म्याग्दी समाचार
जनशक्ति अभाबले अस्तव्यस्त बन्दै बेनी अस्पताल
- 6 बर्ष, 11 महिना अगाडि
- ३१ भाद्र २०७५, आईतवार
म्याग्दी, ३० भदौ । एक महिनाअघि बागलुङको धौलागिरि अञ्चल अस्पतालले गण्डकी अस्पताल पोखरा रेफर गरेको सुत्केरी व्यथाले च्यापेकी महिलाको सल्यक्रिया मार्फत आमा र बच्चाको ज्यान जोगाएकोमा म्याग्दीको बेनी अस्पतालको प्रसंसा निकै भयो । नहोस पनि किन ? बागलुङ, पर्वत हुँदै कास्कीको सिमाना सम्म पु¥याईएकी विरामी सरस्वती जीसीलाई पहिरोले सडक अबरुद्ध... पुरा पढ्नुहोस
स्वदेशमा समृद्धि खौज्दैः युवाहरु ब्यवसायिक पशुपालनमा
- 6 बर्ष, 11 महिना अगाडि
- ३१ भाद्र २०७५, आईतवार
म्याग्दी, ३१ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ पखटोलका ईश्वर खत्री र वागलुङ नगरपालिका ४ बागलुङका विपिन हमालले पर्वतको जलजला गाउँपालिका– २ फोर्सेमा ब्यवसायिक गाई–भैसी पालन सुरु गरेका छन् । अध्ययन सकेर विदेश जाने मोहलाई त्याग्दै विकसित मुलुकमा रोजगारको लागि लाग्ने खर्च स्वदेशमा लगानी गर्दै दुई युवाहरुले सर्वोसिद्धि पशुपति र्फमको... पुरा पढ्नुहोस
नदी कटान रोक्न रघुगंगालाई डाईभर्सन गराइयो
- 6 बर्ष, 11 महिना अगाडि
- ३० भाद्र २०७५, शनिबार
गलेश्वर ३० भदौ । रघुगंगा गाउँपालिका ३ राहुघाट र बेनपा ९ गलेश्वरको बस्ती संरक्षण तथा कटानका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक सञ्चालनका लागि रघुगंगा नदीलाई डाईभर्सन गराइएको छ । कटान रोकथामका गरी थप क्षत्ती हुन नदिनका लागि कालीगण्डकी र रघुगंगाको दोभानमा शनिबार एक्साभेटर परिचालन गरेर डाईभर्सन गराइएको हो । जिल्ला... पुरा पढ्नुहोस
अन्तर मावी रनिङ्ग कप लोक नृत्य प्रतियोगितामा वेष्ट पोईन्ट बिजयी
- 6 बर्ष, 11 महिना अगाडि
- ३० भाद्र २०७५, शनिबार
बेनी ३० भदौ । बेनीमा शनिबार सम्पन्न १५ औ अन्तर मावी रनिङ्ग कप लोक नृत्य प्रतियोगिताको उपाधी बेनीको न्यु वेष्ट पोईन्ट आवासीय माविले जितेको छ । म्याग्दी जेसीजले आयोजना गरेको प्रतियोगितामा बेनी सामुदायीक मावी दितृय, लोकदिप आवासीय मावी तृतिय र वुद्ध एकेडेमी बगरफाँट सान्तवना भएका छन् । बिजेतालाई रनीङ्ग शिल्ड,... पुरा पढ्नुहोस
कामनाको सातौं साधरणसभा
- 6 बर्ष, 11 महिना अगाडि
- ३० भाद्र २०७५, शनिबार
बेनी ३० भदौ । कामना बचत तथा ऋण सहकारी संस्था बेनीको सातौ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । अध्यक्ष हरिप्रसाद पौडेलको सभापतीत्व, सचिव सुवर्ण रिजालको सञ्चालन र सदस्य राजाराम पौडेलको स्वागतमा सम्पन्न कार्यक्रममा उत्कृष्ट बचतकर्ता रञ्जिता केसी र कर्मचारी साधना केसी जिसीलाई सम्मान गरिएको थियो । जेष्ठ सेयर... पुरा पढ्नुहोस
न्यायका लागि दवाव दिन सडकमा (भिडियो सहित)
