घतानकोत पुननिर्माण गरिँदै, ७ लाख सहयोग संकलन

  • १४ फाल्गुन २०७५, मंगलवार
  • कमल खत्री
  • 3381 पटक पढिएको

बेनी, १३ फागुन । बेनी नगरपालिका–९ मा अवस्थित ऐतिहाँसिक घतानकोत पुननिर्माण गर्नको लागि आर्थिक संकलन गर्न थालिएको छ । जिल्लामा रहेका पुराना कोतहरुको सुचिमा रहेको घतानकोत मन्दिर जिर्ण बनेपछि पुननिर्माणको लागि अभियान थालिएको हो । ऐतिहाँसिक ढोलठान दरबारको काखमा अबस्थित घतान कोतको दुर्गा भगवती मन्दिर जिर्ण बनेपछि स्थानीयले पुननिर्माण संगै यस क्षेत्रमा ओझेलमा परेको धार्मिक पर्यटकीय सम्भावनालाई उजागर गर्न अभियान थालेका हुन् ।

स्थानीयको अग्रसरतामा कोत मन्दिरको पुननिर्माणको लागि डिपिआर तयार भैसकेको वेनी नगरपालिका–९ का वडा अध्यक्ष बेलबहादुर चोखालले जानकारी दिनुभयो । ऐतिहाँसिक घतान कोतमा रहेको भगवती मन्दिर जिर्ण बनेपछि पुननिर्माणको लागि स्थानीयको अग्रसरतामा आर्थिक संकलन भैरहेको छ । वडा कार्यालयले समेत नगरपालिकामा बजेट माग गरेको वडा अध्यक्ष चोखालले जानकारी दिए । अहिले स्वदेश तथा विदेशमा रहेका घतानबासीले आर्थिक संकलन अभियानलाई तिब्रता दिएको वडा सदस्य एवम कोतमन्दिर पुननिर्माण समितिका सल्लाहकार भेषबहादुर सेनले जानकारी दिनुभयो ।

‘‘ यो ठाउँ धार्मिक, ऐतिहाँसिक र पर्यटकीय दृष्टिकोणमा महत्वपूर्ण क्षेत्र हो, यहाँ बाईसे चौबिसे राज्यको पालाका ऐतिहाँसिक भग्नाबसेसहरु अझै छन्, मनोरम हिमशृङखलाको अवलोकनको लागि पनि उक्तम छ, त्यसैले मन्दिरको पुननिर्माण गरि यो क्षेत्रको सम्भावनालाई उजागर लागेका हौँ’’– सेनले भन्नुभयो ।
स्थानीय रामु परियार , विनोद चोखाल, लगायतको नेतृत्वमा विदेशमा रहेका घतानबासीले आर्थिक संकलन गरिरहेका छन् । कतार, दुबै, साउदी, बहराईन, मलेसिया लगायतका मुलुकबाट मन्दिर पुननिर्माणमा सहयोग जुटीरहेको वडा सदस्य सेनले बताए । अहिलेसम्म करिब ७ लाख रकम संकलन भैसकेको आर्थिक संकलन अभियानका अभियन्ता रामु परियारले जानकारी दिनुभयो ।

अहिलेसम्म कोत मन्दिर निर्माणको लागि सबै भन्दा धेरै सहयोग गर्नेहरुमा सुनिल चोखालले रु १ लाख १५ हजार, विनोद चोखालले रु एक लाख एक हजार एक सय एघार , रामु परियारले रु ५१ हजार ५ सय १७ रुपैयाँ, घतान सेवा समाज कतारमा आबद्ध व्यक्तिहरुले रु ५० हजार, सहयोग गरेका छन् । भगवती मन्दिर, सत्तल, मैदान, घेराबार लगायतका पूर्वाधार निर्माणमा करिब रु ५० लाख लागत अनुमान गरिएको छ । यस कोटमा नवदुर्गाको अवसरमा बिशेष पुजा हुने गर्छ । म्याग्दी सदरमुकाम बेनीदेखि पच्छै, घतानकोत, ढोलठान हुँदै जगन्नाथ र प्रसिद्ध धार्मिक स्थल गलेश्वरदेखि कपिलाश्रम, पौलत्स्य पुलाहश्रम, घतान कोट हुँदै जगन्नाथ र त्यहाँबाट टोड्के स्थित स्वर्गाद्धारी आश्रम पुग्न सकिने दुई वटा धार्मिक पदयात्राले जोडिएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l