घर भत्किएपछि कलेजाबाङ (सन्सारे) का दर्जी परिवार समस्यामा

  • ३ बैशाख २०७५, सोमबार
  • 2585 पटक पढिएको

म्याग्दी, ३ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङ( सन्सारे)मा एक परिवार बस्दै आएको घर भत्किएपछि समस्यामा परेका छन् । दिनहु आइरहेको बर्षाको कारण गोपाल दर्जीको एकतले घर भत्एिको स्थानीय युवा ओमकार खत्रीले बताउनुभयो ।

आर्थिक रुपमा विपन्नता रहेको दर्जी परिवार घर भत्एिपछि समस्यामा परेको उहाँले बताउनुभयो । मजदुरी गरि दैनिकी चलाउँदै आएका दर्जी परिवारले वास बस्ने घर बनाउनको लागि सहयोग गर्न याचना समेत गरेका छन् ।