म्याग्दी समाचार
एकिकृत घुम्ती शिविरबाट कुहुँमा ६४ जनालाई नागरिकता
- 7 बर्ष, 19 दिन अगाडि
- ७ पुष २०७५, शनिबार
म्याग्दी, ७ पुष । ‘सरकारी सेवा जनताको घरदैलो’मा भन्ने मुलनारा म्याग्दीमा प्रभावकारी देखिएको छ । भौगोलिक विकटता र आर्थिक अभावका कारण सदरमुकाममा रहेका कार्यालयमा आएर सेवा लिन नसकेका बासिन्दाहरुलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको समन्वयमा शिविर संचालन गरिदै आएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले शनिबार मंगला गाउँपालिका–१... पुरा पढ्नुहोस
देविस्थानमा हेलीप्याड निर्माण
- 7 बर्ष, 20 दिन अगाडि
- ६ पुष २०७५, शुक्रबार
बेनी ६ पुष । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको स्वास्थ्य चौकी नजिकै शुक्रबार हेलीप्याड निर्माण भएको छ । विपद् ब्यवस्थापन र आपतकालीन उद्धारको कामलाई ब्यवस्थित बनाउन ‘एक वार्ड, एक हेलीप्याड’को अवधारणा अनुसार हिदीमा हेलीप्याड निमाण गरिएको हो । वडा कार्यालयको सिफारीस अनुसार शुक्रबार देविस्थान पुगेका प्रजीअ लीलाधर अधिकारी, प्रहरी नायव... पुरा पढ्नुहोस
भकिम्ली मुसुङमा माघे संक्रान्ति साँस्कृतिक तथा पर्यटन मेला हुने
- 7 बर्ष, 20 दिन अगाडि
- ६ पुष २०७५, शुक्रबार
म्याग्दी, ६ पुस । म्याग्दीको बेनी नगरपालिका भकिम्ली स्थित मुसुङमा माघे संक्रान्ति एवम् पर्यटन मेला आयोजना हुने भएको छ । आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको भकिम्लीको स्वर्गाश्रम र बेलढुङ्गा क्षेत्रको प्रचार प्रसारको लागि माघे संक्रान्ति पर्वको अवसरमा सो पर्यटन मेला आयोजना गरिएको हो । भकिम्लीको पर्यटन पर्वद्वन गर्ने उदेश्यको साथ... पुरा पढ्नुहोस
म्याग्दीकाली सञ्चारको साधारण सभा : सञ्चार माध्यमको सबलीकरणमा स्थानीय तहहरुले ध्यान दिनुपर्नेमा जोड
- 7 बर्ष, 20 दिन अगाडि
- ६ पुष २०७५, शुक्रबार
म्याग्दी, ६ पुस । बेनीमा शुक्रवार आयोजित एक कार्यक्रमका बक्ताहरुले स्थानीय सञ्चार माध्यमहरुको सबलीकरणमा स्थानीय तहका सरकारहरुले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । म्याग्दीकालि संञ्चार सहकारी संस्थाको ११ औँ बार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले म्याग्दीमा रहेका सञ्चार माध्ययमहरुले आम नागरिकमा सुचनाको पहुँच पु¥याउन महत्वपूर्ण भुमिका खेलेको भन्दै सञ्चार माध्ययमको संस्थागत... पुरा पढ्नुहोस
बेनीमा आगलागी हुँदा करिब १३ लाखको क्षती ( भिडियो सहित)
- 7 बर्ष, 20 दिन अगाडि
- ६ पुष २०७५, शुक्रबार
बेनी, ६ पुस । म्याग्दी सदरमुकाम बेनीमा एक घरमा आगलागी हुँदा करिब रु १३ लाख बराबरको क्षती भएको छ । बेनीको न्युरोड स्थित विक्रम विकको चार तले घरको माथिल्लो तलामा रहेको कोठामा शुक्रवार विहान आगलागी हूँदा १२ लाख ८५ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । https://www.youtube.com/watch?v=z7m2FZcFxjc... पुरा पढ्नुहोस
