म्याग्दी समाचार
समितिका गाडी ग्यारेजमा थन्किएपनि कम्पनी र निजी गाडीले सेवा दिए
- 7 बर्ष, 6 महिना अगाडि
- २१ बैशाख २०७५, शुक्रबार
बेनी, २१ बैशाख । सरकारले ल्याएको नयाँ निर्देशिका विरुद्ध म्याग्दीका यातायात व्यवसायीले शुक्रबार सेवा ठप्प पारेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् । म्याग्दी जिप तथा बस ब्यवसायी, धौलागिरि, पृथ्वी, म्याग्दीकाली, म्याग्दी ट्याक्सी व्यवसायी लगायत यातायात ब्यवसायी समिति सम्बद्ध व्यवसायीले बिहानैदेखि सार्वजनिक सवारी साधन सञ्चालन नगरेपछि यात्रु मर्कामा परेका हुन् ।... पुरा पढ्नुहोस
शिख माविमा समुदाय, सरकार र दाताहरूकाे लगानीमा पूर्वाधार निर्माण धमाधम
- 7 बर्ष, 6 महिना अगाडि
- २१ बैशाख २०७५, शुक्रबार
म्याग्दी, २१ वैशाख । म्याग्दीकाे उत्तरी अन्नपूर्ण गाउँपालिका –५ मा रहेको शिख माध्यमिक विद्यालयमा पूर्वाधार निर्माणले तिब्रता पाएको छ । स्थानीयबासी, प्रवासी र सरकारी निकायको लगानीमा भौगोलिक रुपमा बिकट क्षेत्रमा पर्ने शिखको सामुदायीक विद्यालयमा सुबिधा सम्पन्न भवन, खेलमैदान लगायतका पूर्वाधार निर्माणले तिब्रता पाएको हो । कक्षा १२ सम्मको पठनपाठन हुने... पुरा पढ्नुहोस
घराम्दीमा ऐतिहासिक सुनधाराको संरक्षण
- 7 बर्ष, 6 महिना अगाडि
- २१ बैशाख २०७५, शुक्रबार
म्याग्दी, २१ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ घराम्दीका बासिन्दाले स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर ऐतिहासिक पहिचान झल्कने ढुंगेधाराको संरक्षण गरेका छन् । आधुनिक समाजको विकास क्रमसँगै कुनै समय गाउँबस्तीमा खाने पानी आपूर्तिको स्रोतको रूपमा रहेको ढुंगेधाराको जीर्णोद्धार गरेर व्यवस्थित बनाइएको थियो । प्रवासमा रहेका युवाको पहलमा आर्थिक स्रोत जुटाएर स्थानीय... पुरा पढ्नुहोस
‘हाम्रो झिँ गाउँ’ गितको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
- 7 बर्ष, 6 महिना अगाडि
- २० बैशाख २०७५, बिहीबार
म्याग्दी, २० वैशाख । धौलागिरि सेन्चुरी पदमार्गको पहिलो पर्यटकीय गाउँको रुपमा चिनिएको म्याग्दीको रघुगंगा गाउँपालिका –५ मा अवस्थित झिँ गाउँको चिनारी गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । मगर समुदायको बाहुल्यता रहेको सुन्दर बस्ती झिँलाई गित र म्युजिक भिडियो मार्फच चिनाउनको लागि ‘हाम्रो झिँ गाउँ’ बोलको चिनारी गितलाई म्युजिक भिडियो... पुरा पढ्नुहोस
म्याग्दीमा सुन्तला जोनको कार्यालय स्थापना हुने
- 7 बर्ष, 6 महिना अगाडि
- २० बैशाख २०७५, बिहीबार
बेनी २० बैशाख । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत म्याग्दीमा सुन्तला जोनको कार्यालय स्थापना हुने भएको छ ।म्याग्दी, बागलुङ र पर्वत जिल्लामा सुन्तला जोन कार्यक्रम सञ्चालनका लागि भुमि व्यवस्था तथा कृषि विकास मन्त्रालयले बिहीबार म्याग्दीमा कार्यालय स्थापना गर्ने निर्णय गरेको प्रतिनिधिसभाका सदस्य भुपेन्द्र थापाले जानकारी दिनुभयो । सुन्तलालाई बिशिष्टीकृत बाली... पुरा पढ्नुहोस
