म्याग्दी समाचार

म्याद नाघेका औषधी र खाद्यबस्तु बरामद

बेनी, २ फागुन । बेनीमा बुधबार बजार अनुगमन टोलीले बिक्रीका लागि राखिएका म्याद नाघेका औषधी र खाद्यबस्तु बरामद गरेको छ । होटल तथा रेष्टुरेन्ट, मासु, खाद्यान्न र औषधी पसलहरुको अनुगमन गर्दा भेटिएका म्याद नाघेका सामान बरामद गरीएको अनुगमन टोलीले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोख्रेलको नेतृत्वमा प्रहरी,... पुरा पढ्नुहोस

कृष्ण घमालद्धारा दुर्गा बचाउ अभियानमा १५ हजार सहयोग

म्याग्दी, २ फागुन । रोजगारीको शिलशिलामा हङकङमा रहेका बेनपा ८ का कृष्ण घमालद्धारा क्यान्सर पिडित दुर्गा लाम्गादेको उपचारका लागि १५ हजार सहयोग गरेका छन् । दुर्गा बचाउ अभियान थालेको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई घमालका दाजु दिपेन्द्रकुमार विश्वकर्माले सो रकम हस्तान्तरण गर्नुभएको थियो । क्यान्सर पिडित दुर्गा लाम्गादे मंगला... पुरा पढ्नुहोस

पत्रकारीता पुरस्कारको घोषणा

बेनी, २ फागुन । मंगला गाउँपालीका २ सिमलचौरमा रहेको केडी कटेजले आफ्नो वार्षिक उत्सवको अवसरमा पत्रकारीता पुरस्कार प्रदान गर्ने भएको छ । दोस्रो वार्षिक उत्सवको अवसरमा आगामी ५ गते ११ हजार १११ रुपैया पुरस्कार राशीको पत्रकारीता पुरस्कार प्रदान गर्ने बुधबार बेनीमा आयोजित पत्रकार भेटघाटमा सञ्चालक अकोश पौडेलले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

सहिद परिवारलाई सम्मान गर्दै म्याग्दीमा २३ औँ जनयुद्ध दिवस मनाईयो

म्याग्दी, २ फागनु । बेनीमा नेकपा माओवादी केन्द्र बेनी नगरकमिटिले सहिद परिवार सदस्यलाई सम्मान गर्दै २३ जनयुद्ध दिवस मंगलबार मनाएको हो । प्रतिक्रिया राज्यसत्ता दोस्त गर्दै जनवादी राज्य निर्माण गर्नका लागि जनयुद्ध सुरु गरेको फागुन १ गतेलाई जनयुद्ध दिवस रुपमा मनाउदै आएको छ । सो अवसरमा म्याग्दीमा मंगलबार पाटी कार्यालयमा... पुरा पढ्नुहोस

शिक्षकहरुलाई तलब उपलब्ध नभएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनद्धारा आन्दोलन गर्ने घोषणा (भिडियो सहित)

म्याग्दी, १ फागुन । म्याग्दीका तीन वटा स्थानीय तहका शिक्षकहरुले चालु आथिृक बर्षको दोस्रो चौमासिकको तलब अझै पाउन सकेका छैनन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामामा रहेका सामुदायिक विद्यालयका शिक्षक, विद्यालय कर्मचारी र बालशिक्षा सहयोगी कार्यकर्ताहरुले गत मंसिरमै पाउनुपर्ने तलब अझैसम्म नपाएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले आन्दोलनको घोषणा... पुरा पढ्नुहोस

म्याग्दीमा चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुँदै (भिडियो सहित)

https://www.youtube.com/watch?v=F2C-XkDxSwU&feature=youtu.be बाबियाचौर १ फागुन । म्याग्दीमा यही फागुन १६ देखि १९ गतेसम्म चौथो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिको मुल आयोजना तथा जिल्लामा रहेका स्थानीय तहहरुको आयोजनामा जिल्लामै पहिलो पटक सदरमुकाम बेनी बाहिर अन्तर विद्यालय स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न लागेको हो... पुरा पढ्नुहोस

शिवालय गुफा संरक्षण समितिको अधिवेशन

जलजला १ फागुन । जलजला गाउँपालीका ४ मा रहेको शिवालय गुफा संरक्षण समितिको १८ औ साधारणसभा तथा छैठौ अधिवेशन मंगलबार मल्लाजमा सम्पन्न भएको छ । अधिवेशनले मेघनाथ पौडेलको अध्यक्षतामा समितिको कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा जमुना मल्ल, सचिवमा हिराबहादुर जिसी, कोषाध्यक्षमा भगीरथ आचाय र सहसचिवमा कृष्णप्रसाद पौडेल रहनुभएको... पुरा पढ्नुहोस

हिमपातले ढाकिएको म्याग्दीको गुर्जा ………

  म्याग्दी १ फागुन । सोमबार बिहानदेखि मौसममा भएको बदलीका कारण म्याग्दीको गुर्जामा हिमपात भएको छ । धौलागिरि गाउँपालिका–१ गुर्जामा गयराती भएको हिमपात पछि आज विहान हिउँले सेताम्मे बनेको मनोरम दृष्य । करिब १ फिटसम्म भएको हिमपात पछि गाउँ हिउँले ढाकीएर सेताम्मे बनेको छ । तस्बिरः झक बहादुर छन्त्याल पुरा पढ्नुहोस

महाशिवरात्री पर्वको दिन गलेश्वरधाममा भक्तजनको भिड

म्याग्दी, १ फागनु । महाशिवरात्रि पर्वमा भगवान शिवको पुजा गर्न म्याग्दीको गलेश्वरमा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनको भिड लागेको छ । गलेश्वरधाममा पुजा गर्न म्याग्दी, बागलुङ, पर्वत लगायत विभिन्न ठाउँबाट भक्तजनहरुको उपस्थित भएका छन् । भगवान शिवको पुजोको पुजा गर्न मन्दिरमा युवायुवतीको भिड बढि देखिएको छ । यो मान्यतालाई मान्दै... पुरा पढ्नुहोस

सुदिप स्मृति कोषद्धारा कक्षा ११ र १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत

म्याग्दी, १ फागुन । सुदिप रावल स्मृति कोषले राष्ट्रिय राष्ट्रिय परिक्षा बोर्डले २०७३ र २०७४ सालमा लिएको कक्षा ११ र १२ को परिक्षामा सम्मिलित भई उत्कृष्ट अंक ल्याउने म्याग्दी जिल्लाका तीन विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । स्वर्गीय रावलको स्मृति दिवसको अवसरमा मंगलवार बेनीमा २०७३/७४ सालमा लिएको परीक्षाकोे औसत अंकमा जिल्लामा... पुरा पढ्नुहोस