म्याग्दी समाचार

मल्कबाङ्ग स्वास्थ्य चौकीको भवन निर्माण सुरु

म्याग्दी, २२ माघ । म्याग्दीको धौलागिरी गाउँपालिका ५ मल्कबाङ्गमा रहेको स्वास्थ्य चौकीको सुबिधा सम्पन्न भवन निर्माण सुरु भएको छ । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले भौगोलिक रुपमा बिकट मल्कबाङ्गमा एक करोड रुपैया भन्दा बढीको लागतमा भवन निर्माण कार्य सुरु गरेको हो । एक करोड १८ लाख रुपैयाको... पुरा पढ्नुहोस

खेलाडी र नृत्यकार हुँदै प्रशिक्षकको भूमिकामा उचाई लिँदै परियार

म्याग्दी, २२ माघ । उमेरले २२ बर्षका राजकुमार परियार सानै उमेरदेखि खेलकुद र कलाकारीतमा रुचि भएका व्यक्ति हुन् । त्यही रुचिलाई निरन्तरको मेहनत र लगाबबाट उनले आफुलाई खेलकुद र कलाकारीतामा चिनाएनन मात्रै, अब्बल बन्न पनि सफल रहे । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती घर भएका परियार अहिले म्याग्दीमा उत्कृष्ट नृत्यकार र... पुरा पढ्नुहोस

लिटील गार्डेनका बालबालीकाको स्वास्थ्य परिक्षण

बेनी, २२ माघ । बेनीको लिटील गार्डेन एकेडेमीको पुर्व प्राथमिक तहका विद्यार्थीहरुको सोमबार स्वास्थ्य परिक्षण गरिएको छ । विद्यालयले आयोजना गरेको शिवीरमा पूर्व प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरुको दाँत, आँखा, कान, नाक, घाँटी लगायत स्वास्थ्य परिक्षण गरिएको थियो । नर्सरी देखि कक्षा २ सम्मका २८० जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको विद्यालयले... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालीकाले कृषि र पशु विकासमा बजेट थप गर्‍यो

ठूलोबगर, २२ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाले कृषि र पशु विकासको क्षेत्रमा बजेट थप गरेको छ ।  ठुलोबगरमा सोमबार भएको गाउँसभा बैठकले यसअघि बिनियोजित बजेट संसोधन गर्दै कृषि र पशु विकासका लागि बजेट थप गर्ने निर्णय गरेको हो । गत असारमा भएको पहिलो गाउँसभाले कृषि र पशु विकासका लागि पन्ध्र/पन्ध्र... पुरा पढ्नुहोस

प्रेस चौतारि नेपालको २० औँ स्थापना दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफूल वितरण

म्याग्दी, २२ माघ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले २० औ स्थापना दिवसको अवसरमा बेनी अस्पतालका विरामीलाई फलफूल वितरण गरेको छ । प्रेस चौतारी नेपालको २० औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा म्याग्दीले अस्पतालमा उपचारत विरामीलाई फलफूल वितरण गरि स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा आयोजित फलफूल वितरण... पुरा पढ्नुहोस

बेनीमा सिद्धार्थ बैकंको शाखा स्थापना

म्याग्दी,२१ माघ । म्याग्दीको सदरमुकाम बेनीमा सिद्धार्थ बैकंको शाखा स्थापना गरिएको छ। बैंकको आईतबार बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले संयुक्त रुपमा बैंकको उद्घाटन गरेका हुन् । शाखा बैंक उद्घाटन गर्दै मेयर श्रेष्ठले लगानीको सुरक्षासंगै ग्राहकलाई दिईने सेवासुविधा प्रभावकारी बनाउन आग्रह गरेका थिए... पुरा पढ्नुहोस

स्थानीय तहसंग समन्वय गरेर काम गर्न गैससलाई जिससको आग्रह

  म्याग्दी २१ माघ । जिल्ला समन्वय समिति म्याग्दीले म्याग्दीमा योजना तथा कार्यक्रम सञ्चालन गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुलाई स्थानीय तहसंग प्रभावकारी समन्वय गरेर काम गर्न आग्रह गरेको छ । समितिले आईतबार आयोजना गरेको समन्वय कार्यक्रममा जिसस प्रमुख देवेन्द्र केसीले देशको नयाँ संरचना अनुसार दुर्गम ग्रामिण क्षेत्रमा केन्द्रित भएर... पुरा पढ्नुहोस

वेष्ट पोइन्टमा अभिभावक अन्तरक्रिया कार्यक्रम

मम्याग्दी, २१ माघ । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयमा अभिभाबक अन्तरक्रिया सम्पन्न भएको छ । कक्षा ११ र १२ मा अध्ययन गर्ने बिद्यार्थीहरुका अभिभाबकहरुका लागि अन्तरक्रिया गरिएको हो । माघ १९ गते शुक्रबार भएको कार्यक्रममा ८८ जना अभिभाबखारू उपस्थित रहेको विद्यालयले जनाएको छ । कक्षा ११ र१२ मा समेत... पुरा पढ्नुहोस

घोस्केखोर लघुजलविद्युतलाई सहयोग गर्न महाबिरको अपिल

मम्याग्दी, २१ माघ ।  म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखमा निर्माणाधिन घोस्केखोर लघुजलविद्युत परियोजना सम्पन्न गर्न सामाजिक अभियान्त महाबिर पुनको पहलमा करिब डेढ करोड रुपैया जुटाइएको छ । शिखका पर्यटकीय स्थल खोप्रा, बयली र ढाँडखर्कमा विद्युत आपुर्ती गरी त्यहाँका सामुदायीक लजलाई घुँवामुक्त बनाउने उद्देश्यले निर्माण हुन लागेको ५० किलोवाट क्षमत्ताको परियोजनाका लागि... पुरा पढ्नुहोस

एकिकृत अखिल नेपाल शिक्षक संगठनको प्रदेश अध्यक्षमा ढुङ्गाना

म्याग्दी, २१ माघ । एकिकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश नम्बर ४ को अध्यक्षमा म्याग्दीका सोमनाथ ढुङ्गाना निर्वाचित हुनुभएको छ । पोखरामा शनिबार सम्पन्न प्रथम प्रदेश सम्मेलनले बेनपा ६ मा रहेको जामुनाखर्क माविको प्रअ ढुङ्गानाको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटि चयन भएको हो । कमिटीको उपाध्यक्षमा म्याग्दीकै मनोज पौडेल, सदस्यहरुमा चिरञ्जिवी... पुरा पढ्नुहोस