दरबाङका सुरेशसिङ ठकुरी ललितपुरमा बेवारिसे अबस्थामा फेला ( भिडियो सहित)

  • २ पुष २०७५, सोमबार
  • 5251 पटक पढिएको

म्याग्दी, २ पुस । म्याग्दीको मालिका गाउँपालिकाको दरबाङ घर बताउने एक व्यक्ति ललितपुरमा बेवारिसे अबस्थामा फेला परेका छन् । ४७ बर्षका सुरेश सिङ ठकुरी बेवारिसे अबस्थामा फेला पारेपछि अहिले उनलाई ललितपुरको मानवशेवा आश्रममा राखिएको छ ।

https://www.facebook.com/ansu.karki.94/videos/1025779950938712/?eid=ARDwJqGnQxDsT52EClfRi_xnawyfoMAGLRnN20-xpBpgGDL9G2ML52We_xcqrwluNNV-Oay8vd6qEvpe

आश्रमका प्रतिनिधिहरु सडक सेवामा निस्कँदा सडकमा वेवारिसे अबस्थामा फेला परेपछि उनलाई उद्धार गरि आश्रममा लगिएको र आफन्तसंग सम्पर्क गर्न पहल गरिएको आश्रमकी अभियान्ता अन्सु कार्कीले बताउनुभयो । उनलाई ३ दिन अघि सडकबाट उद्धार गरिएको थियो । ३ बर्ष काठमाण्डौ पुगेको बताउने उनले ज्यालादारी काम गर्ने र केही समय अघि होटल व्यवसाय समेत गरेको र आर्थिक नोक्सानी व्यहोरेपछि आफु अहिलेको अबस्थामा पुगेको बताएको आश्रमका केन्द्रिय उपाध्यक्ष धर्मप्रसाद पौडेलले बताउनुभयो ।

‘‘ सडकमा लुकलुक कामीहरुको अबस्थामा फेला पारेपछि उहाँलाई उद्धार गरेका हौँ, होटल व्यवसायबाट नोक्सानी भएपछि अत्यधिक मदिरा सेवन गर्न थालेको देखिन्छ, उहाँको स्वास्थ्य अबस्था नाजुक छ, तत्कालै उपचार गराउनुपर्नेछ, परिवारसंग सम्पर्क हुन सकेको छैन’’–उहाँले भन्नुभयो । ठकुरीले आफ्नो श्रीमती सहित छोराछोरी समेत रहेको बताएपनि अहिलेसम्म उनका परिवारसंग सम्पर्क हुन नसकेको आश्रमले जनाएको छ ।
थप जानकारीको लागि
९८५५०७६००५
९८६३१८४४४४