म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघकाे ‘देउँसीभैलो’ आयब्यय सार्वजनिक

  • ३ पुष २०७५, मंगलवार
  • 1981 पटक पढिएको

बेनी, ३ पुस । म्याग्दी होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघकाे देउसीभैलो कार्यक्रमबाट भएको आम्दानी सार्वजनिक गरेको छ । जिल्लाको पर्यटन प्रवद्र्धन र गुणस्तरीय सेवा प्रदान लागि होटल तालिम संचालन गर्ने उद्देश्यले तिहार अवसरमा आयोजित देउसीभैलोबाट भएको आम्दानी खर्च सार्वजनिक गरिएको हो ।
तिहारको अवसरमा सदरमुकाम बेनी र सिंगा तातोपानीमा आयोजना गरिएको देउसीभैलोबाट ६ लाख २९ हजार ८५९ रुपैया संकलन भएको थियो । भने खर्च २ लाख ६७ हजार ५१९ रुपैया भएको संघका कोषाध्यक्ष सागर बरुवालले जानकारी दिए । सो देउँसीभैलो कार्यक्रमबाट ३ लाख ६२ हजार ३३० रुपैया बचत भएको कोषाध्यक्ष बरुवालले जानकारी दिए ।
देउसीभैलोबाट बचत भएको रकम जिल्लामा आउने पर्यटकलाई गुणस्तर सेवा उपलब्ध गराउन सदरमुकाम बेनी संचालित होटल गुणस्तर सेवा प्रदान र पर्यटकियस्थलमा होमस्टे संचालन गरेका ब्यवसायीलाई तालिम आयोजना गरिने ब्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बावुरामले ) बताए ।
पछिल्लो समय जिल्लामा पर्यटकका संख्या बढदै गएको छ, सदरमुकाम बेनी र सिंगा तातोपानी कुण्ड, घोडेपानी र भुरुङतातोपानी कुण्डमा संचालित होटलहरुबाट ब्यवस्थित सेवासुविधा संचालन गरि म्याग्दी भ्रमण बर्ष र आगामी दिनहरुमा गुणस्तर सेवा लागि होटल ब्यवसायीले संघले नयाँ ब्यवसायीहरुलाई प्राथमिकता दिएर तालिम लगायतका गतिविधि संचालन गरिने अध्यक्ष आचार्यले जानकारी दिए । सो कार्यक्रममा संघका सचिव सरोज थापाको उपस्थित भएको थियो ।