म्याग्दी समाचार

रघुगंगामा शैक्षिक जागरण अभियान सुरु

म्याग्दी, २८ भदौ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि म्याग्दीको रघुगंगा गाउँपालिकाले शैक्षिक जागरण अभियान सञ्चालन गरेको छ । विद्यालयसंग गाउँपालिकाको शिक्षा समिति र जनप्रतिनिधिहरुबिच छलफल गरि सामुदायिक विद्यालयका समस्या पहिचान, गुनासा संकलन र अवस्था पहिचानको लागि अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । अभियान अन्र्तगत सामुदायिक विद्यालयको... पुरा पढ्नुहोस

एक हजार ४६ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  बेनी, २४ भदौ । म्याग्दीका १५ वटा सामुदायिक विद्यालयका एक हजार जना भन्दा बढी विद्यार्थीहरुलाई एक चिनिया संस्थाले शैक्षिक सामग्री वितरण गरेको छ । द चाइना फाउण्डेशन पोभर्टी नेपाल र सफा सुनौलो नेपालले मंगला, मालिका र अन्नपूर्ण गाउँपालिकाका एक हजार ४६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।... पुरा पढ्नुहोस

तीन दिनदेखि बेनी–जोमसोम सडकमा सिधा सवारी अवरुद्ध (तस्बिर सहित)

म्याग्दी २४ भदौ । बेनी–जोमसोम सडकमा तीन दिनदेखि सिधा सवारी अबरुद्ध बनेको छ । सडक खण्ड अन्र्तगत म्याग्दी र मुस्ताङको सिमाना घोप्टेभिरमा कालिगण्डकी नदीको कटानले सडकमा क्षति पुगेपछि सवारी अबरुद्ध भएको हो । पहिरोले सडकको करिब १० मिटर सडकको आधार नै भत्काएकाले भिरमा बिष्फोटक पदार्थको प्रयोग गरि नयाँ ट्याक निर्माणको... पुरा पढ्नुहोस

मराङमा योजनाको समिक्षा र सार्वजनिकरण

तेजिन्द्र पुन मराङ, २३ भदौ । धवलागिरी गाउँपालिका–६ मराङमा सोमबार गत आर्थिक वर्ष २०७५/७६ मा सञ्चालित योजनाहरुको समिक्षा र आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाले बजेट बिनियोजन गरेका योजना सार्वजनिक गरिएको छ । वडा अध्यक्ष राजाराम सुवेदीले गत वर्ष सञ्चालन भएका र यो वर्ष बजेट बिनियोजन गरेका योजनाहरुको विवरण प्रस्तुत गर्नुभएको... पुरा पढ्नुहोस

नेकपाले मनायो सुरेश वाग्ले स्मृति दिवस

बेनी, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले सोमबार सुरेश वाग्ले (वासु) को स्मृति दिवस मनाएको छ । हाँडेभिर स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वाग्ले र भिमसेन पोखरेल (बैरागी)को तस्विरमा माल्यार्पण गरिएको थियो । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता, सचिव हरिकृष्ण श्रेष्ठको सञ्चालन र नगर कमिटि अध्यक्ष शेरबहादुर... पुरा पढ्नुहोस

म्याग्दीका लिटिल गार्डेन र ज्ञानप्रकाश उत्कृष्ट विद्यालयको सम्मानित

  म्याग्दी २३ भदौ । बेनी नगरपालिका–८ को लिटिल गार्डेन एकेडेमी र अन्नपूर्ण गाउँपालिका – ३ दानाको ज्ञानप्रकाश माविलाई उत्कृष्ट विद्यालयको सम्मान प्रदान गरिएको छ ।जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले २०७५ को माध्यमिक शिक्षा परिक्षा (एसइइ)को औसत जिपिए नतिजाको आधारमा जिल्लाभरमा लिटिल गार्डेन र सामुदायिक विद्यालयतर्फ ज्ञानप्रकाशलाई उत्कृष्ट विद्यालयको... पुरा पढ्नुहोस

धवलागिरि र मालिका गाउँपालिका जाेड्ने दुई मोटेरबल पुल निर्माण शुरु

सन्ताेष गाैतम म्याग्दी, २२ भदौ । म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकाको सिमानामा दुई मोटरेबल पुल निर्माण शुरु भएको छ । प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले भारवाङको म्याग्दी खोला र फेदीको दाङखोलामा मोटरेबल पुल निर्माण शुरु गरेको हो ।मालिका–७ भारवाङ र धवलागिरि–७ बगरको सिमानाको म्याग्दी खोलामा ४० मिटर लामो पुल... पुरा पढ्नुहोस

रुमको खवाङमा कुटपिटबाट घाइतेको मृत्यु, तीन जना पक्राउ

सन्तोष गौतम बेनी २३ भदौ । म्याग्दीको मालिका गाउँपालिका– २ रुमको खवाङमा स्थानीय युवाहरुको कुटपिटबाट घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका ४६ वर्षीय मतीप्रसाद दर्जीको उपचारको क्रममा पोखराको गण्डकी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ । फाइल तस्विर । कुटपिटमा संलग्न स्थानीय... पुरा पढ्नुहोस

माउण्ट कपको उपाधी छात्र प्रकाश मावि र छात्रा माउण्ट एभरेष्टलाई

म्याग्दी, २२ भदौँ । जिल्लास्तरीय अन्तरमावि छात्रछात्रा नवौं माउण्ट कप भलिबल प्रतियोगिताको उपाधी प्रकाश मावि र आयोजक माउण्ट एभरेष्टले जितेको छ। युवा रेडक्रस सर्कल माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको आयोजनमा आइतबार खुल्लामञ्चमा भएको फाईनलमा छात्रतर्फ आयोजक माउण्टलाई २ विरुद्ध ३ सेटले जित्दै प्रकाश माविले उपाधी जितेको हो । छात्रातर्फको खेलमा... पुरा पढ्नुहोस

राष्ट्रिय शिक्षा दिवसको अवसरमा उतकृष्ट विद्यार्थीलाई सम्मान

म्याग्दी, २२ भदौ । हामी सबैको प्रण– सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण भन्ने मुल नाराका साथ ४० आँै राष्ट्रिय शिक्षा एवम ५३ औँ अन्तराष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रम गरि बेनीमा मनाईएको छ । बेनी नगरपालिकाको आयोजना र शिक्षा विकास तथा समन्वय इकाईको सह–आयोजनामा जिल्लाबाट एसईइमा उतकृष्ट जिपिए ल्याउने विद्याथीहरु, स्थानीय तहका... पुरा पढ्नुहोस