सामुदायीक वनमा वृक्षारोपण

  • १ असार २०७५, शुक्रबार
  • 1409 पटक पढिएको

मल्लाज १ असार । जलजला गाउँपालीका ४ मा रहेको टाडीबिसौनी हम्पर्नी सामुदायीक वनमा वृक्षारोपण गरिएको छ ।

प्रत्येक वर्षको जेठ मसान्तका दिन वन अनुगमन र वृक्षारोपण गर्ने उपभोक्ता समूहको कार्यक्रम रहेको छ । समूहका उपभोक्ताहरुले एक हजार वटा विभिन्न प्रजातीका बिरुवा रोपीएको अध्यक्ष रमेश मल्लले बताउनुभयो ।

भुईघाँसका साथै किम्बु, राईखन्यु लगायत घाँस प्रजातीका बिरुवा रोपीएको छ ।