हिस्तानको औलामा पशुपंक्षि पालन तालिम सम्पन्न

  • १९ माघ २०७५, शनिबार
  • 1529 पटक पढिएको

औला १९ माघ । अन्नपूर्ण गाउँपालिका ७ हिस्तानको औलामा शनिबार दुई दिने पशु पंक्षीपालन सम्बन्धि स्थलगत तालिम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखा पोखरेबगरले आयोजना गरेको तालिममा हिस्तानको औला, दोसल्ले, रिमा, टिकोट, घराम्दी र महभिरका २५ जना कृषकहरुको सहभागिता रहेको थियो ।


वडा सदस्य टिका घतानेको अध्यक्षतामा सञ्चालन भएको तालिममा पशु सेवा शाखाका प्राबिधिक कृष्ण चौधरीले व्यवसायिक गाईभैसी, कुखुरा, बंगुरपालन, घाँस खेती लगायतका विषयमा सहजिकरण गर्नुभएको औलाबाट कविता गर्बुजा पुनले जानकारी दिनुभयो ।