म्याग्दीमा भारी हिमपात, चिसोको कारण जनजिवन प्रभावित

  • १५ फाल्गुन २०७५, बुधबार
  • 2125 पटक पढिएको

बेनी १५ फागुन । म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरि तेस्रो पटक हिमपात भएको छ । माथिल्लो हिमाली बस्तीहरुमा भने यो सिजनको पाँचौ हिमपात हो । हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् ।

गयरातीदेखि परेको अविरल बर्षासंगै हिमपात भएपछि चिसो अत्यधिक बढेको रघुगंगा गाउँपालिका–४ दग्नाममा रहेको एकता युवा क्लबका अध्यक्ष गुन पुनले जानकारी दिनुभयो । म्याग्दीको धवलागिरी गाउँपालिकाको अधिकाँश क्षेत्र हिउँले ढाकिएको छ ।

अन्नपूर्ण, रघुगंगा, मालिका र मंगला गाउँपालिकाको समेत माथिल्लो भेग सेताम्मे भएका छन् । बेनी नगरपालिकाको तल्लो तटिय क्षेत्र बाहेक डडुवा, भकिम्ली, पात्लेखेत लगायतका क्षेत्रमा हिमपात भएको छ । हिमपातले ग्रामीण यातयात प्रभावित भएको छ ।