मन्त्री चढ्ने सवारीसाधनलाई पुलको अभाव

  • २ पुष २०७५, सोमबार
  • 2559 पटक पढिएको


बेनी, २ पुष । गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन चढ्ने सवारी साधन म्याग्दी नदी तर्दै गरेको अवस्थाको तस्विर हो । मंगला गाउँपालिका–५ अर्मनको सिर्मुनमा हुने कार्यक्तममा पुग्न गाउँपालिकाको केन्द्र बावियाँचौरबाट नदीमा बनाईएको अस्थाई सडकमा तिनचार जनाको सहयोगमा मन्त्री चढ्ने साधनलाई बारपार गराईएको हो ।
म्याग्दी जिल्लाको प्रदेश ख बाट निर्वाचित सांसद पुन प्रदेशको मन्त्री छन् । उनले जित्नुको अर्थ, दुर्गम भेगका जनताहरुले भोग्दै आएको समस्या समाधान गर्नु हो । स्थानीय सरकारको बजेटले हिउदँमा मन्त्रीको सवारीसाधन अस्थाई सडक बनाएको छ । भने मन्त्रीको बजेटले बर्ख र हिउदँमा जनताले सहज र सुरक्षित रुपमा यातायातको साधन वारपार गर्ने पक्की पुलको पखाईमा अर्मनका जनता बसिरहेका छन् । मन्त्री पुनको मात्र होईन जिल्लाका  जनप्रतिनिधि र सरोकारवालाहरुको ध्यान दिन आवश्यक छ । तस्विरः धिरन खत्री