देवानी तथा फौजदारी संहिता अभिमुखीकरण

  • २ पुष २०७५, सोमबार
  • 1721 पटक पढिएको

बेनी २ पुष । धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा आइतबारदेखि देवानी तथा फौजदारी संहिता सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोग र संगम म्याग्दीको समन्वयमा धवलागिरी गाउँपालिकाले आयोजना गरेको दुई दिन सम्म सञ्चालन हुने कार्यक्रममा कार्यपालिका सदस्य, वडा अध्यक्ष, सचिव र कार्यपालिकाका कर्मचारीहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको जिल्ला न्यायाधिश राजकुमार कोइराला, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, सरकारी वकिल कार्यालयका प्रमुख कृष्णराज पन्त, प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले सहजिकरण गर्नुहुने जनाइएको छ ।

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालको अध्यक्षता र वडा सचिव गिरीराज शर्माको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको संगम म्याग्दीका शिक्षा विकास अधिकृत चिरञ्जिवी रेग्मीले बताउनुभयो ।