म्याग्दी समाचार

पर्वत बेनीमा एनआइसीको एटिएम

बेनी १ पुस । जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी एसिया बैङ्कले एटिएम सेवा सुरु गरेको छ । गत वर्षको माघदेखि वारिवेनीमा शाखा सञ्चालन गरेर वित्तिय सेवा प्रवाह गर्दै आएको एनआइसीले शुक्रबारदेखि एटिएम सेवा थप गरेको हो । स्थानीय ग्राहकका साथै मुस्ताङ जाने आउने पर्यटक र तिर्थयात्रीहरुलाई समेत लक्षित गरेर... पुरा पढ्नुहोस

एनआरएनए र मोनाद्धारा दन्तशिविर आयोजना हुने

बेनी १ पुस । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्युजील्याड र म्याग्दी प्रवासी नेपाली संघ (मोना)को आयोजनामा म्याग्दीको ग्रामिण क्षेत्रमा निशूल्क दन्त शिविर सञ्चालन हुने भएको छ ।  भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणहरुलाई गाउँमै सहज र सर्वसुलभ रुपमा दन्त उपचार सम्बन्धि सेवा प्रवाह र दाँत सम्बन्धि स्वास्थ्य समस्याबाट बच्ने... पुरा पढ्नुहोस

सहरको बसाई गाउँको तरकारी

रघुगंगा गाउँपालिका–२ राखु घट्टमा प्राङगारिक मल प्रयोग गरेर उत्पादन गरिएको साग सदरमुकाम बेनीको पिपलचोकको पसलमा । बजारबासीले सोही साग किन्दै । तस्विर : धिरन खत्री/ बेनी पुरा पढ्नुहोस

शैक्षिक सुधारका लागि अन्तरक्रिया

बाबियाचौर २९ मंसिर । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शुक्रबारदेखि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रअ, शिक्षक र सरोकारवालाहरुबीच बृहत छलफल कार्यक्रम सुरु भएको छ । सामुदायिक विद्यालयको शैक्षिक विकासमा देखिएका समस्याको पहिचान, समाधानको उपायको खोजीका लागि गाउँपालिकाले आयोजना गरेको छलफल कार्ययोजना तयार पार्दै शनिबार सकिने जनाइएको... पुरा पढ्नुहोस

मुक्तिनाथको स्थापना दिवस

बेनी २९ मङसिर । बेनीको न्युरोडमा रहेको मुक्तिनाथ बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडले ११ औ स्थापना दिवस तथा नवौ हिरा स्मृति दिवस मनाएको छ ।संस्थापक अध्यक्ष स्व. हिराबहादुर केसीको स्मृति र स्थापना दिवस पारेर बेनी नगरपालिका ५ बगुवाखोलामा रहेको बालजाजृति आधारभुत विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्गता स्रोत कक्षा सञ्चालनका लागि स्थापित शुशिला... पुरा पढ्नुहोस

मृगौला पीडित छन्त्यालद्वारा आर्थिक सहयोग गरिदिनु हुन अनुरोध

म्याग्दी, २८ मंसीर । दुवै मृगौला फेल भएर उपचाररत माया कुमारी छन्त्यालले सहयोगको याचना गरेकी छन् । म्याग्दीको धौलागिरी गाउँपालिका-५ साबिक मल्कबाङ्ग वडा नम्बर ८ मलम्पार निवासी मृगौला पीडित २६ बर्षिया छन्त्यालले उपचारका लागि सहयोगको याचना गरेकी हुन् । नावालिका छोरी समेत रहेका छन्त्याल झन्डै १ महिना देखि मृगौला फेल... पुरा पढ्नुहोस

ताकम कोतमा जब हेलिकप्टर स्टार्ट भएन (फोटो कथा)

म्याग्दी, २८ मंसीर । सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम कोतमा पुजा नगरेपछि हेलीकप्टरको स्टार्ट नै बन्द भएको छ । शुक्रवार ताकम कोतको पुननिर्माणको शिलान्यास गर्न पुगेको एर डाइनेष्टीको नाईन एन एजेडी हेलीकप्टर फर्कने समयमा स्टार्ट नै भएन् । कोतको शिलन्यास गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री... पुरा पढ्नुहोस

प्रवासी म्याग्देलीहरुको अगुवाईमा निर्माण हुने दरबाङ म्याग्दीखोला जलविद्युतको शिलान्यास ( फोटो फिचर)

म्याग्दी, २८ मंसीर । म्याग्दीको पश्चिम हुँदै बग्ने म्याग्दीखोलाबाट २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ । धौलागिरि कालिका हाईड्रो लिमिटेड कम्पनीले निर्माण गर्न लागेको सो आयोजनामा प्रवासमा रहेका म्याग्देली र गैर आवासीय नेपालीहरु सहित स्थानीयबासीहरुको समेत लगानी हुनेछ । शुक्रवार मालिका गाउँपालिका–६ दुखुबेशी (बलौटे) मा... पुरा पढ्नुहोस

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको छैँटौ साधारणसभा

म्याग्दी, २८ मंसिर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको छैटौ साधारण सभा शुक्रबार सम्पन्न भएको छ। म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माको अध्यक्षतामा भएको साधारणसभालाई उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले राजनीतिक पाटीको छाँयामा रहेको पत्रकारिताको आरोपलाईे निरुत्साहित गर्न क्रियाशिल पत्रकारले निष्पक्ष रुपमा पत्रकारिता गर्नुपर्ने बताए ।... पुरा पढ्नुहोस

जलविद्युत आयोजनाको शिलान्यास : श्रमशक्तिलाई विदेश पलायन रोक्न सरकार प्रयासरत : मन्त्री थापा

बेनी, २८ मङ्सिर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले स्वदेशमै रोजगारिको अवसर सिर्जना गरि श्रमशक्तिलाई विदेशपलायनबाट रोक्न सरकार लागिपरेको बताउनुभएको छ । म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेशी (बलौटे)मा शुक्रवार धौलागिरि कालिका हाईड्रो लिमिडेटद्धारा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको विद्युतगृहको शिलान्यास गर्दै मन्त्री थापाले... पुरा पढ्नुहोस