगायतका क्षेत्रमा पर्यटकको चहलपहल बढेको हो । बसन्त ऋतुको आगमनसंगै विश्वका विभिन्न देश र नेपालका सहरी क्षेत्रहरुबाट आन्तरीक तथा बाह्य पर्यटकको आगमन बढेको अन्नपूर्ण... पुरा पढ्नुहोस

वाखेतका कृषकलाई चल्ला वितरण

बेनी १९ चैत । बेनी नगरपालीका १० वाखेतका कृषकलाई निशूल्क चल्ला वितरण गरिएको छ । बेनी नगरपालीकाको पशु सेवा शाखाले स्थानीयबासीलाई कुखुरापालनप्रती आकर्षित गरी मासु र अण्डाको उत्पादन वृद्धी गरी कुपोषण न्युनीकरण गर्ने उद्देश्यले आईतबार छ सय चल्ला वितरण गरिएको हो । वडाका जनप्रतिनिधिहरुको रोहबरमा गठन भएको भुमेथान लेयर्स कुखुरापालन... पुरा पढ्नुहोस

घारमा खानेपानीका मुहानको अवस्था अध्ययन

घार १९ चैत । अन्नपूर्ण गाउँपालीका ६ घारमा रहेका खानेपानीको मुहानहरुको अवस्था अध्ययन गरिएको छ । निर्माणाधिन घारखोला जलविद्युत आयोजना प्रभावीत क्षेत्रमा रहेका खानेपानीका मुहानहरुको आईतबार आयोजनाका प्राबिधिक, जनप्रतिनिधी र सरोकार समितिका प्रतिनिधिहरुले स्थलगत अध्ययन गरेका हुन् । घारमा खानेपानी आपुर्ती गरिदै आएका छ वटा मुहानमा पानीको स्रोतको अवस्था अध्ययन... पुरा पढ्नुहोस

पात्लेखेतमा अस्पतालको लागि पराजुली परिवारबाट रु १ करोड ७५ लाख बराबरको सहयोग

म्याग्दी, १८ चैत । म्याग्दीको बेनी नगरपालिका– १० पात्लेखेतमा एक परिवारले स्वास्थ्य क्षेत्रको लागि रु १ करोड ७५ लाख बराबरकोे सहयोग गरेका छन् । स्थानीयबासी समेत रहनुभएका समाजसेवी राधाकृष्ण शर्मा पराजुलीको परिवारले अहिले पात्लेखेत स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको प्रस्तावित रघुनाथ भद्रकाली स्मृती अस्पतालको लागि ५ रोपनी जग्गा सहित नवनिर्मित... पुरा पढ्नुहोस

सामाजिक परिचालक कर्मचारीको अध्यक्षमाः विश्वकर्मा

सन्दिप शर्मा÷ बेनी, १८ चैत । जिल्लाको सदरमुकाम बेनी बजारमा आइतबार नेपाल सामाजिक परिचालक कर्मचारी संघ म्याग्दीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले होसियारसिंङ विश्वकर्माको अध्यक्षतामा ११ सदस्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सन्दिप विश्वकर्मा, सचिव खमिसरा श्रीस, कोषाध्यक्ष सिता पुन र सह–सचिव लक्ष्मी पाईजा, निर्वाचित... पुरा पढ्नुहोस

पात्लेखेतमा पशु स्वास्थ्य शिवीर

बेनी १८ चैत । बेनी नगरपालीका १० पात्लेखेतमा सम्पन्न निशूल्क पशु सेवा शिवीरबाट डेढ सय घरधुरी भन्दा बढी कृषकहरु लाभान्वित भएका छन् ।बेनी नगरपालीकाको आयोजनामा शनिबार सम्पन्न शिवीरमा १७० घरधुरी कृषकको दुइृ हजार ६५६ पशुपक्षिको औषधी उपचार गरिएको जनाइएको छ । एक हजार ४१५ पंक्षि, ८९१ बाख्रा र ३५० वटा... पुरा पढ्नुहोस

मोना दक्षिण कोरियाको नयाँ नेतृत्व चयन, अध्यक्षमा सेन

म्याग्दी, १८ चैत । कोरियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कोरियाको नयाँ नेतृत्व चयन भएको छ । संस्थाको बाहै अधिवेशनबाट किसान सेनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको बरिष्ठ उपाध्यक्षमा सुनेश केसी उपाध्यक्षमा दुर्गा भण्डारी रोशनी केसी, सचिवमा सुमन पौडेल, सहसचिवमा एडमेन छन्त्याल कोषाध्यक्ष... पुरा पढ्नुहोस

राखु नेप्लिज कम्युनिटी युकको नयाँ नेतृत्व चयन

म्याग्दी, १८ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवती र ३ राखु पिप्लेबाट बेलायतमा सबोबास गर्नेहरुको संस्था राखु नेप्लिज कम्युनिटी युकेको नयाँ नेतृत्व चयन भएको छ । राखु क्षेत्रमा सामाजिक कार्यमा सहकार्य गर्न गठन भएको उक्त संस्थाको छैटौँ अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको छ । एम्पायर हल अल्दर्सट मा सम्पन्न... पुरा पढ्नुहोस

अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न प्रधानमन्त्रीलाई आग्रह

म्याग्दी, १८ चैत । मानव अधिकार तथा शान्ति समाज म्याग्दीले दण्डहिनताको अन्त्य लागि अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विद्यान अनुमोदन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ । देशमा सदभाव प्रवद्धन, हिंसा र घृणाको खारेजी एवं दण्डहीनताको अन्त्यको अभियान संचालन गर्दै आएको मानव अधिकार तथा शान्ति समाज नेपाल शाखा म्याग्दीले रोम... पुरा पढ्नुहोस