जलजलाको पाँचौ गाउँसभाबाट ८ वटा कार्यविधि पारित
- 7 बर्ष, 21 दिन अगाडि
- ५ पुष २०७५, बिहीबार
म्याग्दी, ५ पुस । उत्तरी पर्वतको जलजला गाउँपालिकाको पाँचौ गाउँसभा विहिवार सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा वसेको गाउँसभाले विभिन्न ८ वटा कार्यविधिहरु पारित गरेको छ । गाउँकार्यपालिकाद्धारा चालु आर्थिक वर्षमा निर्माण गरेका कार्यविधिहरु गाउँसभाले पारित गरेको हो । न्यायिक समितिले उजुरीको कारवाही गर्दा अपनाउनुपर्ने कार्यविधि २०७५,घ बर्गको... पुरा पढ्नुहोस
राष्ट्रिय जनजागृति मावि पूर्णगाउँको भवन पुनःनिर्माण
- 7 बर्ष, 21 दिन अगाडि
- ५ पुष २०७५, बिहीबार
बेनी ५ पुष । म्याग्दीको मंगला गाउँपालिका १ पूर्णगाउँमा रहेको राष्ट्रिय जनजागृति माविमा पुनःनिर्माण भएको चार कोठे भवनको बिहीबार उद्घाटन भएको छ ।मंगला गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयबासीले श्रमदान गरेर जिर्ण अवस्थाको भवनलाई प्रवलीकरण (रेक्ट्रोफिटीङ) प्रबिधिबाट पुनःनिर्माण गरेका हुन् । गाउँपालिकाको २५ लाख रुपैयाँ अनुदान र स्थानीयबासीको पाँच लाख रुपैयाँ बराबरको... पुरा पढ्नुहोस
बुलमा निर्माण भएको गाउँघर क्लिनिक भवन उद्घाटन
- 7 बर्ष, 21 दिन अगाडि
- ५ पुष २०७५, बिहीबार
मराङ ५ पुष । म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको बुलमा निर्माण भएको गाउँघर क्लिनीक भवनको बिहीबार उद्घाटन र हस्तान्तरण गरिएको छ । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित बुलका बासिन्दालाई सहज रुपमा गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउन गुड नेवर्स ईन्टरनेशनलको सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित सामुदायिक विकास परियोजनाको सहयोगमा भवन... पुरा पढ्नुहोस
बेनीमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत घुस रकम सहित पक्राउ (भिडियो सहित)
- 7 बर्ष, 21 दिन अगाडि
- ५ पुष २०७५, बिहीबार
बेनी, ५ पुस । डिभिजन बन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर घुस रकम सहित रंगेहात पक्राउ परेका छन् । विहिवार बेनी नगरपालिका–७ मंगलाघाट स्थित सब डिभिजन बन कार्यालयमा रहेको आवासगृहमा डिभिजन सहायक बन अधिकृत ठाकुरलाई नगद रु ३३ हजार घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसंधान आयोगको पोखरा... पुरा पढ्नुहोस
मौलीक परिकारको ओल्डहाउस रेष्टुरेन्ट एण्ड नेवारी किचन
- 7 बर्ष, 21 दिन अगाडि
- ५ पुष २०७५, बिहीबार
बेनी ५ पुष । म्याग्दीको सदरमुकाम बेनीको गणेशटोलमा युवाले मौलीक खानाका परिकारकोे रेष्टुरेन्ट सञ्चालन गरेका छन् । २७ वर्षीय सिसम श्रेष्ठले ओल्ड हाउस रेष्टुरेन्ट एण्ड नेवारी किचन सुरु गरेका हुन् । मौलिक शैलिको ६० वर्ष पुरानो घरमा आधुनिक संरचना निर्माण गरि सञ्चालन गरिएको रेष्टुरेन्टमा नेवारी खाना र खाजाका साथै विभिन्न... पुरा पढ्नुहोस