- 6 बर्ष, 11 महिना अगाडि
- ३० भाद्र २०७५, शनिबार
बेनी ३० भदौ । कञ्चनपुरमा १३ वर्षिया निर्मला पन्तको बलात्कार पछि भएको हत्याको निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै शनिबार बेनीमा महिलाहरुले प्रर्दशन गरेका छन् । कालो ब्यानर, विभिन्नमाग लेखिएकाप्ले कार्ड बाकेर टाउकोमा कालो पट्टी बाँधेर प्रर्दशनका लागि सडकमा उत्रिएका महिलाहरुले दोषीलाई कारबाहीको माग सहित नाराबाजी गर्दै बजार परिक्रमा... पुरा पढ्नुहोस
सुकुम्बासी परिवारलाई सहयोग
- 6 बर्ष, 11 महिना अगाडि
- ३० भाद्र २०७५, शनिबार
अथुङ्गे ३० भदौ । बेनपा ६ भरालेका सुकुम्बासी सिता बानियाको परिवारलाई स्थानीय अर्जुन शर्माले शनिबार तिस हजार रुपैया सहयोग गर्नुभएको छ । गरिबीका कारण श्रीमान तुलबहादुरले तिन वर्षअघि आत्महत्या गरेपछि तिन छोराछोरी हुर्काउन समस्या झेलेकी सितालाई मेघावान कन्ट्रक्सनका सञ्चालक शर्माले सहयोग अभियानका अगुवा तेजेन्द्र बानिया लगायतको उपस्थितीमा सहयोग रकम हस्तान्तरण... पुरा पढ्नुहोस
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको नयाँ नेतृत्व
- 6 बर्ष, 11 महिना अगाडि
- ३० भाद्र २०७५, शनिबार
बेनी ३० भदौ । म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ को शनिबार बेनीमा भएको नवौ साधारणसभा तथा चौथो अधिवेशनबाट तारानाथ आचार्य (बाबुराम)को अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।समितिको उपाध्यक्षमा अनु पुन, सचिवमा सरोज थापा, कोषाध्यक्षमा सागर बरुवाल, सहसचिवमा सबिता शाही र सह–कोषाध्क्षमा अनुषा गौचन चयन हुनुभएको छ ।... पुरा पढ्नुहोस
म्याग्देली कलाकार बिल पुर्जाको मौलिक सालैजो गीत ‘भञ्ज्याङमा बस्दा’(भिडियो सहित)
- 6 बर्ष, 11 महिना अगाडि
- ३० भाद्र २०७५, शनिबार
म्याग्दी, ३० भदौ । म्याग्देली कलाकार बिल पुर्जा मगरको ‘भञ्ज्याङमा बस्दा’बोलको सालैजो गीत बजारमा आएको छ । अन्नपूर्ण गाउँपालिका–६ खिबाङमा घर भई हाल बेलायतमा बस्दै आएका पुर्जाको शब्द सिर्जनामा तयार गरिएको सो गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो । मौलीक भाकाको सो गीतमा सुमधुर स्वरकी धनी गायिका गीता पाईजा... पुरा पढ्नुहोस
बाढी पीडितलाई गाउँपालिकाद्वारा राहत वितरण
- 6 बर्ष, 11 महिना अगाडि
- ३० भाद्र २०७५, शनिबार
म्याग्दी, ३० भदौँ । रघुगंगा गाउँपालिका– ८ कुईनेमंगलेका बाढी पीडितलाई गाउँपालिकाले राहत उपलब्ध गराएको छ । गाउँपालिकाले पुर्ण क्षतीलाई २५ हजार, आंशिक क्षेती १५ हजार, जोखिमयुक्त रहेर बसाई सरेका ७ घरपरिवारलाई नगद र बल्याङकेट र त्रिपाल उपलब्ध गराएको हो । गाउँपालिकाको विपत ब्यवस्थापन टोलीले प्रभावीत क्षेत्रको स्थलगत निरिक्षण र क्षत्ती... पुरा पढ्नुहोस