थाकनपोखरीमा सहरी स्वास्थ्य केन्द्र स्थापना (फोटो फिचर)

  • १८ माघ २०७५, शुक्रबार
  • 2053 पटक पढिएको

सन्तोष गौतम
बेनी १८ माघ । बेनी नगरपालिका ६ थाकनपोखरीमा शुक्रबार सहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । बेनी नगरपालिकाले ग्रामिण क्षेत्रका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको केन्द्रको पूर्व सांसद गोविन्द पौडेलले उद्घाटन गर्नुभयो ।


सो अवसरमा नेकपाका नेता समेत रहनुभएका पौडेलले सरकारले आफ्नो प्रतिवद्धता अनुसार जनताको आधारभुत सेवा र सुबिधाका लागि प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । एक जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको केन्द्रबाट स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी वितरण सम्बन्धि सेवा प्रवाह हुने वडा अध्यक्ष कृष्णसिंह बानियाले बताउनुभयो । केन्द्रबाट थाकनपोखरी, छाप, डाँडाबारी, पिपलबोट लगायत बस्तीका बासिन्दालाई सुबिधा पुग्ने भएको छ ।

स्वास्थ्य केन्द्र सञ्चालनका लागि स्थानीय अग्नीखेत सामुदायिक वन उपभोक्ता समूहले अर्को व्यवस्था नहुँदासम्मको लागि भवन उपलब्ध गराएको छ । वडा अध्यक्ष बानियाको अध्यक्षता, बेनी नगरपालिकाका स्वास्थ्य संयोजक लीलादेवी गौतमको सञ्चालन र डाँडाबारी आमा समूहका अध्यक्ष गंगा सुवेदी पौडेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।