म्याग्दीका सम्भावनायुक्त क्षेत्रहरु बजेटमा समावेश नभएको भन्दै साँसद केसीद्धारा संसदको ध्यानकर्षण
- 7 बर्ष, 6 महिना अगाडि
- २० बैशाख २०७५, बिहीबार
म्याग्दी, २० वैशाख । म्याग्दीका प्रदेश सभा सदस्य विनोद केसीले प्रदेश नम्बर ४ को सरकारले सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा म्याग्दीका सम्भावनायुक्त क्षेत्रहरुलाई उपेक्षा गरिएको भन्दै संसदको ध्यानकर्षण गराउनुभएको छ । विहिवार बसेको संसद बैठकमा सरकारले ल्याएको निती तथा कार्यक्रम माथि धारणा राख्दै साँसद केसीले आर्थिक समृद्धि र भौतिक पूर्वाधार... पुरा पढ्नुहोस
युवालाई उद्यमी बनाउन सिप विकास तालिम
- 7 बर्ष, 6 महिना अगाडि
- २० बैशाख २०७५, बिहीबार
प्रताप बानियाँ /म्याग्दी, बैशाख २० – युवालाई सिप विकाससम्बन्धी तालिम दिएर उद्यमी बनाउने उद्देश्यले तीन महिने सिप विकासका लागि सिलाइकटाई तालिम सुरु भएको छ । राष्ट्रिय युवा परिषद अन्तर्गत रहेको जिल्ला युवा समिति म्याग्दीको आयोजनामा बिहीबारदेखि तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन गर्दै जिल्ला युवा समितिका अध्यक्ष देवीप्रसाद शर्माले... पुरा पढ्नुहोस
आसन्न मोदी भ्रमणको तयारी स्वरुप मुक्तिनाथ क्षेत्रको नीरिक्षण
- 7 बर्ष, 6 महिना अगाडि
- २० बैशाख २०७५, बिहीबार
मुस्ताङ बैशाख,२० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको पुर्व तयारी स्वरुप मुक्तिनाथ क्षेत्रको नीरिक्षण भएको छ । जसका लागि नेपाल स्थित भारतीय दुतावासका प्रतिनिधि,परराष्ट्र मन्त्रालयका प्रतिनिधि र नयाँ दिल्लीबाट नेपाल आएका भारतीय अधिकारीको एक टोलीले बुधवार नीरिक्षण गरेका हुन् । भारतीय वायुसेवा निगम र नेपाल आर्मीको २ वटा... पुरा पढ्नुहोस
अपाङ्गता खत्रीलाई आर्थिक सहयोग
- 7 बर्ष, 6 महिना अगाडि
- २० बैशाख २०७५, बिहीबार
प्रताप बानियाँ / म्याग्दी,२० बैशाख । जिल्लाकाे बेनी नगरपालिका–५, भिरमुनीका नरबहादुर खत्रीलाई अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको छ । भुटानी नागरिकद्वय ईन्द्र शंकर र ज्ञान शंकरले अमेरिकाबाट पठाएको नगद पाँचहजार रुपैयाँ बिहीबार खत्री परिवारलाई हस्तान्तरण गरिएको हो । उक्त सहयोग रकम नेपाल रेडक्रस सोसाइटी पुलाचौर उपशाखाका सभापति यामबहादुर बानियाँ र... पुरा पढ्नुहोस
जेष्ठ नागरिकलाई ह्विल चियर प्रदान
- 7 बर्ष, 6 महिना अगाडि
- २० बैशाख २०७५, बिहीबार
म्याग्दी, २० वैशाख । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जेष्ठ नागरिक आश्रममा रहेका असाह्य नागरिकको लागि २ वटा ह्विल चियर सहयोग भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय र एनआरएनए जापानले २ वटा ह्विल चियर सहयोग गरेका हुन् । उक्त सामाग्री विहिवार मोनाका कोषाध्यक्ष राम खड्का र मोना... पुरा पढ्नुहोस