देविस्थानमा भारी हिमपातः हिमपातले पठनपाठन प्रभावित

  • १५ फाल्गुन २०७५, बुधबार
  • 1639 पटक पढिएको

बेनी १५ फागुन । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा भएको भारी हिमपातले स्थानीय विद्यालयको पठनपाठन प्रभावित बनेको छ । अविरल बर्षासंगै परेको हिमपातको कारण विद्यालयको पठनपाठन प्रभावित बनेको भिम मावि देविस्थानका शिक्षक यामनाथ पौडेलले जानकारी दिनुभयो ।


अत्यधिक चिसो बढेपछि घरबाट बाहिर निस्कन सक्ने अबस्था नरहेको स्थानीयबासीले बताएका छन् । देविस्थान संगै जिल्लाको माथिल्लो भेगमा भारी हिमपात भएपछि विद्यालयहरुको पठनपाठन प्रभावित बनेको छ ।

म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरि तेस्रो पटक हिमपात भएको छ । माथिल्लो हिमाली बस्तीहरुमा भने यो सिजनको पाँचौ हिमपात हो । हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् ।